दाङमा आज थप १४ जनामा काेराेना संक्रमण पुष्टि, ३९ जना संक्रमणमुक्त १ जनाकाे मृत्यु



दाङमा आज थप १४ जनामा काेराेना संक्रमण पुष्टि, ३९ जना संक्रमणमुक्त १ जनाकाे मृत्यु

दाङ ७ असार । दाङमा साेमबार पनि कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढि देखिएको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउँसो ३ बजे दिएको जानकारी अनुसार जिल्लामा १४ जनामा संक्रमण देखिदा ३९ जना संक्रमणमुक्त भएका छन् । गएको २४ घण्टामा ८० जनामा परिक्षण गर्दा ५ महिला र ९ पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ ।

आज थपिएका १४ जना सहित जिल्लामा बैशाख यता संक्रमित हुनेको संख्या ७ हजार ७ सय २० पुगेको छ । अहिले जिल्लाका अधिकांश संक्रमित होमआईशोलेसनमा बसेका छन् । जसमा १ सय ९८ जना होमआईशोलेसनमा,सामान्य उपचारमा ४३ जना रहेको छन भने आईसियुमा १५ जनाको उपचार भईरहेको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ५६ मा झरेको छ । त्यस्तै आज निको भएका ३९ जना संगै जिल्लामा बैशाख यता निको हुनेको संख्या ७ हजार २ सय ६६ पुगेको केन्द्रले जनाएको छ ।

दाङमा गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्युभएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र घोराहीले आज दिउसो ३ वजे दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो । उनको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा गत जेठ २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो  । आज मृत्युभएका एक सहित जिल्लामा बैशाख यता कोरोनाबाट मृत्युहुनेको संख्या १ सय ९८ पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे