पहरुवाका राजकुमार चौधरीको परिवारलाई माओवादी केन्द्रद्धारा राहत वितरण



पहरुवाका राजकुमार चौधरीको परिवारलाई माओवादी केन्द्रद्धारा राहत वितरण

सिसहनियाँ ६ असार । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीले सञ्चालन गरेको कोरोना विशेष कार्यक्रम जारी रहेको छ । यसै क्रममा संगठनको टोली आइतवार राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा निवासी राजकुमार चौधरीको घरमा पुगेको छ । अत्यन्त दयनीय अबस्थामा रहेको उक्त परिवारलाई संगठनले १ बोरा चामल, दाल, तेल, नुन र २ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।घर पुरै भत्किएको छ । श्रीमती लामो समय देखि बिरामी अवस्थामा छिन् । निकै दयनीय अबस्थामा रहेको उक्त परिवारलाई राहत स्वरुप सानो सहयोग गरिएको पार्टी अध्यक्ष धर्मराज अधिकारीले जानकारी दिएका छन् । अध्यक्ष अधिकारीले उनकी श्रीमती बिन्ती चौधरीलाई तत्कालको लागि निशुल्क औषधी उपचारको ब्यबस्था गरिने बताएका छन् ।राहत सहयोग कार्यक्रममा माओवादी केन्द्र दाङ जिल्ला सदस्य राजेन्द्र पुजाली, राप्ती गाउँपालिका संगठन कमिटी वडा नम्बर २ का पार्टी अध्यक्ष तथा वडा सदस्य बसन्त नेपाली, नेता तथा उद्योगपति झग्गु अधिकारी र युवा नेता जगत खनालको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे