दाङमा असार १५ गते सम्म लकडाउनकाे समय थपियाे



दाङमा असार १५ गते सम्म लकडाउनकाे समय थपियाे

दाङ ८ असार । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दाङमा थप एक सातालाई लकडाउन लम्ब्याईएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले अझै कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनलाई थप खुकुलो पार्दै असार १५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो ।

साथै बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र व्यापार व्यवसाय सञ्चालनका लागि समय थप गरेको छ । अब भोली देखी सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्था विहान १० देखी दिउँसो ३ बजे सम्म खुल्ने भएका छन् ।

अहिले यी कार्यालय एवं संस्था दिउँसो २ बजे सम्म खुल्दै आएका थिए । त्यसैगरी, बिहान ६ देखी १० बजे सम्म खुल्दै

आएका बजार अब दिउँसो २ बजे सम्म खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीघनारायण पौडेलले जानकारी दिए । कोरोनाको संक्रमण दर घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक दूरीको अनिवार्य पालना गर्न सबै नागरिकहरुलाई आग्रह गरेको छ ।

अहिले दाङमा २ सय ५६ जना कोरोनाका सकृय बिरामी रहेका छन् । ति मध्य १५ जना आईसियूमा उपचाररत रहेका छन् । गएको बैशाख यता दाङमा ७ हजार ७ सय २० जनामा कोरोना देखिएको छ भने ७ हजार २ सय ६६ जना निकोभएका छन् ।

संक्रमित मध्य १ सय ९८ जनाको मृत्युभएको आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गएको बैशाख १७ गते देखी लकडाउन जारी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे