पहरुवाका राजकुमार चौधरीको परिवारलाई माओवादी केन्द्रद्धारा राहत वितरण
सिसहनियाँ ६ असार । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीले सञ्चालन गरेको कोरोना विशेष कार्यक्रम जारी रहेको छ । यसै क्रममा संगठनको टोली आइतवार राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा निवासी राजकुमार चौधरीको घरमा पुगेको छ । अत्यन्त दयनीय अबस्थामा रहेको उक्त परिवारलाई संगठनले १ बोरा चामल, दाल, तेल, नुन र २ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
घर पुरै भत्किएको छ । श्रीमती लामो समय देखि बिरामी अवस्थामा छिन् । निकै दयनीय अबस्थामा रहेको उक्त परिवारलाई राहत स्वरुप सानो सहयोग गरिएको पार्टी अध्यक्ष धर्मराज अधिकारीले जानकारी दिएका छन् । अध्यक्ष अधिकारीले उनकी श्रीमती बिन्ती चौधरीलाई तत्कालको लागि निशुल्क औषधी उपचारको ब्यबस्था गरिने बताएका छन् ।
राहत सहयोग कार्यक्रममा माओवादी केन्द्र दाङ जिल्ला सदस्य राजेन्द्र पुजाली, राप्ती गाउँपालिका संगठन कमिटी वडा नम्बर २ का पार्टी अध्यक्ष तथा वडा सदस्य बसन्त नेपाली, नेता तथा उद्योगपति झग्गु अधिकारी र युवा नेता जगत खनालको सहभागीता रहेको थियो ।

