बलात्कार काण्डका ३ आरोपित बिरुद्ध ३ वटा शिर्षकमा मुद्दा दर्ता



बलात्कार काण्डका ३ आरोपित बिरुद्ध ३ वटा शिर्षकमा मुद्दा दर्ता

लमही ८ असार ।  लमहीको जंगलमा दिदी बहिनीमाथि आइतरबार राति भएको सामुहिक बलात्कारको मुद्दाका तीन आरोपित बिरुद्ध प्रहरीले तीन वटा शिर्षकमा मुद्दा चलाएको छ । पीडितको जाहेरीका आधारमा वडा प्रहरी कार्यालयले मंगलबार आरोपित बिरुद्ध जवरजस्ती करणी, अपहरण तथा शरिर बन्धक तथा डकैती शिर्षकमा मुद्दा चलाएको छ ।

तीन वटा शिर्षकमा मुद्दा दर्ता गरि घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए । प्रहरीले उक्त घटना निकै संबेदनसिल र जघन्यअपराध अन्तरगत राखेर फरार दूूई आरोपितको खोजी कार्य तीब्र पारेको छ ।

फरार अभियुक्तको बिगत

आइतबार रातिको घटनापछि लमही नगरपालिका वडा नं.७ कमानपुरका अन्दाजी २०÷२२ बर्षीय प्रेम परियार र लमही ६ देउपुरका सोही उमेर समुहका अर्जुन चौधरी  फरार रहेका छन् । प्रहरीले फरार अभियुक्तका बारेमा फोटोसहित हुलिया काटी सकेको छ ।

फरार ब्यक्तिहरु यसअघि पनि चोरी तथा डकैती मुद्दामा पटक÷ पटक जेल परेकोहरु रहेको प्रहरीको रेकर्डमा देखिएएको छ । अरबिन चोरी डाँका मुद्दामा एक बर्ष जेल सजाए भोगेर केही समय अगाडि मात्रै छुटेको प्रहरीले जनाएको छ । प्रहरीद्धारा घटनाको मुख्य योजनाकार भनिएका प्रेमले ५ दिन अगाडि आफ्नै बुवालाई कुटपिट गरेको प्रहरी निरिक्षक पौडेलले बताए ।

हाल प्रहरी नियन्त्रणमा रहेका लमही ७ कमानपुरका २१ बर्षीय किरण बुढापनि १५ दिन अगाडि मात्रै चोरी मुद्दामा जेल परेको प्रहरीले जनाएको छ । प्रहरीले टिप्पर चालकको साथबाट लुटिएको मोवाईल र नगद २६ हजार ४ सय ५० रुपैंया प्रेम परियारको घरबाट बरामद भएको जनाएको छ ।

आरोपित तीनै जना युवकको घरहरु खान तलासी गरेपनि प्रेमको घरबाट लुटिएको मोबाईल र नगद पैंशा बरामद भएको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए । घटनामा संलग्न ब्यक्तिहरु अभ्यस रहेको हुँदा केही समय उनीहरु घर छोडेर भागेपनि कुतै भाग्न सक्ने अवस्था नरहेको प्रहरीको दाबी छ ।

यसरी भएको थियो घटना

आइतबार राति दश बजेतिर रोल्पाबाट दाङको लमही ७ स्थित सम्राट सिमेन्ट उद्योगमा चुन ढुंगा छोडेर फर्किदै गरेको टिप्परलाई रोकेर तीन युवाले तरवाल देखाई चालक र सहचालकलाई रुखमा बाँधेर चालककी श्रीमती र सालीमाथि जवरजस्ती सामुहिक बलात्कार गरेका थिए ।

सोमबार पीडित महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्टमा दुबै जनामाथि बलात्कार भएको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका किरण बुढाले घटना स्वीकार गरि सकेको प्रहरीले जनाएको छ ।

श्रीमानलाई रुखमा बाँधेपछि तीन युवाले तरवाल घाँटीमा राखेर दिदी बहिनीलाई मध्यरातमा जंगलमा लगेर गई रातभर सामुहिक बलात्कार गरेका थिए । प्रेमले यसअघि पनि आफु मान्छे मारेर जेलमा बसेको र यौंन सम्पर्क गर्न नदिए हत्या गरिदिने त्रास देखाएर सुरुमा दुबै महिलामाथि पालैपालो जवरजस्ती बलात्कार गरेको देखिन आएको प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक पौडेलले भने ‘महिलाले आफुहरुलाई छोडिदिन रोईकराई गर्दैै खुट्टा ढोक्न खोज्दापनि ज्यान लिन धम्किपछि उनीहरु लाचार भएर केही प्रतिबाद गर्न सकेनन् र पालैपालो दिदी बहिनीमाथि रातभर तीन जनाले बलात्कार गरेको भन्ने खुलेको छ ।’

एउटै मोटरसाईकलमा सवार तीन जना युवाले जंगलको बीच बाटोमा गुड्दै गरेको टिप्परलाई ओभरटेक गरि सुरुमा टिप्परको सिसा फुटाई दिएका थिए । त्यसपछि चालकको तरवाल देखाउँदै गाडीकै नाईनलको डोरी लगेर चालक र सहचालकलाई रुखमा बाँधेर उनकी श्रीमती र सालीलाई लगेर गएका थिए ।प्रहरीका अनुसार चालक र सहचालक झन्डै पौने घन्टाको प्रयास पछि आफुहरुलाई बाँधेको डोरी फुकाउन संभव भएका थिए ।

त्यसपछि पनि सहचालक त्रासका कारण रातभर रुखको टुप्पामा गई बसेको र चालक हिडेर गई करिब साढे २ बजेतिर सशस्त्र प्रहरीको क्याम्पमा पुगी घटनाबारे जानकारी गराएका थिए । त्यसपछि बल्ल सशस्त्र प्रहरी र प्रहरीको टोली बन्धक बनाइएका महिलाको खोजी गर्न गएको थियो । फरक कोणबाट सभार

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे