देउखुरीमा २ महिला माथि जवरजस्ती करणी, सवारी चालक माथि निर्घात कुटपिट गरि लुटपाट



देउखुरीमा २ महिला माथि जवरजस्ती करणी, सवारी चालक माथि निर्घात कुटपिट गरि लुटपाट

लमही ७ असार । दाङमा दुई दिदिबहिनी माथि जबर्जस्ती हुनुका साथै एकजना सवारी चालक माथि निर्घात कुटपिट गरि लुटपाट गरिएको छ । गएराती दाङको लमही नगरपालिका वडा नम्बर ७ कमानपुर जाने घना जंगलकाे बाटाेमा दुई दिदिबहिनी माथि जबर्जस्ति हुनुका साथै काम गरेर फर्किने क्रममा एकजना सवारी चालक पुरुष माथी निर्घात कुटपिट र लुट्पिट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

तिनजना हतियार सहित आएका युवाहरुको समूहले नगद ४५ हजार रुपैयाँ र कानमा लगाएका सुनका गरगहना पनि लुटेर लगेको पिडितहरुले बताएका हुन् । पिडित महिलाहरुले आफुहरु माथी जबर्जस्त करणी भएको बताए । लुटपाटमा संलग्न मध्य अन्दाजी २०/२१ वर्षका किरण बुढालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ भने दुई जना फरार रहेका छन् । नियन्त्रणमा आएका र फरार रहेका युवाहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

 पिडित सवारी चालक भन्छन् ।

काम सकेर आइतवार राती करिब साढे १० बजेको समयमा मैले चलाउने रा १ ख २४१९ नम्बरको टिप्पर लिएर लमही तिर फर्किदै थिए । श्रीमतीलाई उपचार गराउनु पर्ने भएकोले दिदी सासू सहित श्रीमती पनि घरबाट आएका थिए ।

टिप्परमा लोड गरेको चुनढुङ्गा सम्राट सिमेन्टमा झारेर म लमही फर्किदै थिए । पूर्वपश्चिम महेन्द्र राजमार्ग लमही काेहलपुर सडक खण्ड हाइबे सडक देखि उत्तरतर्फ सम्राट सिमेन्ट जाने जंगलको बिचमा एउटा मोटरसाइकलले बाटो छेक्यो । मोटरसाइकलले बाटो नछोडे पछि मैले टिप्पर रोके । टिप्पर रोकिना साथ ती युवाहरु आएर निहुँ खोज्दै हातपात गर्न शुरु गरे ।

म एक्लो मान्छे महिलाहरु साथमा भएकोले प्रतिकार गर्न सक्ने हिम्मत आएन । शुरुमा उनिहरुले मेरो श्रीमती र दिदी सासुको सल तानेर रुखमा बाँधि दिए अनि म सङ्ग भएको ४५ हजार रुपैयाँ खोसे । मलाई रुखमा बाधि सकेपछी दिदी सासू र श्रीमतीलाई हातपात गर्दै जबर्जस्ति गरे । टिप्पर चालक ओमप्रकाश विष्टले भने । पिडित महिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा जाहेरी दिएका छन् । फरार रहेका युवाहरुको खोजिकार्य भैरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे