सङ्खुवासभामा सेफ्टी ट्याङ्कीमा निस्सासिएर बेहोस भएका दुई जनाको ज्यान गयो



सङ्खुवासभामा सेफ्टी ट्याङ्कीमा निस्सासिएर बेहोस भएका दुई जनाको ज्यान गयो

सङ्खुवासभा  ७ असार । सङ्खुवासभाको खाँदबारी नगरपलिका–४ सेकाहामा सेफ्टी ट्याङ्कीमा निस्सासिएर बेहोस भएका दुई जनाको ज्यान गएको छ । सेफ्टी ट्याङ्कीको ढलान खोल्ने क्रममा ट्याङ्की भित्र छिरेका खाँदबारी–४ सेकाहाका ईश्वर राई र तारावीर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक कविन राईले बताए ।

नरेश गुरुङको घरमा बनाइएको सेफ्टी ट्याङ्की भित्रको ढलान खोल्न भनेर सुरुमा ईश्वर राई ट्याङ्की भित्र पसेका थिए । तर, उनी बेहोस भएपछि तारावीर ट्याङ्की भित्र पसेका थिए । हिजो बेलुका ५ बजे दुवै जना सेफ्टी ट्याङ्कीमा बेहोस भएपछि उद्धार गरेर उनीहरुलाई जिल्ला अस्पताल सङ्खुवासभामा लगिएको थियो ।

उनीहरुको उपचारका क्रममा हिजो नै ज्यान गएको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे