बाढीका कारण रुकुम पश्चिममा निर्माणाधीन पुल भत्कियो



बाढीका कारण रुकुम पश्चिममा निर्माणाधीन पुल भत्कियो

रुकुम पश्चिम ७ असार ।  बाढीका कारण रुकुम पश्चिमको बैरागीठाँटी र सोलाबाङलाई जोड्ने निर्माणाधीन पुल भत्किएको छ । मुसिकोट नगरपालिका वडा नं ५ बैरागीठाँटीमा बन्दै गरेको पक्की पुल बैरागी खोलामा आएको बाढीका कारण गएराति भत्किएको हो ।

पुलमा ढलानको काम सकिएको थियो । ३५ मिटर लम्बाइ रहेको पुल गएको वर्ष  नै सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि निर्माण कम्पनीले एक वर्ष समय थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे