सल्यानमा बाढी पस्दा २० घरपरिवार विस्थापित



सल्यानमा बाढी पस्दा २० घरपरिवार विस्थापित

सल्यान ४ असार । सल्यानमा बाढी पस्दा २० घर विस्थापित भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ र शारदा नगरपालिका १३ को सिमानामा रहेको संघार खोलामा आएको बाढी बस्तीमा पस्दा २० घर विस्थापित भएका हुन् ।

बिहीबार साँझ बस्तीमा बाढी पसेपछि सांघारका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विस्थापित २० घरपरिवार आफन्तको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रहरी र स्थानीयको सहकार्यमा घरभित्रका मालसामानलगायत सामान सुरक्षित गरिएको उनको भनाइ छ । पाँच दिनदेखिको अविरल वर्षाका कारण जिल्लाका दुई दर्जन बढी सडकसमेत अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे