देउखुरीकाे तल्लो करङ्गेकोटमा रुखबाट लडेर  एक बालिकाको मृत्यु



देउखुरीकाे तल्लो करङ्गेकोटमा रुखबाट लडेर  एक बालिकाको मृत्यु

सिसहनियाँ ६ असार । दाङको देउखुरीमा रुखबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ५ तल्लो करङ्गेकोट निवासी अमरसिंह घर्तीमगरकी छोरी वर्ष १० की सुमित्रा घर्तीमगरको शनिबार रुखबाट लडेर मृत्यु भएको हो । गाईवस्तुका लागि घाँस काट्न घर नजिकको रुखमा चढेकी बालिकाको लडेर घटना स्थलमै मृत्यु भएको मृतकका बाबु अमरसिंह घर्तीमगरले जानकारी दिएका छन् ।

मृतक बालिकाको शवलाई आइतवार लमही अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको करङ्गेकोट टोल विकास संस्थाका अध्यक्ष गिरबहादुर थापामगरले जानकारी दिएका छन् । मृतक बालिका जनता आधारभुत विद्यालय करङ्गेकोटमा कक्षा ३ उत्तिर्ण गरी ४ कक्षामा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे