गढवामा कर्तव्य ज्यान मुद्दामा फरार भिमबहादुर दमाई १७ वर्षपछि पक्राउ



गढवामा कर्तव्य ज्यान मुद्दामा फरार भिमबहादुर दमाई १७ वर्षपछि पक्राउ

गढवा ६ असार । दाङकाे देउखुरीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ मदपुरका ४६ वर्षिय भिमबहादुर दमाई रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

प्रहरीका अनुसार उनलाई आइतवार आफ्नै घरमा बसेको समयमा फेला पारी पक्राउ गरिएको हो । भिमबहादुरलाई जिल्ला अदालत दाङ देउखुरीले २०६१ साल पुस २५ गते कर्तव्य ज्यान मुद्दामा १ बर्ष ११ महिना २५ दिन कैद तोकेको थियो । तर फरार रहेकोमा आइतवार दमाईलाई पक्राउ परी कैद भुक्तानका लागि कारागार कार्यालय घोराहीमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे