गण्डकीका मुख्यमन्त्री पोखरेललाइ विश्वासको मत प्राप्त



गण्डकीका मुख्यमन्त्री पोखरेललाइ विश्वासको मत प्राप्त

काठमाण्डौ, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी शुक्रवार प्रस्ताव पेस गरे थिए । उनको पक्षमा ३१ मत परेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

यसैगरी विश्वासको मतको विपक्षमा २७ मत प्राप्त भएको छ । प्रदेश सभामा सभामुख सहित ५९ जना सहभागी थिए । ५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका थिए । २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत मागेका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो । काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए । जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछी सभामा सांसद कायम संख्या ५९ छ । मुख्यमन्त्रीलाई काँग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जसपाका २ ÷ २ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे