प्युठानमा पाेखरीमा डुबेर दुई वर्षिय बालकको मृत्यु



प्युठानमा पाेखरीमा डुबेर दुई वर्षिय बालकको मृत्यु

दाङ ७ असार । प्युठानमा पाेखरीमा डुबेर दुई वर्षिय बालकको मृत्यु भएको छ। झिमरुक गाउँपालिका वडा नम्बर ६ तोरवाङका वसन्तबहादुर केसीका छोरा यमनको साेमवार बिहान करिब ८ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घरदेखि करिब ५ सय मिटर उत्तरमा रहेको पोखरीमा डुबेका यमनको उद्धार गरी जिल्ला अस्पताल बिजुवारमा लगिएपछि उनको ८ बजेतिर मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे