कोरोना खोप अभियानमा हिडेकी स्वास्थ्यकर्मी ४ दिनपछि मृत फेला, बलात्कारपछि हत्याको आशंका



कोरोना खोप अभियानमा हिडेकी स्वास्थ्यकर्मी ४ दिनपछि मृत फेला, बलात्कारपछि हत्याको आशंका

काठमाडौं ६ असार । डडेल्धुुरामा कोरोना खोप अभियानमा खटिनु भएकी स्वास्थ्यकर्मी अस्मितादेवी धामी ४ दिनपछि मृत फेला परेकी छिन् । परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य ईकाइ केन्द्रमा करारमा कार्यरत २६ वर्षकी अस्मितादेवी धामीको शनिबार परशुराम–९ को हट्यानी सामुदायिक वनमा शव फेला परेको छ । धामी असार २ गतेदेखि बेपत्ता भएकी थिइन् ।

भेरोसिल खोप अभियान सकाएर कार्यालयबाट कोरोनाको बचेका खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल निस्कनु भएको थियो तर ३ दिनदेखी सम्पर्कमा नआएपछि उनको ससुराले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभएको र त्यसपछि स्थानीय र प्रहरीले खोजी गर्दा शनिबार विहान ११ः३० बजे वनमा शव भेटिएको थियो ।

भ्याक्सिन क्यारियर बक्ससहित मानिस आवातजावत गर्ने बाटैमा उहाँको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।

उनले धामीको शरीरमा नीलडाम रहेको, चिउँडोमा चोट लागेको अवस्थामा शव भेटिएको जानकारी दिँदै घटनाबारे छानवीन भइरहेको बताए । सहकर्मी हत्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

उनको बलात्कारपछि हत्या भएको आशंक स्थानीयले गरेका छन् । घटनाको प्रकृति हेर्दा बलात्कार अस्मितामाथि जबरजस्ती भएको देखिने वडा नम्बर ८ का वडाध्य गोविन्द बोहरा बताए । उनको नाकको डाँडी भाचिएको जस्तो देखिन्थ्यो।

शरीरभरी निलडाम र हातका चुरा पनि फुटेका थिए’ वडाअध्यक्ष गोविन्द बोहरा भने, ‘शव नजिकै एउटा ‘ब्लू डायमन्ड’ (रक्सीको नाम)को खाली बोत्तल पनि फेला परेको थियो। त्यसैले उनीमाथि बलात्कार भएर हत्या गरिएको हो कि भन्ने हाम्रो आशंका छ।’

यस्तै अस्मिताका श्रीमान अम्मरबहादुर धामीले पनि अस्मिताको हत्या नै भएको शंका गरेका छन् । बानीबेहोरा पनि राम्रो भएकी अस्मिताको गाउँमा रिसिबी पनि कहिँकतै नभएको उनले बताए। उनले घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे