काठमाडौंमा एक साता लम्बियो निषेधाज्ञा, सवारी साधनमा जोर बिजोर प्रणाली



काठमाडौंमा एक साता लम्बियो निषेधाज्ञा, सवारी साधनमा जोर बिजोर प्रणाली

काठमाडौं ६ असार । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बाइएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

निषेधाज्ञा केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले लोकान्तरलाई जानकारी दिए । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।

उनका अनुसार, काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गरिने भएको छ । यस्तै बार अनुसार पसल सञ्चालन गर्न दिने समेत निर्णय भएको छ । ‘जसअनुसार आइतवार, मंगलवार र बिहीवार एउटा क्याटागोरी र सोमबार, बुधवार र शुक्रवार अर्को क्याटागोरीमा पसल सञ्चालन गर्न दिने निर्णय भएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे