तुलसीपुर मेट्रो अस्पतालमा अत्याधुनिक एक्सरे सेवा संचालन



तुलसीपुर मेट्रो अस्पतालमा अत्याधुनिक एक्सरे सेवा संचालन

तुलसीपुर ८ असार । दाङको तुलसीपुर उपमहानगरपालिका –८ स्थित तुलसीपुर मेट्रो अस्पतालमा अत्याधुनिक एक्सरे सेवा संचालनमा आएको छ । भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत रहेको अस्पतालमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेपछि एक्सरे मेसिन संचालनमा आएको हो ।

तत्कालका लागि अस्पतालमा रहेका कोरोना बिरामीले मात्र एक्सरे सेवा पाउने कोभिड फोकल पर्सन बिमल केसीले जानकारी दिए । यसअघि एक्सरे सेवा नहुँदा बिरामीहरु तुलसीपुर आएर एक्सरे गरेर पुनः अस्पतालमा जानुपर्ने बाध्यता थियो । एक्सरे सेवा संचालनमा नआउँदा दुःख कष्ट झेल्दै आएका बिरामीले राहत पाएका छन् भने उनीहरुको स्वास्थ्य अवस्था बुझ्न र उपचारमा समेत सहज भएको अस्पतालले जनाएको छ । अस्पतालमा केहि समयअघि ल्याब सेवा समेत संचालनमा आएको छ ।

एक्सरे मेसिनको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले स्वास्थ्यमा थप फड्को मारेको बताए । कोरोना महामारी नियन्त्रणका लागि चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधी, विभिन्न संघसंस्था र सहयोगी दाताको बलमा नै आज स्वास्थ्यमा थप फड्को मारेको नगर प्रमुख पाण्डेले बताए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, ग्रिण तुलसीपुर क्लिन तुलसीपुरका अभियन्ता बिमल रिजाल, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर जेसिजका अध्यक्ष नारायण भट्राई, तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक कुमार लामीछाने, तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिका अध्यक्ष पदम पोख्रेल (जेठुकान्छु,) तुलसीपुर उमपहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रसाद न्यौपाने लगाएतले आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे