दाङ देउखुरी समाज युएईद्धारा देवीकोट स्वास्थ्य इकाई केन्द्रलाई अक्सिजन मेसिन प्रदान



दाङ देउखुरी समाज युएईद्धारा देवीकोट स्वास्थ्य इकाई केन्द्रलाई अक्सिजन मेसिन प्रदान

 सिसहनियाँ ६ असार । देवीकोट स्वास्थ्य इकाई केन्द्रलाई ६६ हजार रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको छ ।

दाङ देउखुरीको विकट वडा राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा रहेको स्वास्थ्य इकाई केन्द्रलाई खाडीमुलुक दुवईमा बस्दै आएका नेपाली श्रमिकहरुले संकलन गरेर पठाएको कुल १ लाख ३ हजार ३ सय ५६ रुपैयाँ मध्येबाट ६६ हजार मुल्य बराबरको उक्त मेसिन स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था हिकोको समन्वयमा दाङ देउखुरी समाज युएईले मंगलवार राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारीलाई हस्तान्तरण गरेकोे छ ।समाजका वरिष्ठ उपाध्यक्ष सुर्यबहादुर केसीका दाजु टंकबहादुर केसी र समाजका पुर्व उपाध्यक्ष स्व. धनीराम सुवेदीकी धर्मपत्नी लक्ष्मी सुवेदीले सो मेसिन गाउँपालिका अध्यक्ष सुवेदी र वडा अध्यक्ष सुनारीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । कुनै पनि कोरोना संक्रमित वा अन्य बिरामीहरु उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भन्दै उक्त मेसिन गाउँपालिकालाई प्रदान गरेको हिको संस्थाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

साथै स्वास्थ्य सामाग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष सुवेदी र ९ नम्बर वडा अध्यक्ष सुनारीमगरले उदाहरणीय कार्यको प्रशंसा गदै धन्यबाद ज्ञापन दिएका थिए ।
खाडी मुलुक दुवईबाट सुर्य केसी २०५, कमल गिरी ३००, देवराज ओली ३००, शशीधर बेल्बासे ५००, रिता गैरे ५०५, आशिष मगर २००, नारायण आचार्य १०५, शर्मिला डिसी १००, शान्ता गिरी १००, सन्तोष धिताल १०५, तिलक ओली ११०, नारायण भन्डारी १०५, नानू पराजुली १०५, पदमा भन्डारी ५०, महेश महतरा १००, काब्या कटुवाल १००, शिवा मल्ल ५०, मनिशा पुन ५० र तुलमान बरालले १०० रुपैयाँ विदेशी डलर पठाएका हुन् ।

मेसिन हस्तान्तरण कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरी, ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, ४ नम्बर वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, स्वास्थ्य शाखा संयोजक नारायण राउत, हिको संस्थाका अध्यक्ष प्रकाश विष्ट, सचिव देवप्रसाद चौधरी, कोषाध्यक्ष श्रीधर अधिकारी, सदस्यहरु कुमार अधिकारी, गोपाल खत्री, दिनेश पोख्रेल पत्रकारहरु ओमप्रकाश गुप्ता, सन्तोषकुमार गुप्ता, गाउँपालिकाका प्रेस संयोजक तिर्थराज ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे