अपाङ्गता भएका युवाहरूलाई समान सहभागितामा अधारित अन्तर्क्रिया कार्यक्रम सम्पन्न



अपाङ्गता भएका युवाहरूलाई समान सहभागितामा अधारित अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भालुवाङ ४ असार । प्रयत्न नेपालद्धारा अन्लाईनबाट अपाङ्गता भएका युवाहरूलाई समान सहभागितामा अधारित अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रयत्न नेपालको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको छ ।

अपाङ्गता केहो यो कती प्रकारको हुन्छ र अपाङ्गता भएका व्यक्तीहरू किन पछी पारिएका छन् भन्ने विषयमा बुद्ध बार यो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  प्रयत्न नेपालको सस्थापक अधक्ष्य सरिता लामिछानेले अपाङ्गता एउटा अवश्था हो यो कुनै पुर्व जन्मको पाप होईन भन्ने कुरा जानकारी गराउदै विभीन्न अपाङ्गता महासन्धी तथा अपाङ्गता अधिकार ऐन अन्तरगत रहेको परिभाषा तथा अपाङ्गताको प्रकार र कुन प्रकारका अपाङ्गता भएका व्यक्तीले कस्तो परिचय पत्र पाउछ भनी प्रिजेन्टेसन गरेका थिए ।

अपाङ्गता युवा क्षेत्रमा लामो समय काम गरि सक्नु भएका क्रिष्ण गहतराजले नेपालमा अपाङ्गताको अवश्था , रोजगारमा अपाङ्गताको सहभागीता कस्तो हुनु पर्ने भन्ने बारे प्रिजेन्टेसन गर्नु भएको थियो विभिन्न क्षेत्र बाट करिव ४८ भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको सहभागीता रहेको थियो । दुवै प्रिजेन्टरले सहभागीले उठाएको अपाङ्गता समन्धी समस्या तथा गुनासो मुलक प्रश्नहरूको जवाफ समेत दिएका थिए ।

बहिराहरूका लागि साङ्केतिक सहजिकरणमा समिक्षा र सुनिता राना रह भने कार्यक्रमको सन्चालन शिल्पा ढुङ्गेल र अनिता गहतराजले गरेका थिए । कार्यक्रम जुम बाट सम्पन्न भएको छ । प्रयत्न नेपाल द्रिष्टिविहिन महिलाहरूलाइ सङ्गठित गरि ससक्तिकरण गर्ने अभिप्रायले स्थापित भएको हो ।

यस सस्थाले सिक्षा, स्वास्थय, विपद व्यवस्थापन, लैङ्गिक हिःसा न्युनिकरणजस्ता क्षेत्रमा क्रियाकलापहरू सञ्चालन गरिनै रहेकोछ. प्रयत्न नेपालको गतिविधि मैनावरी स्वास्थय व्यवस्थापनललितपुर र कास्की ललितपुरमा द्रिष्टिविहिन महिलाहरूलाइ आत्मरक्षा तालिम महिला अन्तरसम्वाद योनिकतामा तालिम उपलव्धि, ३५ द्रिष्टिविहिनहरू मैनावरि स्वास्थय व्यवस्थापनमा सुसुचित भएका, ११ जना द्रिष्टिविहिन महिलाहरू आत्मरक्षा तालिम हासिल गरी योनजन्य हिंसा प्रतिकार गर्न सक्षम भएका, ४५ द्रिष्टिविहिन महिलाहरू महिला अन्तरसम्वाद कार्यक्रमद्वारा सुसुचित भएका, १५ द्रिष्टिविहिन महिलाहरूको योनिकता र अपाङ्गता भएका महिलाहरूको सवालमा ज्ञान अभिव्रिद्धि भएको।

७ द्रिष्टिविहिन महिलाहरूले रोजगारि हासिलगरि आर्थिकरुपले ससक्त भइ आत्मनिर्भरता पुर्वक जिवन सञ्चालन गर्न सफल भएका.

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे