नेपालमा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि, ३१३० जना संक्रमित निकाे ४६ जनाको मृत्यु



नेपालमा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि, ३१३० जना संक्रमित निकाे ४६ जनाको मृत्यु

काठमाडौँ ७ असार । नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ।

यस्तै गत चौबीस घन्टामा ३ हजार १३० जना संक्रमित डिस्चार्ज भएका छन् । हाल देशभर ५३ हजार ९४० सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ६ हजार ५ सय ८३ पीसीआर तथा ४ हजार ३ सय २१ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे