डोटीमा खेल मैदान बनाउने विषयमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी



डोटीमा खेल मैदान बनाउने विषयमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–५ काँडामाण्डौको वडा कार्यालयमा ताला लागेको छ । एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा खेल मैदान निर्माण गर्न लागेको भन्दै स्थानीय बासिन्दाले तालाबन्दी गरेका हुन् । गाउँपालिकाको खेल मैदान निर्माणमा विवाद  भएपछि स्थानीय बासिन्दाले काम रोक्न माग गर्दै ताला लगाइदिएका त्यहाँका खडक साउदले जानकारी दिनुभयो ।

खेल मैदान सबैको पायक पर्ने ठाउँमा बनाउनु पर्नेमा गाउँपालिका अध्यक्षको घरनजिकको सामुदायिक वनमा बनाएको भन्दै स्थानीय बासिन्दाले ताला लगाएका वडाअध्यक्ष पदमबहादुर धानुकले जानकारी दिनुभयो ।  खेल मैदानका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे