दाङमा अझै हप्ता दश दिन लकडाउन थपिन्छ : प्रजिअ पौडेल



दाङमा अझै हप्ता दश दिन लकडाउन थपिन्छ : प्रजिअ पौडेल

 दाङ ७ असार । दाङमा जारी लकडाउनको समयवधी भाेली मंगलवार सकिदैछ । गत बैशाख १७ गतेदेखी सुरु भएको लकडाउन असार आठ गते बेलुकी ६ बजे सम्म जारी राख्ने यस अघि निर्णय भएको छ । कोरोना संक्रमणको दरमा अपेक्षित सुधार नआएको भन्दै पटकपटक समय थप गदै लकडाउनलाई असार आठ गते सम्म लम्ब्याईएको थियो ।

यस पटक पनि फेरी समय बढाउने तयारी भईरहेको दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिएका छन् । लकडाउनकै कारण पछिल्नो समय जिल्लामा कोरोना संक्रमणदर घट्दो क्रममा रहेको छ ।  उनले जिल्लामा अझै कोरोना रोकथाम अपेक्षित अनुसार सुधार हुन नसकेको हुदा मापदण्डलाई केहि खुकुलो बनाएर भएपनि जारी लकडाउनलाई फेरी समय थप गर्ने तयारी भएको उनले बताए ।

अझै हप्ता -दश दिन थप गरियो भने मात्रै जिल्लामा कोरोना संक्रमणको जोखिम कम हुने उनको भनाई छ । अहिले विगतको तुलनामा धेरै कमी आएको र यहि अवस्थामा खुला गरेमा फेरी संक्रमणदर ह्वात्तै बढ्न सक्ने जोखिम भएकाले कम्तिमा पनि एक हप्ता जिल्लामा अझै लकडाउन गर्न आबश्यक रहेको उनले बताए ।

यसको निर्णय भाेली मंगलवार मात्रै हुनेछ । उनका अनुसार मंगलवार बस्ने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले ठोस निर्णय गर्नेछ । सुरुमा लकडाउनलाई कडा पारिएको थियो भने पछिल्नो समय खुकुलो बनाईएको छ । गत असार १ गते बसेको डिसीसीएमसीको बैठकले लकडाउनलाई जारी राख्दै थप खुकुलो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे