तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक ‌पूर्णपाठ सहित



तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक  ‌पूर्णपाठ सहित

तुलसीपुर ४ असार । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख घनश्याम पाण्डेले नीति तथा कार्यक्रम सभामा पेश गरेका हुन् । पाण्डेको कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम हो ।

नीति तथा कार्यक्रमकाे पूर्ण पाठ

नगरसभाका सदस्यज्यूहरु,
तुलसीपुर उपमहानगरपालिकाको सम्मानित यस ९ औं नगरसभा समक्ष नगर प्रमुखको हैशियतले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूती गरेको छु । तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट र समृद्ध शहर निर्माणका लागि हामी निर्वाचित भएदेखि धेरै पर्यत्न र प्रयासलाई जारी राख्यौं । जसले गर्दा तुलसीपुरको समृद्धिको आधार खडा गर्न हामी सफल भएका छौं । तुलसीपुर उपमहानगरपालिकाको समग्र विकास, आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर र नमूना शहर बनाउने लक्ष्यतर्फ यो नीति तथा कार्यक्रमले दिशाबोध गर्ने बिश्वास लिएको छु ।
९ औं नगरसभाको यस महत्वपूर्ण अवसरमा सर्वप्रथम मुलुकमा लोकतन्त्र स्थापना तथा नागरिकका हक र अधिकारको प्राप्ति तथा समाजको आमूल परिवर्तनका लागि विभिन्न समयमा जीवन उत्सर्ग गर्ने बीर शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै घाइते अपाङ्ग लगायतका सबै योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । कोरोना संक्रमणबाट ज्यान गुमाउने सबै नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै जोखिमयुक्त समयमा आम नगरबासीलाई सुरक्षित राख्नका लागि पहिलो पंक्तिमा रहेर अहोरात्र खट्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवकका साथै यो महामारीको अबस्थामा सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, संघसंस्था, व्यक्ती सबैप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।
नगरबासीको अधिकारमुखी समावेशी विकास र सम्मानित जीवनयापनको प्रत्याभूती दिनु हाम्रो पहिलो कर्तव्य हो । यसै कुरालाई दृष्टिगत गरी विगतदेखि हामीले काम गर्दै आएका छौं । निर्वाचनमा हामीले गरेका प्रतिवद्धताहरु लगभग पूरा भएका छन् । यो ९ औं नगरसभासम्म आइपुग्दा नगरवासीका अधिकांश अपेक्षाहरुलाई सम्बोधन गर्न हामी सफल भएका छौं । जसका कारण स्थानीय सरकार जनताको घरदैलोको सरकार भन्ने मान्यता स्थापित भएको छ ।
मुलुक संघीय संरचनामा प्रवेश गरी तीन तहको सरकार निर्माण भएको र अधिकार सम्पन्न स्थानीय सरकार गठन भई कार्य थालनी हाम्रा लागि शुरुका बर्षहरुमा नौलो अभ्यास थियो । दोस्रो बर्षदेखि संघीयताको मर्मलाई आत्मसाथ गर्दै यसको विकास र सवलिकरणका लागि हामीले काम ग¥यौं । जसका कारण संघीय प्रणाली स्थापित हुन मद्धत पुग्यो । विगतका अनुभवहरुबाट सिक्दै हामी यहाँसम्म आइपुगेका मात्रै छैनौं सफलता पनि प्राप्त गरिरहेका छौं ।
नगरवासीलाई छिटो छरितो तथा गुणस्तरीय सेवा दिन हामी रातदिन लागिपरेका छौं । समग्र विश्व नै कोरोना महामारीबाट जुधिरहेको बेला गतबर्षदेखि हामी पनि अछुतो रहन सकेनौं । विपद्ले निराशा र क्षती मात्रै गर्दैन । यसले सम्भावनाका ढोकाहरु पनि खोल्छ भन्ने मान्यताका आधारमा हामीले गतबर्ष र यसबर्ष पनि कोभिड महामारीबिरुद्ध पूर्वतयारी तथा प्रतिकार्यको कामलाई प्राथमिकतामा राखी कार्य ग¥यौं । जसका कारण नगरबासीको ज्यूज्यान जोगाउने दायित्व निर्वाह गरेका छौं ।
नगरवासीको हितमा इमान्दारीपूर्वक जिम्मेवारी र जवाफदेही हुँदै हामीले काम गर्दै आएको कुरा सर्वविदितै छ । अझ ‘समृद्ध तुलसीपुर ः सबैका लागि, सँधैका लागि’ भन्ने नाराका साथ नगरको दिर्घकालिन र दिगो विकासका लािग यस बर्षदेखि हामीले २५ बर्षे दिर्घकालिन रणनीतिक योजना र ५ बर्षे आबधिक योजना निर्माण गरी त्यसैका आधारमा योजनाहरु निर्माण र कार्यान्वयनको थालनी गर्ने भएका छौं । जसबाट नतिजामुखी विकासको प्रत्यक्ष प्रतिफल नगरबासीले प्राप्त गर्नुहुनेछ ।जसका लागि विगतमा झै नगरबासीको सहयोगको अपेक्षा हामीले गरेका छौं ।

आदरणीय नगरसभाका सदस्य ज्यूहरु,
विगतमा हामीले सम्पन्न गरेका कामहरु र त्यसबाट प्राप्त सफलता र सिकाईका आधारमाआगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम तर्जुमा गरेका छौं । अब म संक्षेपमा विगतमा गरेका उपलब्धीहरुलाई उल्लेख गर्न चाहन्छु ।

१. यातायात क्षेत्रको व्यवस्थापनका लागि आधुनिक बसपार्क निर्माण र अटोभिलेजको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
२. तरकारी तथा फलफूल बजार केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
३.तुलसी ट्रेड टावर निर्माणको प्रक्रिया शुरु भई टेण्डर आह्वानको प्रक्रियामा रहेको छ ।
४. स्मार्ट सिटीको अवधारणा अनुसार नगरका २० क्षेत्रमा सिसी क्यामेरा जडान, ५ स्थानमा फ्रि वाईफाई, अनलाइन प्रबिधिबाट घरनक्सा पास तथा वडा स्तरमार्फत घटना दर्ता तथा अन्य सेवा सञ्चालन गर्ने पहिलो नगरपालिका भएको छ ।
५. नगरका सबै वडामा सडक, यातायातको पहुँच र स्तरोन्नतीका लागि हामी निर्वाचित भएदेखि हालसम्म करिव १५० किलोमिटर सडक कालोपत्रे गरिएको छ । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा सडक यातायात गुरुयोजना अनुसार यस उपमहानगरपालिकाभित्रका १ हजार किलोमिटर भन्दा बढी सडकहरुलाई कालोपत्रे र स्तरोन्नती गर्ने काम शुभारम्भ गरिएको छ ।साथै सडक यातायात गुरुयोजना अनुसारका सडकहरु कालोपत्रे र स्तरोन्नती गर्ने काम तुलसीपुर विकास प्राधिकरणमार्फत भैरहेको छ ।
६. हामीले सञ्चालन गरेको ‘मेयर सुरक्षित आवास कार्यक्रम’ लाई संघीय सरकारले समेत अनुशरण गरेको छ । यस अभियानमा १६१८ घरपरिवारलाई खरको छानामुक्त बनाइएको छ । जसका लागि प्रति घरपरिवार ५० हजार उपलब्ध गराइएको थियो ।
७.तुलसीपुर उपमहानगरपालिकालाई शिक्षाको हव र प्राबिधिक शिक्षाको केन्द्र बनाउने गरी कार्य प्रारम्भ भएको छ । तुलसीपुर बहुप्राबिधिक शिक्षालयमा सिटिइभिटीको सहकार्यमा ५ वटा प्राबिधिक बिषयमा डिप्लोमा तहको पठनपाठनका साथै बिभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरिएको छ । विपन्न तथा पछाडि पारिएका बर्गका बिद्यार्थीहरुलाई वडा कार्यालयको समन्वयमा कम्तिमा ५ जनालाई निशुल्क पठनपाठन गराउँदै आएको छ । यसका साथै तुलसीपुर नगरबासीलाई ५० प्रतिशत छुटमा पढ्ने अवसर सिर्जना गरिएको छ । आठवटा सामुदायिक बिद्यालयमा प्राबिधिक शिक्षाको पठनपाठन सञ्चालन गरिएको छ ।
८. लुम्विनी बौद्ध विश्वविद्यालयको सम्बन्धनमा जिल्लामै पहिलोपटक मेट्रो कलेजमा कानूनमा स्नातक (बिएएल्एल्बी) पठनपाठन भैरहेको छ ।
९. ‘सक्षम पुस्ता ः सँधैको आबश्यकता’ को अभियानलाई मूर्त रुप दिन उपमहानगरपालिका र बिभिन्न संघसंस्थाको सहयोगमा बिद्यार्थीहरुको सिकाई उपलब्धी स्तर बृद्धि गरेका छौं । यसका साथै हामीले शुरु गरेको बिद्यालय समायोजनको अवधारणा सफल रहेकोले संघीय सरकारले समेत यसको अनुशरण गरेको छ ।
१०.हामी आएपछि शुरुवात गरिएको मातृशिशु सुरक्षा प्रोत्साहन कार्यक्रम सञ्चालनका कारण नगरमा मातृशिशु मृत्युदर शुन्यमा झार्न सफल भएका छौं । यसका साथै समुदाय स्तरमै गएर स्वास्थ्यकर्मीहरुद्वारा उत्तर प्रसुतीको सेवा सञ्चालन गरिएको छ ।
११. यस बर्ष हामीले दिर्घकालिन रणनीतिक योजना र आधिक योजना निर्माण गरी उपमहानगरको विकासको स्पष्ट खाका तयार गरेका छौ । जसले नगरको दिगो विकास प्राप्त गर्न दिशानिर्देश गर्नेछ । यो योजनाले भबिस्यमा आउने जनप्रतिनिधिलाई काम गर्न सहजता प्रदान गर्नेछ ।
१२. नगरपालिकाका शाखा तथा वडाहरुलाई सूचना प्रबिधियुक्त बनाउँदै अनलाइन प्रबिधिमार्फत कर संकलन, नक्शा पास आदि कार्य हुँदै आएका छन् ।
१३. उपमहानगरपालिकाको न्याय प्रणालीलाई सर्वसुलभ तथा सहज बनाउन न्यायीक समितिको सुदृढिकरण र व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएका छौं ।
१४. कोभिड १९ को दोश्रो लहरबाट नगरबासीको जीवनरक्षाका लागि छोटो समयमै तुलसीपुर मेट्रो अस्पतालमा ५० बेडको आईसोलेशन अस्पताल निर्माण गरि निशुल्क सेवा प्रदान गरिएको छ । यसका साथै सबैको सहयोगमा कोभिड १९ को महामारीलाई कुशलतापूर्वक व्यवस्थित गर्न सफल भएका छौं ।
१५. ‘गुणस्तरीय स्वास्थ्य सेवा ः नागरिकको अपेक्षा’ भन्ने मान्यताका आधारमा १९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको छ । स्वास्थ्य संस्थामा नगर स्वास्थ्य केन्न्द्र, प्रसुती केन्द्र र प्रयोगशाला बिस्तार गरिदैछन् ।
१६. ‘उज्यालो संसार’ अभियान अन्तर्गत राप्ती आँखा अस्पतालको सहकार्यमा निशुल्क मोतिबिन्दुको शल्यक्रिया सेवा सञ्चालन गरिएको छ । जसले मोतिबिन्दुमुक्त शहर निर्माणमा सहयोग पुगेको छ ।
१७. राप्ती आँखा अस्पतालको स्तरबृद्धि, राप्ती प्रादेशिक अस्पतालमा आइसियू कक्षको निर्माण, डायलाशिश सेवा सञ्चालन, तुलसीपुर ब्लड बैंक लगाएतको स्तर बृद्धि तथा सेवा बृद्धि गरेका छौं ।
१८. ‘ज्येष्ठ नागरिकलाई सम्मान ः ज्येष्ठ नागरिकप्रति राज्यको योगदान’ भन्ने मान्यताका आधारमा न्यानो कपडा बितरण, घरदैलोमै निशुल्क स्वाथ्य परिक्षण र दिवा सेवा केन्द्र कार्यक्रम सञ्चालन गरिएको छ ।
१९. योगलाई अभियानका रुपमा सञ्चालन गरी वडावडामा विस्तार गरिएको छ ।
२०.‘स्मार्ट छोरी ः सक्षम नारी’ कार्यक्रम अन्तर्गत छोरीहरुलाई आत्मनिर्भर, सशक्तिकरण र बालविवाह न्यूनिकरण गर्न जन्मनबित्तिकै छोरीको खातामा प्रत्येक महिना रकम जम्मा गरिदिने व्यवस्था गरेका छौं ।
२१.स्पेनको बिलवाओ सिटीसँग भगिनी सम्बन्ध स्थापित गर्ने कार्यको प्रारम्भ गरिएको छ ।
२२. तुलसी गौशालासँग सहकार्य गरि नगरका छाडा चौपायाको व्यवस्थापन गरिएको छ ।
२३. सबै सामुदायिक बिद्यालयहरुमा अध्ययन गर्ने छात्राहरुका लागि स्यानीटरी प्याड वितरण कार्यक्रम सञ्चालन गरिएको छ । जसले गर्दा बिद्यालयमा छोरीहरुको उपस्थिती बृद्धि भएको छ ।
२४. रोजगारविहिन नागरिकलाई रोजगारी सिर्जना गर्न नेपालमै पहिलोपटक कोभिड महामारीका कारण समस्यामा परेका व्यक्तिहरुको लागि श्रम बैंकको स्थापना गरि कार्यान्वयनमा लगिएको छ ।
२५. नगर कार्यालयको कामलाई क्यासलेस गराउने अभियान अन्तर्गत कार्यालयभित्र बैंक शाखा स्थापना गरिएको छ ।
२६. प्रभावकारी सेवा सञ्चालनका लागि नगर प्रशासनिक भवन निर्माण कार्यलाई तिव्रता दिइएको छ । उक्त भवन यसै आ.व. मा सम्पन्न गरिनेछ ।
२७. शवदाह स्थलहरुलाई व्यवस्थित गर्न स्तरोन्नती तथा नगरका महत्वपूर्ण शवदाहस्थलमा सोलारबत्ती जडान गरिएको छ ।
२८. ‘स्मार्ट शहर ः नगरबासीको रहर’ भन्ने अभियान अन्तर्गत अगाडी सारेको स्मार्ट नगरको परिकल्पनालाई मुर्त रुप दिन आगामी आ.ब.का लागि संघिय सरकाबाट बजेट विनियोजन गराउन सफल भएका छौं ।
२९. तुलसीपुर उपमहानगरपालिकामा औद्योगिक ग्राम स्थापना गर्न डिपिआर तथा वातावरणीय प्रभाव मुल्यांकनको कार्य अगाडी बढेको छ ।
३०. दिर्घकालिन रणनीतिक योजना तथा आवधिक योजना कार्यान्वयन गर्न बार्षिक क्यालेण्डर तयार गरी योजना कार्यान्वयन पद्धतीको विकास गरेका छौं ।
३१. भूमी समस्या समाधान आयोगको सहकार्यमा भूमीहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिन प्रारम्भिक कार्यको थालनी गरिएको छ ।
३२. उपमहानगरपालिकाको आफ्नै स्वामित्वमा रहने गरि पेट्रोल पम्प सञ्चालनको अन्तिम चरणमा रहेको छ । आफ्नै स्वामित्वमा पेट्रोल पम्प सञ्चालन गर्ने मुलुककै पहिलो स्थानीय तह बनेका छौं ।
३३. वडानं. १८ को आमखोली सामुदायिक वनमा दाङको सबैभन्दा ठूलो ताल निर्माण भएको छ । साथै वडानं. ८, १४ र १६ मा पनि कृतिम तालहरु निर्माण गरिएको छ ।
३४. हामीले गरेका कामहरुको उच्च मूल्यांकन गर्दै नगरविकास कोष, संघीय मामिला मन्त्रालयको पञ्जिकरण विभाग, नेपाल नेत्रज्योती संघ, जिल्ला समन्वय समिति, युवा परिषद् लगाएतबाट उत्कृष्टताको पुरस्कार प्राप्त गरेका छौं । जुन तुलसीपुरबासीका लागि गौरवको बिषय हो ।

नगरसभा सदस्य ज्यूहरु,
विगतको कामका उपलब्धीहरुले परिणाम र नतिजामुखी विकासको आभास दिएको छ । अब म आगामी आर्थिक बर्ष २०७८÷०७९ मा गरिने मुख्य नीति तथा कार्यक्रम पेश गर्न चाहन्छु ।
 आगामी बर्षको बजेट यस उपमहानगरपालिकाको दिर्घकालिन रणनीति, आवाधिक गुरु योजना, सडक तथा यातायात गुरु योजना, संघ तथा लुम्बिनी प्रदेशको आवधिक योजना र विश्वव्यापी दिगो विकास लक्ष्यमा योगदान पु¥याउनेगरी समृद्ध तुलसीपुर ः सधैका लागि सबैका लागि भन्ने सोच प्राप्ती गर्नेगरी नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने छ ।
 कोरोना महामारीले सिकाएको पाठलाई मध्यनजरगरी आगामी बर्ष स्वास्थ्य सेवा, समृद्धिको लक्ष्य, आर्थिक र सामाजिक पुर्नलाभ, शिक्षा, कृषि, तथा पशु सेवा, खानेपानीमा प्राथमिकता साथ बजेट व्यवस्था गरिने छ ।
 तुलसीपुर उपमहानगरपालिकामा नगर शिक्षक सेवा आयोगको गठन गरी दक्ष शैक्षिक जनशक्ती व्यवस्थापन गरिनेछ ।
 तुलसीपुर उपमहानगरपालिकाको मानव विकासको सूचकांक हालको ०.५६३ भएकोमा आगामी पाँच बर्षभित्र ०.६६० पु¥याउने लक्ष्य बमोजिम आगामी आबमा ०.५९० मा पु¥याइनेछ ।
 तुलसीपुर उपमहानगरपालिकाको प्रतिव्यक्ती आय हाल ११३१ डलर रहेको र पाँच बर्षमा २००० डलर पु¥याउने लक्ष्य बमोजिम आगामी आबमा १२५० पु¥याइनेछ ।
 तुलसीपुर उपमहानगरपालिकाको साक्षरता प्रतिशत ९७ रहेकोमा आगामी आबमा ९९ पु¥याइनेछ ।
 तलसीपुर उपमहानगरपालिकाको औषत आयु ६९ बाट आगामी आबमा ७२ मा पु¥याइनेछ ।
 हाल तुलसीपुर उपमहानगरपालिकामा बेरोजगारी दर ६.१६ रहेकोमा आगामी आबमा ५ प्रतिशतमा झारिनेछ ।
 पाइपलाइनबाट खानेपानी सुविधा पुगेका घरपरिवार ५३.७९ प्रतिशत रहेकोमा आगामी आवमा ६० प्रतिशत पु¥याइनेछ ।
 माध्यमिक शिक्षामा भर्ना दर ४४ प्रतिशतबाट आगामी आवमा ४७ प्रतिशत पु¥याइनेछ ।
 बाल तथा मातृ मृत्युदर शुन्य रहेको र यसलाई कायम राखिनेछ ।
 उपमहानगरपालिकाभित्र बाह्रै महिना सिंचित हुने जमिन १४ प्रतिशत रहेकोमा आगामी आवमा २० प्रतिशत पु¥याइनेछ ।
 उपमहानगरपालिकामा पक्की सडक १२०.१८ किलोमिटरबाट आगामी आवमा २०० किलोमिटर पु¥याइनेछ ।
 स्मार्ट छोरी कार्यक्रम अन्तर्गत दिइदै आएको प्रोत्साहन रकम आगामी आवमा दोब्बर गरिनेछ ।
 विपद् जोखिम न्यूनिकरणका लागि पूर्वतयारी र प्रतिकार्यलाई चुस्तदुरुस्त बनाउँदै खोज, उद्धार, परिचालन, पुर्नलाभ,सूचना प्रणाली व्यवस्थापन जस्ता कार्यहरुलाई तत्काल सञ्चालन गरी जनधनको क्षतीलाई न्यूनिकरण गरिनेछ ।
 आधुनिक तथा व्यवसायीक कृषि तथा पशुपालनका माध्यमवाट खाद्यसुरक्षाको सुनिश्चिता र पर्यापर्यटनको विकास गरी आर्थिक बृद्धी तथा रोजगार सृजना गरिनेछ ।
 आधारभूत तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी सेवामा न्यायोचित पहुँच एवं लक्षित वर्गको सशक्तीकरण गरी समावेशी तथा समतामूलक नगर निर्माण गरिनेछ ।
 सडक, पुल, विद्युत, सञ्चार को योजनावद्ध विकास सहितको व्यवस्थित बस्ती विकास र यातायातमा सहजता ल्याई स्मार्ट शहरको रुपमा तुलसीपुरको विकास गरिनेछ ।
 वन, जैविक, जलाधार, विपद् जोखिम न्युनिकरण, जलवायु अनुकुलन तथा फोहरमैलाको समुचित व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गरी विपद् उत्थानशील समाजको निर्माण गरिनेछ ।
 उपमहानगरपालिकाको संरचना र मानव शंसाधनको उचित व्यवस्थापन गरी योजना तर्जुमा प्रक्रियालाई सुदृढ तथा सुशासन कायम गरिनेछ ।
 आगामी बर्ष बजेटलाई लक्ष्य, उद्देश्य र परिणाममुखी बनाईने छ । साना–साना टुक्रे आयोजनामा भन्दा ठूला, बहुबर्षिय आयोजनामा बजेट व्यवस्था प्राथमिकता दिइने छ ।
 चालु बर्षमा संचालन भएका अधुरा आयोजनालाई आगामी बर्षमा पनि निरन्तरता दिइ आवश्यक बजेटको व्यवस्था गरिने छ ।
 ‘खुल्ला सरकार कार्यक्रम’ को अवधारणा अनुसार कार्य गरिने छ । उपमहानगरपालिकाले संचालन गर्ने सबै कार्यक्रम, नीति, खर्च, सबै सार्वजनिक गरिने छ । नियमित सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गर्ने व्यवस्था मिलाईने छ ।
 बार्षिक योजना क्यालेन्डर निर्माण गरी कार्य गर्दा पनि पुरा नभएका योजनालाई आगामी बर्ष पनि निरन्तरता दिइने छ ।
 ढुङ्गा, गिट्टी, बालुवा, संकलन, ढुवानी र व्यवस्थापनलाई पारदर्शी, र दिगो बनाउनका लागि उच्च स्तरिय अनुगमन संयन्त्र बनाई आवश्यक कार्य गरिने छ ।
 सबैखाले विभेदको अन्त्य गर्दै सामाजिक न्याय, सुशासन, र दिगो शान्ति र समतामुलक समाज निर्माण गर्न प्राथमिकता दिइने छ ।
 संविधान, स्थानीय सरकार सञ्चालन ऐन, अन्य संघ तथा प्रदेश ऐनले स्थानीय सरकारबाट सम्पादन गर्नेगरी व्यवस्था गरेका कार्यक्रमहरु गर्नका लागि आवश्यक, ऐन, कानुन गराई कार्य गरिने छ ।
 तुलसीपुर उपमहानगरपालिकालाई आगामी आर्थिक बर्षमा सहयोगापेक्षी सडक मानवमुक्त नगरको रुपमा घोषणा गर्नेगरी आवश्यक कार्य गरिनेछ ।
 दाङ बिमानस्थललाई स्तरोन्नती गर्दै नियमीत हवाई उडान संचालन गर्ने र यस बिमानस्थलमा अन्तराष्ट्रिय स्तरको पाइलट शिक्षण गर्ने अन्तराष्ट्रिय स्तरको एभियसन कलेज सार्वजनिक र निजी सहकार्यमा संचालन गर्ने व्यवस्था मिलाइनेछ ।
 छिल्लीकोट केबलकार स्थापनाका लागि अध्ययन भैसकेकोले यसैबर्ष यसको डिपिआर तयार गरिनेछ ।
 दिर्घकालिन तथा आबधिक योजनालाई प्रभावकारीढंगले कार्यान्वयन गर्न अर्गनाइजेशन एण्ड म्यानेज्मेण्ट सर्भे (ओ एण्ड एम् सर्भे) तथा मध्यमकालिन खर्च संरचना दस्तावेज तयार गरिनेछ ।
 २५ बर्षे दिर्घकालिन रणनीतिक योजनाले दिशाबोध गरेका स्मार्ट सिटी, जनशक्ती विकास केन्द्र स्थापना, सामुदायीक पुस्तकालय, मनमोहन गणेशमान विज्ञान तथा प्रविधि क्याम्पस, मेडिकल कलेज सञ्चालन, बाल अस्पताल सञ्चालन, मेट्रो हस्पिटल सञ्चालन, ज्येष्ठ नागरिक अस्पताल, क्रान्ति संग्रहालय, स्पोर्ट सिटी, तुलसीपुर चक्रपथ, पर्यटकीय गन्तव्यको शहर, औद्योगिक ग्राम, बेलझुण्डी ट्विन टावर, स्मार्ट स्याटेलाइट शहर र मेट्रो रेल सञ्चालनका काम सार्वजनिक, निजी साझेदारीका माध्यमबाट सम्पन्न गरिनेछ ।

नगरसभा सदस्य ज्यूहरु,
अब म आगामी आर्थिक बर्ष २०७८÷०७९ मा गरिने बिषयगत क्षेत्रका नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

आर्थिक विकास ः
कृषी ः
१.भूउपयोग नीति निर्माण गरी जग्गाको बर्गिकरण गरी कृषी उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिइनेछ ।
२. उन्नत विउ विजन उत्पादनका लागि विउविजन उत्पादन केन्द्रको स्थापना गरिनेछ ।
३. जग्गा बाँझो नराख्ने नीतिलाई निरन्तरता दिंदै बाँझा खेतीयोग्य जमिनमा खेती प्रणाली बिस्तार गर्न भूमी बैंकको प्रक्रियालाई अघि बढाइनेछ ।
४. नगर क्षेत्रमा माटो परिक्षणको प्रयोगशाला स्थापना गरी माटो अनुकूल खेतीप्रणालीलाई विविधिकरण गरी कृषी उत्पादनको बृद्धि गरिनेछ ।
५. कृषी उत्पादनको उचित भण्डारण र व्यवस्थापन गर्न संघ, प्रदेश र निजी क्षेत्रको सहकार्यमा कोल्ड स्टोर स्थापना गरिनेछ ।
६. बालीमा देखापर्ने रोग किराको प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्न बाली संरक्षण सेवालाई निरन्तरता दिइने छ ।
७. एक वडा–एक कृषी प्राबिधिकको व्यवस्था गरी किसानहरुलाई प्राबिधिक सहयोग प्रदान गर्ने अभियानलाई निरन्तरता दिइनेछ ।
८. व्यवसायीक कृषी तथा उत्पादन र उत्पादकत्व बृद्धि गर्न किसानहरुलाई यन्त्र, औजार लगाएत प्राबिधिक सहयोगलाई निरन्तरता दिइनेछ ।
९. कृषकको क्षमता अभिबृद्धि गर्न आबश्यकतामा आधारित प्राबिधिक सेवा तथा परामर्श सेवा प्रदान गरिनेछ ।
१०.कृषि उत्पादन वृद्धि गरी खाद्य सुरक्षा गरिनेछ ।
११. कृषी उत्पादन वढाउन दक्ष जनशक्ती सेवा (विमा, तालिम, विउविजन) र पूर्वाधारको विकास तथा विस्तार गरिनेछ ।
१२. कृषि उपजको न्युनतम सर्मथन मुल्य निर्धारण गरी सोहि अनुसार खरिद बिक्रिको ब्यवस्था मिलाउने र बिभिन्न स्थाहरुमा कृषि तथा पशु हाटबजारको ब्यवस्था गरिने छ साथै कृषि तथा पशुको पकेट क्षेत्र तोकिने छ ।
१३. कृषि बिद्युत मिटर प्रयोग गरी सिचाई गर्ने कृर्षकहरुलाई फागुन देखि जेष्ठ सम्मको बिद्युत महशुल १०० प्रतिशत छुट गरि मकै, घाँस र बेमौसमी खेतीलाई पबद्र्धन गरिने छ ।
१४. तुलसी, बेसार, अदुवा, टिमुर लगाएत मसला खेतीलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याईने छ । साथै बगर खेतीलाई प्रोत्साहन गरिने छ ।
१५ संघ तथा प्रदेश सरकारको सहयोगमा कागती, भैसी, तोरी, मकै तथा माहुरी पकेट क्षेत्र निर्धारण गरि कार्य गरिने छ ।
१६.रैथाने वीउ विजन, स्थानीय पशुपंक्षीको संरक्षण गर्दै वीउ उत्पादन गर्ने कृषि समुह तथा सहकारीलाई अनुदान प्रदान गरिने छ ।
१७ परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण, व्यवसायीकरण र बजार उन्मुख बनाउदै यसलाई कृषि उद्योगको रुपमा विकास गरिने छ ।

पशु विकास ः
१८. पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सञ्चालन एवं प्रयोगशालामा सुधार गरी सेवालाई निरन्तरता दिनुका साथै पशुहरुमा लाग्ने संक्रामक रोगहरुबिरुद्ध खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
१९. हरेक वडामा कृषी तथा पशु सेवा ईकाई स्थापना गरी एक वडा–एक प्राबिधिकको व्यवस्था गरिनेछ ।
२०..‘पशुपंक्षीको नश्लसुधार ः आम्दानी र रोजगारीको आधार’ भन्ने अभियान अन्तर्गत नश्लसुधारका लागि कृतिम गर्भाधारण कार्यक्रमलाई निशुल्क र प्रभावकारी बनाइनेछ । साथै पशु उपचारका लागि आबश्यक औषधिहरु निशुल्करुपमा उपलब्ध गराइनेछ ।
२१. आबश्यकता अनुसार बाख्रा, बंगुर, भैंसी स्रोत केन्द्रहरु स्थापना तथा पशुपालनको पकेटक्षेत्र विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
२२. व्यवसायीक पशुपालनका लागि भकारो सुधारका साथै पशुजन्य उत्पादनको सुरक्षित भण्डारण एवं गुणस्तर कायम गरी माछामासु, दही, दुध लगाएतका किसानका पशु उत्पादनलाई बजार प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।
२३. मत्स्य विकासका लागि पोखरी बिस्तार एवं भुरा वितरण लगाएतका कार्यक्रम सञ्चालन गरिनेछ ।
२४. हरियो घाँसमा आधारित पशु पालन लाई प्रोत्साहन गर्न ५०% अनुदानमा बर्षे÷हिऊदे घाँसको बिऊ उपलब्ध गराउने कार्यक्रम ल्याइने छ ।
२५. प्रबिधि हस्तान्तरण ÷ शिप बिकासका लागी बिभिन्न शिप बिकास तालिमहरु एवं सचेतनाका कार्यक्रमहरुसन्चालन गरीनेछ ।
२६.दुर्गम क्षेत्रहरुमा पशु स्वास्थ्य शिबिर र घुम्ती सेवा सन्चालन गरी पशु स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ ।साथै “कृषकसंग पशु स्वास्थ्यकर्मीस्थलगत भेटघाट” कार्यक्रम संचालन गरिने छ ।
२७.प्राइभेट पाराभेटहरुलाई भेटेरिनरि सेवा प्रबाहाको लागी परिचालन गरिने छ ।
२८. एक स्वास्थ्य (इलभ ज्भबतिज ऋयलअभउत) कार्यक्रमलाई प्रभाबकारी बनाउदै जुनोटिक रोग नियन्त्रण कार्यक्रमहरु सन्चालन गरीने छ ।
२९. सबै वडामा कृषि तथा पशु सेवा ईकाई स्थापना र संचालन गरिनेछ ।
३०. कृषि तथा पशु हस्पिटल संचालन गरिनेछ । साथै कृषि तथा पशु एम्बुलेन्स सेवा संचालन गरिनेछ ।
सार्वजनिक, नीजि, सहकारी र समुदायको सहकार्यमा आधुनिक बधशाला र मासु बजार निर्माण गरिने छ ।
३१. कृषी तथा पशु विमालाई अभियानका रुपमा सञ्चालन गरिनेछ ।
३२. कृषी यन्त्रका लागि प्रोत्साहन तथा अनुदानको व्यवस्था गरिनेछ ।
३३. रैथाने बिउबिजन, स्थानीय पशुपंक्षीको संरक्षणका लागि विउ अनुदान दिई विउ उत्पादनमा प्राथमिकता दिइनेछ ।
३४. कृषी तथा पशु व्यवसायीलाई प्रोत्साहन गरी अनुदान दिइनेछ ।
३५. किसानले उत्पादन गरेको दुधलाई बजारको व्यवस्थापन गर्ने तथा बिद्यालयका बालबालिका र बृद्धबृद्धाका लागि नगरपालिकाले खरिद् गर्ने व्यवस्था मिलाइनेछ ।

उपभोक्ता हित, खाद्य सुरक्षा
३६. खाद्य उत्पादन बृद्धि, सुरक्षित भण्डारण तथा सहज पहुँच बृद्धि गरी शुन्य भोकमरी अभियानलाई निरन्तरता दिइनेछ ।
३७. उपभोक्ता अधिकारलाई सुनिश्चित गर्न उपभोग्य वस्तु वा सेवाको गुणस्तर परिमाण एवं मूल्यको अनियमिततावाट उपभोक्तालाई संरक्षण प्रदान गर्न नियमित अनुगमन गरिने छ ।
३८. नगरमा स्वच्छ ,प्रतिस्पर्धी र स्वस्थबजार निमार्ण तथा प्रवद्र्धन गरिनेछ ।कालोबजारी पूर्ण रुपमा नियन्त्रण गरिनेछ ।
३९. उपभोक्ताअधिकार सचेतनामूलककार्यक्रम सञ्चालन गरिनेछ ।
४०.उपभोक्ताहरुको स्वस्थ्य हितलाई प्रवद्र्धन गर्न दैनिकउपभोगमाआउने खाद्य वस्तुको गुणस्तर परिक्षण गरिनेछ ।

उद्योग व्यवसाय, रोजगारी, गरिवी निवारण
४१. लघु तथा साना उद्यम व्यवसाय, कृषि तथा पशुसेवा, स्वास्थ्य सेवा सम्बन्धि कुनै पनि व्यवसाय दर्ता निशुल्क गरिनेछ । साथै महिला, दलित, २५ बर्षसम्मका युवा, अपाङ्गता भएका व्यक्ती, शहिद तथा जनआन्दोलनका घाइते परिवार, विदेशबाट फर्किएर स्थानीय स्तरमा कुनै व्यवसाय दर्ता गरी संचालन गर्न चाहेमा निशुल्क गरिनेछ ।
४२. कोभिड अवधिको घर भाडा, बहाल कर, व्यवसाय करमा छुट दिइनेछ ।
४३. मेयर युवा उद्यमशिलता र उपमेयर महिला उद्यमशिलतालाई आवश्यक प्राथमिकता दिइ कार्य गरिने छ ।
४४. यस उपमहानगरपालिकाभित्र यसभन्दा अघि संचालन भएका विभिन्न कार्यक्रम र कोषबाट लगानी भएका रकमहरु प्रचलित कानुन बमोजिम असुल उपर गरिने छ भने सो रकम थप बजेटको व्यवस्था गरी सहकारी बैंक, लघुवित्त बैक तथा वित्तिय संस्थाबाट १० लाख रुपयाँसम्म ऋण लिई व्यवसाय गर्ने साना तथा लघु उद्यमीहरुलाई व्याजमा बार्षिक ५ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिने छ ।
४५. यस तुलसीपुर उपमहानगरपालिकाभित्र संचालनरस्थापना हुने उद्योग तथा व्यवसायलाई दर्ता प्रक्रियाद्वारा करको दायरमा ल्याई उपमहानगरपालिकाको आर्थिक श्रोतमा बृद्धि ल्याईनेतर्फ जोड दिईने छ ।
४६. “उद्यमशीलता, रोजगारी र उत्पादन बृद्धि ः हुन्छ तुलसीपुरको समृद्धि” को नीतिलाई आत्मसात गरी उद्योग व्यावसाय र उद्यमशीलताको विकास गरिनेछ ।
४७. तुलसीपुर उपमहानगरपालिकामा निर्माणाधिन दुईवटा औद्योगिक ग्रामलाई संघ, प्रदेश सरकार र निजी तथा सहकारी क्षेत्रको सहकार्यमा सम्पन्न गर्न निरन्तरता दिइने छ ।
४८. तुलसीपुर उपमहानगरपालिकाभित्र स्थानीय कच्चा पदार्थमा आधारित रही संचालनमा रहेका लघु तथा घरेलु उद्योगको विकास र प्रवर्द्धनमा प्राथमिकता दिईने छ ।
४९. सफल उद्यमी सम्मान कार्यक्रम मार्फत उद्यमी व्यवसायीमा आत्मबल र आत्मसम्मानको अनुभूति होस भन्ने उद्देश्यले यस कार्यक्रमलाई निरन्तरता दिइने छ ।
५०. स्थानीय स्रोतसाधन, ज्ञान, प्रविधि र सीपको परिचालन गरी लघु तथा घरेलु उद्योगको लगानीमा वृद्धि ल्याउनुका साथै उत्पादित बस्तुको बजारीकरणमा सहजता ल्याइनेछ ।
५१. नयाँ उद्यमीको श्रृजना गरी बेरोजगारहरुलाईआत्मनिर्भर बनाउनुको साथै रोजगारीको संख्यामा वृद्धि गरिनेछ ।
५२ .कोभिड १९ बाट प्रभावित भएका परिवारतथा बैदेशिक रोजगारी गुमाएका व्यक्तिहरुको लागि तालिम तथा प्रविधि हस्तान्तरणको प्रक्रियाबाट उनीहरुलाई आत्मनिर्भर बनाईनिजहरुको आयआर्जनमा वृद्धि ल्याउने विशेष कार्यक्रमलाई आगामी आ।व।मा पनि निरन्तरता दिइनेछ ।
५३. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ठूला आयोजनासँग जोडी उपभोक्तामार्फत गरिने योजना कार्यक्रममा हेभी इक्पिमेण्टको प्रयोग नगरी श्रमिकद्वारा काम गराउने नीतिलाई निरन्तरता दिइनेछ ।
५४. बेरोजगार युवाहरुलाई सिपमुलक तालिम सञ्चालन गरी बिउ पूजी तथा प्राबिधिक सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ । यसका लागि अनुगमन प्रणालीलाई व्यवस्थित गरिनेछ ।
५५. हिंशापिडित, विपन्न, एक महिलाहरुलाई बिशेष प्राथमिकतामा राखी रोजगारी प्रदान, अति गरिव परिवार पहिचान र त्यस्ता परिवारको जिविकोपार्जनका लागि तत्कालिक एवं दिर्घकालिन प्याकेज कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
५६. विश्वव्यापी कोभिड १९ को महामारीको कारणले रोजगारी गुमाएका व्यक्तिहरुलाई उनीहरुको योग्यता, सीप, क्षमता र अनुभवको आधारमा वर्गीकरण गरी प्रधानमन्त्री रोजगार कार्यक्रमसंग समन्वय गरी रोजगार उपलब्ध गराइनेछ ।
५७. गरिबी निवारण कोषमा आवद्ध समूहलाई सहकारीमा रुपान्तरण गरिनेछ । गरिबी निवारण कोषको रकमलाई सहकारी बीउ पूँजीको रुपमा उपयोग गरी गरिबी निवारण कार्यक्रम संचालन गरिनेछ ।
५८. जमीन बाँझो राख्ने परिपाटीको अन्त्य गर्दै उक्त जमीनमा आधुनिक कृषि एवं पशुपालन गर्न प्रोत्साहित गरी सो क्षेत्रबाट अधिक रोजगारी सृजना हुने वातावरण तयार गरिनेछ ।
५९. अति गरीब परिवार पहिचान गरी तथ्यांक अद्यावधिक गरिनेछ । त्यस्ता परिवारको जीवीकोपार्जनका लागि तत्कालिन एवं दीर्घकालिन प्याकेज कार्यक्रम समन्वायत्मक ढंगले अगाडी बढाईनेछ ।

वित्तिय संस्था तथा सहकारी
६०. मेरो पनि बैंक खाता’ अभियानलाई निरन्तरता दिइनेछ । यसका साथै यस आर्थिक बर्षबाट शुरु भएको क्यासलेस प्रणालीलाई निरन्तरता दिंदै बैंकबाट हुने कारोवारलाई थप व्यवस्थित गरिनेछ ।
६१. यस उपमहानगरपालिकाभित्र रहेका सरकारी तथा निजी बैंक तथा वित्तिय संस्थाहरुसँग आबश्यकस समन्वय गरी कृषी, पर्यटन, उद्योग तथा व्यवसायमा लगानी गर्न प्रोत्साहित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
६२. सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भको रुपमा विकास गरिनेछ । वित्तीय पहँुच विस्तार, सामाजिक एवम् आर्थिक सशक्तिकरण र उत्पादनशील क्षेत्रमा सहकारी संघ संस्थालाई परिचालन गरिनेछ । भूमिहिन, सकुम्बासी, दलित एवम् पिछडिएका वर्ग र समुदायलाई सहकारी संस्थामा आवद्ध गरी उद्यमशिलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
६३. सहकारी संघ संस्थालाई स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको प्रवद्र्धन, स्थानीय उत्पादनको भण्डार, प्रशोधन, प्याकेजिङ र बजारीकरणका लागि प्रोत्साहन गरिनेछ । सहकारी संघ संस्थालाई कृषि तथा पशुपन्छीजन्य उत्पादनको प्रशोधन गरी मुल्यश्रृखला विकास गर्न किसानहरुलाई सहकारीबाट सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरिने छ ।
६४. सहकारीले उत्पादन गरेका कृषि जन्य बस्तुको उचित मूल्य र बजार व्यवस्थापनका कृषि बजार स्थापना गर्न कलष्टर विभाजन गरी सहयोग उपलब्ध गराइनेछ । कृषि सामाग्री भण्डारण गर्न साविकका साझा सहकारी संस्थाका गोदाम मर्मत गरी सञ्चालनमा ल्याउन अनुदान दिइनेछ ।
६५. शिक्षा, स्वास्थ्य, यातायात र सुपथ मुल्य पसल खोल्न सहकारी संस्थालाई प्रोत्साहन गरी मुल्यांकनको आधारमा नगरपालिकाबाट समेत शेयर तथा अनुदान प्रदान गरिनेछ ।
६६. जग्गा चक्लाबन्दी, करार खेती, सामुहिक खेती, कृषि सामाग्री बिक्रि पसल, पशुपालन एवं संरक्षण, माछापालन, प्रशेधनयुक्त उद्योग, डेरी संचालनको लागि सहकारी संस्थाहरुको अवस्था मूल्यांकन गरी नगरपालिकाबाट अनुदान प्रदान गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
६७. सहकारी क्षेत्रको प्रबद्र्धन, विकासका लागि सहकारी व्यवस्थापन तालिम, सहकारी लेखा व्यवस्थापन तालिम, कोपोमिस तालिम र पल्र्स विश्लेषण तालिम संचालन र सहकारी अनुगमन र सघन अनुगमन कार्यलाई नियमित रुपमा संचालन गरिनेछ । साथै सहकारीको विकास र प्रवद्र्धनका लागि डिजिटल सहकारीको नीतिलाई निरन्तरता दिइनेछ ।
६८. सहकारी संस्थाहरुको मर्जरलाई प्रोत्साहन गरिनेछ साथै लामो समयदेखि कारेबार बन्द गरी निष्क्रिय रहेका एवं खराब अवस्था भएका संस्थाहरुको खारेजी गरिनेछ ।
पर्यटन
६९. पर्यटन प्रवद्र्धन गर्न ‘घुम्न जाऔं तुलसीपुर’ अभियानलाई निरन्तरता दिइनेछ ।
७०. नगरको अबस्था झल्किने पर्यटन क्षेत्रहरुको अभिलेखिकरण तथा छायांकन गरिनेछ ।
७१. परम्परागत कला, संस्कृती र पर्यटनको संरक्षण र विकासलाई निरन्तरता दिइने छ ।
७२. पर्यटकीय स्थलसम्म पुग्न सडकको स्तरोन्नती तथा पदमार्गहरु निर्माण गरिनेछ ।
७३. नगर पर्यटन गुरुयोजनालाई अन्तिम रुप दिइ गरी नगर पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधारको विकासमा निरनतरता दिइने छ ।
७४. स्थानीय पर्यटन पर्वद्ध्रन सम्वन्धी ऐन नियम र कार्यविधि निमार्ण गरि कार्यन्वयमा ल्याउने कार्यलाइ निरन्तरता दिइने छ ।
७५. संघ तथा प्रदेश सरकार, र विकास साझेदार संगको सहकार्यमा ललितकला संरक्षण केन्द्र निर्माणको गरिने छ ।
७६. उद्यान, पार्क, बगैचा ताल, दहहरुको संरक्षण सम्बद्र्धन र निर्माण तथा बिस्तारको को कार्यलाइ निरन्तरता दिइने छ ।
७७. प्राकृतिक गुफाहरुको पहिचान, संरक्षण र प्रचारप्रसारको कार्य गरी स्थानीय पर्यटन प्रवद्धनमा जोड दिइने छ ।
७८. होमस्टेहरुको विकास तथा प्रबद्र्धन गर्न पर्यटन गाईड, पर्यटन बस, घोड चढी, तथा पद यात्रा सेवाको विकासलाई निरन्तरता दिइने छ ।

सामाजिक विकास
शिक्षा
७९. तुलसीपुर बहुप्राविधिक शिक्षालय, तुलसीपुर मेट्रो कलेज, राप्ती बबई क्याम्पस, जनता क्याम्पस, नेपाल संस्कृत विश्व विद्यालय, सबै विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पुर्वाधार सुधार गर्न शैक्षिक सुधार रणनीति तथा कार्य योजना बनाइ आवश्यक काम गरिने छ ।
८०. आगामी बर्ष कक्षा ८ सम्मको शिक्षा पूर्ण निशुल्क र अनिवार्य गरिने छ । सबै विद्यालयमा स्थायी दरबन्दीको व्यवस्था गर्ने र सार्वजनिक प्रतिस्पर्धाबाट प्रधानाध्यापकको छनौट र नियुक्ती गर्ने व्यवस्था मिलाइने छ । साथै प्राबिधिक शिक्षा र उच्च शिक्षामा सामुदायिक बिद्यालयबाट सामुदायिक तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने छात्रा, दलित, आदिवासी, जनजाति, शहिद परिवार, जनआन्दोलनका घाइते परिवारकालाई निशुल्क अध्ययन अध्यापन गर्न मेयर छात्रबृत्ती कार्यक्रम प्रदान गरिनेछ ।
८१. तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका दलित छात्रा, अपाङ्गता भएका, शहिद परिवार तथा जनआन्दोलनका घाइते मध्यबाट मेडिकल, इञ्जिनयरिङ र प्राविधिक शिक्षामा स्नातक (कृषि, वन , पशु सेवा, कानुन र प्राविधिक शिक्षा) अध्ययन गर्ने एक–एकजनालाई सामुदायिक तथा सरकारी शैक्षिक संस्थामा अध्यन गरेमा मासिक पाँच हजार छात्रवृत्ती उपलब्ध गराइने छ ।
८२. सबै वडाबाट गरी करिब ५ हजार जनालाई छोटो तथा लामो अवधि र विशेष प्राविधिक तथा सिप विकास शिक्षा प्रदान गरिनेछ ।
८३. चारवर्ष उमेर समूहका सवै बालबालिकालाई प्रारम्भिक बाल शिक्षाको अवसर सुनिश्चित गर्दै प्रारम्भिक बालशिक्षा संचालनमा प्राथमिकता दिइनेछ ।
८४. बालविकास केन्द्रहरुमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
८५. प्रारम्भिक बाल शिक्षालाई व्यवस्थित रुपमा संचालनका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री तथा कक्षाकोठा स्तरीकरणका साथै पूर्व प्राथमिक शिक्षक (स.का.)को क्षमता विकासका लागि तालिमको व्यवस्था मिलाइने छ ।
८६. यस उपमहानगरपालिकाभित्र अनुमति प्राप्त तथा अनुमति नलिई सञ्चालनमा रहेका शिशु कक्षा तथा वालउद्यानलाई गैर नाफामूलक सस्थाका रुपमा दर्ता गरी कानूनी दायरामा ल्याई नियमित अनुगमन गरिनेछ ।
८७. बाल बालिकालाई बाल शिक्षाको पहुँच सुनिश्चित गरी विद्यार्थी संख्या न्यून हुने वालविकास केन्द्रहरुलाई क्रमस स्थगन गदै सामुदायमा आधारित बाल बिकास केन्द्र समेतलाई अभिभावक शिक्षामा परिचालन गरिनेछ ।
८८. संघीय सरकारको समन्वयमा समयमै निशुल्क पाठ्यपुस्तक वितरणको व्यवस्था मिलाईने छ । विपतको समयमा समेत विद्यालय तथा विद्यार्थीको हातहातमा सजिलै पाठ्यपुस्तक तथा पाठ्यसामाग्रीे पु¥याउनका लागि विशेष ब्यवस्था गरिने छ ।
८९. स्थानियआवश्यकतालाई सम्वोधन गर्न आधारभूत तहका लागि स्थानीय पाठ्ययक्रम विकास गरी विद्यालय तहमा लागू गरिनेछ ।
९०. आधारभूत तहसम्म सञ्चालीत विद्यालयहरुमा इन्टरनेको ब्यवस्थापनका लागी थप अनुदानको ब्यवस्था गरिनेछ ।
९१. सकाईलाई जीवन, समाज र पाठ्यक्रमसँग जोड्ने सिकाई कार्य (प्रोजेक्ट बेस्ड लर्निङ) लाई प्रोत्साहन गरी शैक्षिक सामग्री निर्माण र प्रयोग गर्न शिक्षकलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
९२. बिद्यार्थीको उच्च सिकाई उपलब्धी हाँशिल गर्ने बिद्यालयहरुलाई थप अनुदानको व्यवस्था गरिनेछ ।
९३. बिद्यालय शिक्षाको गुणस्तर विकासको लागि अनुसन्धान, संरचनात्मक सुधार र व्यवस्थापन क्षमता विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
९४. बिद्यालयहरुको भौतिक पूर्वाधारहरु भवन, शौचालय, पुस्तकालय, प्रयोगशालाहरुको निर्माण, मर्मत सम्भार, थप सामग्रीको व्यवस्था तथा स्तरोन्नतीको कार्यलाई निरन्तरता दिइनेछ ।
९५. बिद्यालयमा बिद्यार्थीको पहँुच तथा टिकाउ दर बढाउन कार्यक्रमहरु ल्याइने छन् ।सामुदायिक विद्यालयबाट एस इ ई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई प्रोत्साहन गर्ने नीतिलाई अबलम्वन गरिनेछ ।
९६. खुल्ला तथा वैकल्पिक शैक्षिक कार्यक्रम, प्रोत्साहनमूलक कार्यक्रम, विभिन्न छात्रवृति वितरण, १२ कक्षासम्म निःशल्क पाठ्यपुस्तक वितरण कार्यलाई निरन्तरता दिईनेछ ।
९७. मेघा तथा ठूला विद्यालय निर्माणको अवधारणलाई अगाडि वढाउँदै विद्यालयहरुको साझेदारीमा विद्यालय वसको ब्यवस्था गरिनेछ ।
९८. विद्यालय व्यवस्थापन समितिको क्षमता विस्तार गरिनुका साथै अभिभावकको विद्यालयमा नियमित उपस्थित वढाउन अभिभावक निगरानी समूह गठन गरिनेछ ।
९९. प्रस्तावित माध्यमिक तहको विद्यालयहरुमा सम्वन्धीत तहको शिक्षक दरवन्दि ब्यवस्था गरी स्थाई.प्र.अ.व्यवस्था गर्ने निति लाइ निरन्तरता दिईनेछ ।
१००. सामूदायिक अध्ययन केन्द्र र वडा कार्यालयहरुमार्फत सिपमूलक कार्यक्रम, तालिमहरु, आय आर्जनका कार्यक्रमहरु संचालन गरिने छ ।
१०१. सामूदायिक अध्ययन केन्द्र र वडा कार्यालयहरु मार्फत सिपमूलक कार्यक्रम, तालिमहरु, आय आर्जनका कार्यक्रमहरु संचालन गरिने छ ।
१०२. सामुदायिक अध्ययन केन्द्रको कार्य क्षमता विस्तार गरी निरन्तर शिक्षा तथा अभिभावक शिक्षा कार्यक्रम संचालन गरिने छ ।
१०३. यस तुलसीपर उपमहानगरपालिकाभित्र संचालित शैक्षिक परामर्श सेवा, व्रिजकोर्ष,भाषा शिक्षण,पूर्वतयारी कक्षा तथा कोचिङ कक्षाहरु अद्यावधिक गरी प्रभावकारी नियमन गरिनेछ ।
१०४. विदेशी भाषा –चाइनिज, जापनिज, कोरीयन) प्रशिक्षण केन्द्रहरु विद्यालयभित्र संचालनगर्न प्रोत्साहन गरिने छ ।
१०५. प्रविधिक शिक्षामा छात्राको पहँुच अभिवृद्धि गर्न तुलसीपुरका सामुदायीक विद्यालयतवाट एस्ईई उत्तिर्ण गरिव तथा जेहेन्दार छात्रालाई प्राविधिक शिक्षामा छात्रवृत्तिको ब्यवस्था गरिरनेछ ।
१०६. प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक नाफामुलक र गैर नाफामुलक सामूदायिक संस्थाहरुको वीचमा समन्वय, सहकार्य एवमं गुणस्तरका लागि अनुगमन कार्यलाई विशेष जोड दिइने छ ।
१०७. तुलसीपर उपमहानगरपालिकाद्धारा संचालीत तुलसीपुर मेट्रो कलेजमा सिटिइभिटि र विश्वविद्यालयको स्वीकृतमा अन्य थप विषय तथा संकायको विस्तार गरिनेछ ।
१०८. सघिय तथा प्रदेश सरकारको समन्यमा तुलसीपर उपमहानगरपालिकामा अवस्थीत नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय,पूर्वीय दर्शन,आध्यात्मिक, आयूर्वेदिक, योग र पौराणिक शास्त्रहरुको अध्ययन र अनुसन्धान केन्द्रका रुपमा विकास गदै यसको समयानुकुल आधुनिकीकरण र व्यवसायी वनाउन विश्वविद्यालय संग साझेदारीमा कार्यक्रमहरु संचालन गरिने छ ।
१०९. नगर स्तरीय आधारभूत तह उत्तिर्ण परीक्षा सञ्चान र ब्यवस्थापनको कार्य लाई निरन्तरता दिर्र्र्र्र्र्र्र्ईने छ ।
११०. विद्यालय,वडास्तर तथा उपमहानगरपालिका को शैक्षिक प्रशासनिक संरचना लाई थप सदृढ तुल्याइ तथ्यमा आधारित योजना निर्माण, कार्यान्वयन र नतिजामूलक अनुगमन तथा कार्य सम्पादनमा आधारित मूल्याकन प्रणालिको विकास गरिने छ ।
१११. शिक्षक दरवन्दी मिलान, विद्यालय गाभ्ने, कक्षा स्थगन गर्ने, भौतिक अवस्थाकोस्तरोन्नति, छात्रामैत्री शौचालय, विद्यालय घेरावार ,गुणस्तरीय रंग रोगन, बालमैत्री फर्निचर आदिलाई प्राथमिकता दिइने छ ।
११२. शहीदस्मृती विद्यालयमा विद्यार्थी भर्नादर बढाउन यसको प्रचार प्रसारका साथै विद्यालय संग सहकार्य लाई प्राथमिकता दिइने छ ।
११३. सवै विद्यालयमा अफिस प्रयोजनको लागि कम्यूटर, प्रिन्टरको व्यवस्था मिलाइने छ ।
११४. विभिन्न किसिमका अपाङ्ग भएका मध्ये (सुस्त श्रवन)र दृष्टिविहिन बालबालिकाहरुका लागि निश्चित स्थानमा आवासीय पठन पाठन को व्यवस्था मिलाइने छ ।
११५. नगर भित्र रहेका सामुदायिक बिद्यालयहरु लाई नमुना बनाउनका लागी पाइलटिङको रुपमा वडामा एक एक वटा तहगत नमुना विद्यालयको बिकास गरिनेछ ।
११६. आधारभूत तथा माध्यामिक तहका शिक्षकहरुलाई विषयगत तथा प्रविधिमा आधारीत क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चलान गरिनेछन् ।
११७. टिच फर नेपाल, चेन्जिङ स्टोरीज लगाएत शिक्षा सम्वद्ध गैरसरकारी सस्था संगको सहकार्य लाई निरन्तरता तथा विस्तार गरिने छ ।
११८. आर्थिक सुशासन कायम गर्न लेखासम्वन्धि कामगर्ने विद्यालयका कर्मचारीलाई लेखा सम्वन्धि तालिमको व्यवस्था गरिने छ ।
११९. शिक्षकको कार्यक्षमता मूल्याङकन उत्कृष्ट शिक्षकलाई मापडण्ड बनाइ प्रोत्साहन गरीने छ ।
१२०. जोखिम, तथा विपतीको समय र शिक्षणप्रणाली लाइ समयसापेक्ष सञ्चालन गर्न डिजिटल पूर्वाधार विकास गदै सार्वजनिक शिक्षा लिने सवै वालवालिकाको लागि आवश्यक उपकरण सहित शिक्षकलाई प्रविधिमैत्रि वनाउने नीति लिन एक शिक्षक एक ल्यापटप कार्यक्रम लाई अगाडि वढाइनेछ । जसका लागी सहज तरीकाले किस्ता बन्दीमा ल्यापटप खरीद गर्ने ब्यवस्था मिलाईनेछ ।
१२१. छात्राहरुलाई महिनावारी हुदा कक्षा छाड्ने, विद्यालयमा अनुपस्थित हुने प्रवृतिलाई निरुत्साहित गर्न र छात्रा उपस्थिति दर बढाउन उपमहानगरपालिकाले निशुल्क सेनेटरी प्याड वितरण कार्यलाइ यस बर्ष पनि निरन्तरता दिइनेछ ।
१२२. विद्यालय हाता बाहिर वडा कार्यालय र वि.व्य.स.ले तोकेको सिमाक्षेत्र भित्र मादकपदार्थ तथा सूर्तीजन्य वस्तुहरु र जंकफुडको विक्र्रिवितरणमा पूर्णतः निषेध गर्ने व्यवस्था मिलाइनेछ ।
१२३. प्रत्येक सामुदायिक विद्यालयमा एक बिद्यालय–एक स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ ।
१२४. शिक्षामा पहुच पुग्न नसकेका वर्ग, समुदाय लिड्ढ र क्षेत्रलाई सम्वोधन गर्न मेयर शैक्षिक उत्थान कार्यक्रम सञ्चालन गरिनेछ ।
१२५. ब्ललगब ि कतबतगक या भमगअबतष्यलब िचभउयचत ९ ब्क्भ्च्० ले दिएको रिपोर्टका आधारमा सुधारका लागी एकिकृत बिद्यालय शिक्षा सुधारका कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइेनेछ ।
१२६. मुलुकको आर्थिक सम्वृद्घि हुने गरी ज्ञानमा आधारित अनुसन्धानमा संलग्न नगरभित्रका प्राज्ञार्थी तथा शिक्षकहरुलाई सहयोग गरिनेछ ।
१२७. विश्वभर फैलिएको कोभिड१९को दोसो्र लहरका कारण हाल तुलसीपुरका शैक्षिक सस्थाहरु बन्द रहेको अवस्था बाट सामान्य अवस्थामा लैजानु भन्दा अगाडि तुलसीपर उपमहानरपालिकाद्वारा पारीत गरेको वैकल्पिक सिकाइ सहजिकरण कार्यविधि २०७७अनुसार विद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिईनेछ ।
१२८. कोभिड जोखिम न्यूनिकरण पश्चात सम्पूर्ण विद्यार्थी तथा शिक्षकको स्वास्थ्य परीक्षण गरी विद्यालय तथा शिक्षण सिकाइ सुरक्षित हुने वातावरणको प्रवन्ध मिलाइने । बिद्यालयहरुलाई स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गराइनेछ ।
१२९. कोभिड माहामारीले गर्दा अफ्ठेरोमा परेका सस्थागत विद्यालयहरुलाई लक्षित गरी उपमहानगरपालिकाले लिने ब्यवसायिक तथा नविकरण शुल्क र घरभाडा करमा सहुलियतका लागी पहल गरिनेछ ।
स्वास्थ्य तथा पोषण
१३०. अति विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिका भित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निशुल्क उपचार गर्ने व्यवस्था मिलाईने छ भने सबैलाई स्वास्थ्य बिमा गर्न प्रोत्साहित गरिने छ । स्वास्थ्य बिमा गर्ने परिवारलाई राजश्वमा १० प्रतिशत छुट दिइने छ । ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिकालाई तुलसीपुर उपमहानगरपालिकाभित्र एम्बुलेन्स सेवा निुशल्क र सरकारी अस्पतालमा उपचार निशुल्क गरिनेछ ।
१३१. संबिधानले निर्देश गरे अनुरुप आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच बृद्धिलाई निरन्तरता दिइनेछ ।
१३२. तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर मेट्रो अस्पताललाई ५० शैयामा स्तरोन्नती गरि गुणस्तरीय, सर्वसुलभ र स्मार्ट उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशिष्ट सेवाहरु संचालन गरिने छ। अस्पतालमा कोभिड जोखिमवाट वालवालिकालाई सुरक्षित गर्न वाल विशेष स्याहार युनिट स्थापना तथा संचालन गरिनेछ । यसका साथै उक्त अस्पतालमा छुट्टै संक्रामक रोग नियन्त्रण स्थापना गरिनेछ । अस्पतालमा न्यूनतम शुल्कमा उपचारको व्यवस्था मिलाइनेछ ।
१३३. हाल तुलसीपुर मेट्रो अस्पतलमा संचालनमा रहेको कोभिड आइसोलेसन अस्पताललाई कोभिड महामारीका विरुद्ध उच्चस्तरको सुविधाको तयारी सहित निरन्तरता दिइनेछ। कोभिड महामारीको घातक दोश्रो भेरियन्ट र सम्भावित तेश्रो भेरियन्टको संक्रमण जोखिमको रोकथाम, नियन्त्रण र निशुल्क उपचारको माध्यमवाट नागरिकको जीवनलाई सुरक्षित गरिनेछ । कोभिड संक्रमण भैसकेका ५० वर्ष माथीका नागरिकका लागी निशुल्क कोभिड फलो अप, कोभिड होम आइसोलेसन, चिकित्सा सहायता तथा अनुगमन प्याकेज लागु गरिनेछ ।
१३४. राप्ती प्रादेशिक अस्पतालको विशिष्टिकृत सेवा सुदृढिकरणका लागी प्रदेश सरकार र अस्पताल विकास समितिसँग सहकार्य गरिने छ ।
१३५. पालिकालाई निशूल्क शल्यकृयाका माध्यमवाट १ वर्ष भित्र मोतिविन्दुमुक्तसमाजको रुपमा रुपान्तरण गरिने छ ।
१३६. मातृमृत्युदर, नवजात शिशु मृत्युदर, वालमृत्युदर घटाउनका लागी सुत्केरी पोषण प्रोत्साहन भत्ताको निरन्तरता दिइने छ।
१३७. पालिकाका थप वडामा ५ शैयाको चिकित्सक सहितको उपचारात्मक सेवा विस्तार गरिने छ ।
१३८. स्वास्थ्य सुचना ब्यवस्थापन प्रणाली र नगरको आन्तरिक सुचना व्यवस्थापनको लागी सवै स्वास्थ्य संस्थाहरुमा डिजीटल प्रणालीमा आधारित रिपोटिङ प्रणाली लागु गरिने छ ।
१३९. एम्वुलेन्स सेवालाई अत्यावश्यक औषधी, अक्सिजन र दक्ष स्वास्थ्यकर्मी सहीतको सेवा मार्फत ब्यवस्थापन गरिने छ । उपमहानगरपालिकामा सन्चालित सवै एम्वुलेन्सहरुमा जि.पी.एस. ट्र्याकिङ अनिवार्य गरिने छ । सवै स्वास्थ्य चौकीहरुमा विरामी प्रेषणका लागी एम्वुलेन्स सेवा मार्फत आपतकालीन सेवा व्यवस्थापन गरिने छ ।
१४०. नगरमा प्रसुती केश तथा जेष्ठ नागरिक उपचार प्रकृयामा नगरभित्रको एम्वुलेन्स सेवालाई निशूल्क गरिनेछ।
१४१. परीवार नियोजन, सुरक्षित गर्भपतन लगाएत यौन तथा प्रजनन स्वास्थ्यलाई एकिकृत सेवाको रुपमा कार्यन्वयन गर्न स्थापना गरिएको परिवार कल्याणस्मार्ट सेवा केन्द्र लाई निरन्तरता दिई संस्थागत विकास गरिनेछ। किशोरकिशोरीमैत्री स्वास्थ्य सेवालाई प्रभावकारीरुपमा संचालन गर्न किशोर किशोरी सूचना तथा मनोसंकट सहयोग केन्द्र स्थापना गरिने छ ।
१४२. देशको मौलिक चिकित्सा पद्धतिको रुपमा आयुर्वेदको विकासमा जोड दिइने छ । अन्य परंपरागत, बैकल्पिक चिकित्सा प्रणालीहरु (योग, प्राकितिक चिकित्सा, सोवा रिक्पा, होमियोपेथी, यूनानी आदी) को संरक्षण एवं ब्यवस्थित विकास गर्दै लगिनेछ। प्रदेशस्तरीय आयुर्वेद अस्पताल र आयुर्वेद अध्ययन प्रतिष्ठानसंगको सहकार्यमा आयुर्वेद चिकित्सा सम्वन्धि अनुसंधान कार्यलाई अगाडी वढाइनेछ। प्राकृतिक श्रोत र साधन एवं जडिबुटिहरुको समुचित प्रयोग गरि प्रतिरोधात्मक, प्रवर्धनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवा सबै नागरिकको सहज पहुँचमा पुरयाईने छ ।
१४३. नसर्ने रोग मृत्युको प्रमुख कारण बनेको, यसको नियन्त्रण ब्यक्ति र समाजको जीवनशैलीमै परिवर्तन आए पछि मात्र संभव हुने भएकोले त्यस अनुरुपको स्वास्थ्य प्रणाली विकास गर्न नसर्ने रोगहरुको उपचार तथा सचेतनालाई विद्यालय स्तरदेखि लागु गरिने छ ।
१४४. जलवायु परिवर्तन तथा प्राकृतिक विपद्ले सृजना हुने मानवीय स्वास्थ्य समस्या समाधान गर्न विपद पुर्वतयारी र ब्यवस्थापनलाई प्रभावकारी बनाइने छ । वातावरण प्रदूषणको प्रभावकारी नियन्त्रण गर्दै स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिक अधिकारलाई सुनिश्चित गरिने छ ।
१४५. स्वास्थयकर्मी र सेवाग्राहीबीच सुमधुर सम्बन्धको सुनिश्चितता गर्दै मुस्कान सहितको सेवालाई प्रत्याभुति गर्नुको साथै स्वास्थ्यकर्मिहरुले निर्वाह गर्नु पर्ने पेशाधर्मिता (आचारसंहिता) को पालनालाई सुनिश्चित गरिने छ ।
१४६. दूरचिकित्सा (टेलिमेडिसिन) प्रणाली, बिद्युतिय स्वास्थ्य प्रविधी एम्–हेल्थ, ई–हेल्थ र अन्य आधुनिक प्रविधीलाई अवलम्बन गरि स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ वनाइने छ ।
१४७. मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि मनोचिकित्सक उपचार तथा परामर्श सेवालाई सुनिश्चित गर्दे उपमहानगरपालिका अन्तर्गत २ स्वास्थ्य संस्थामा मनोपरामर्श इकाइको ब्यवस्थापन गरिने छ ।
१४८. ४० वर्ष उमेरमाथिका नागरिकलाई वर्षमा कम्तीमा २ पटक निशुल्क स्वास्थ्य जाँच गर्न अभिप्रेरित गर्ने र जाँच गरि सकेकालाई स्मार्ट हेल्थ कार्ड वितरण गरिने छ ।
१४९. क्यान्सर तथा अन्य रोगहरुको प्रमुख कारकको रुपमा रहेको सूर्ती तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचविखनलाई न्यूनिकरण गरिने छ । र क्रमीक रुपमा तुलसीपुर उपमहानगरपालिकाका गाउँहरुलाई टोबाको फ्री गाउँहरु घोषणा गरिदै लगिनेछ ।
१५०. सिकलसेल एनिमीया रोगको रोकथाम तथा सामाजिक व्यवस्थापन तथा थालासेमिया रोगीहरुको उपचारका लागी कार्यक्रम संचालन गरिने छ ।
१५१. कोभिड १९ महामारीका कारणले स्वास्थ्य क्षेत्र, समुदाय तथा मानवहरुमा परेको मनोसामाजिक प्रभावको तहगत प्रभाव मुल्यांकन र अनुसंधान गरि पालिका, प्रदेश तथा संघीय सरकारसंग सहकार्य गरि कार्यक्रम संचालन गरिने छ ।
१५२. वडामा संचालित स्वास्थ्य संस्थामा सिजनल महामारी तथा गुणस्तरिय स्वास्थ्य सेवा संचालनका लागी महामारी तथा व्यवस्थापन अनुदानको व्यवस्था गरिने छ ।
१५३. एकल महिला तथा जेष्ठ नागरिकका लागी स्वास्थ्य सुरक्षा विशेष कार्यक्रम संचालन गरिने छ ।
१५४. नीजि अस्पताल, पोलीक्लिनीक तथा स्वास्थ्य क्लिनीकको नीतिगत नियमन तथा सहकार्यको कार्यक्रम लागु गरिनेछ ।
१५५. सवै स्वास्थ्य संस्थाहरुमा आधारभुत ल्याव सेवा संचालन, आफ्नै औषधि भण्डारण भवन तथा खोप कोल्डचेन, अत्यावश्यक गुणस्तरिय औषधि, औजार तथा उपकरणको व्यवस्था गरिनेछ ।
१५६. विकट वस्तीमा विशेषज्ञ स्वास्थ्य शिवीर तथा स्क्रिनीङ क्याम्प संचालन गरिने छ ।
१५७. विकट वस्तीमा आधारभुत आपतकालीन प्रसुति सेवा (वर्थिङ सेन्टर) संचालनमा निरन्तरता दिइनेछ ।साथै खोपकेन्द्र भवन निर्माण गरिनेछ ।
१५८. वहुक्षेत्रिय पोषण तथा आपतकालीन पोषण कार्यक्रम संचालन गरिने छ ।
१५९. आधारभूत स्वास्थ्य सम्वन्धि अध्ययन अनुसंधानका माध्यमवाट प्राप्त नतिजामा आधारीत भै कार्यक्रम तथा योजना निर्माण गरि संचालन गरिनेछ ।
१६०. एच.आई.भी. एड्स रोगको प्रकोपदर घटाउन संवन्धित संस्था तथा जोखिम समुहसंग साझेदारीको कार्यक्रम संचालन गरिनेछ ।
१६१. स्थानीय जडिवुटीको संकलन तथा आधारभुत आयुर्वेदिक औषधि निर्माण, वितरण तथा प्रवर्धनमा प्रदेशस्तरका आयुर्वेद अस्पतालहरुसंग सहकार्य गरिनेछ ।
१६२. शारिरीक मानसिक तथा सामाजिक संकट भोगीरहेका जेष्ठ नागरिकका लागी स्वास्थ्य पुनर्लाभ केन्द्र स्थापना गरिने छ ।
१६३. समुदायमा योग प्रवद्र्धनको माध्यमवाट स्वस्थ व्यक्ति, परिवार र समुदायको निर्माणमा जोड दिइनेछ ।
१६४. सबै वडामा आधारभूत वार्ड हस्पिटल निर्माण गरिनेछ ।
१६५. एच.आई.भि एड्स लगाएत मृगौला, मुटु, उच्च रक्त चाप लगाएतका दिर्घरोगी र कुनै सामाजिक सुरक्षा भत्ता वा सुविधा नपाएका व्यक्तिहरुलाई पोषण भत्ता मासिक रुपमा उपलब्ध गराइनेछ ।
खानेपानी तथा सरसफाई
१६६. स्वच्छ खानेपानी¬ ः स्वस्थ जिन्दागानी लाई मूर्त रुप दिन खानेपानी तथा सरसफाई गुरुयोजनालाई कार्यान्वयन गरिनेछ ।
१६७. एक घर, एक धारा अभियानलाई सफल पार्न नगरका सबै घरधुरीमा शुद्ध र गुणस्तरीय पिउने पानी पु¥याउने अभियानलाई निरन्तरता दिईनेछ ।
१६८. नगर क्षेत्रका खानेपानीका मुहानहरुको पहिचान, संरक्षण र व्यवस्थापन गरिनेछ ।
१६९. पानी गुणस्तर मापन प्रयोगशाला निर्माण र दक्ष जनशक्तिको व्यवस्थाको प्रक्रियालाई अगाडि वढाइनेछ ।
१७०. खानेपानी सेवाको विस्तारका लागि समुदाय, निजी क्षेत्र र सहकारीसँग सहकार्यलाई निरन्तरता दिइनेछ ।
१७१. तुलसीपुरका विभिन्न खानेपानी आयोजनाहरुको व्यवस्थापन र सञ्चालनको नियमनलाई निरन्तरता दिइनेछ ।
१७२. सबै नगरबासीहरुलाई शुद्ध, गुणस्तरीय तथा खानेपानीमा न्यायोचित पहुँच बृद्धि गर्न संघ, प्रदेश सरकार तथा विकास साझेदारहरुसँग समन्व्य गरी खानेपानी आयोजनाहरुको विस्तार गरिनेछ ।
१७३. खानेपानी अयोजनाहरुको नियमित मर्मत सम्भारका लागि साना आयोजनाहरुमा मर्मत सम्भार कोष स्थापना गरिनेछ ।
१७४. नगरका वडाहरुलाई पूर्ण सरसफाई उन्मुख वडाका रुपमा विकास गरिनेछ ।
सामाजिक समावेशिकरण ः
१७५. उपमहानगरपालिकाको लैङगीक तथा सामाजिक समावेशीकरण निति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
१७६. स्रोत, साधनमा लक्षित बर्गको पहुँच र अवसर अभिबृद्धि गर्न क्षमता अभिबृद्धि, लक्षित समूहहरुको निर्णय प्रक्रिया र निर्णायक तहमा पहुँच तथा अर्थपूर्ण सहभागिता बृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१७७. लैंगिक हिंशा बिरुद्धका नीति नियमहरुको प्रभावकारी कार्यान्वयन र लैंगिक हिंशा बिरुद्धका प्रभावकारी अभियानहरु सञ्चालन गरिनेछ ।
१७८. समाजमा महिलामाथि हुने हानिकारक परम्परागत अभ्यासहरु अन्त्यका लागि अभियानहरु सञ्चालन, महिलाको कार्यबोझ घटाउने कार्यक्रमहरुलाई प्रभावकारीढंगले सञ्चालन गरी विपन्न र पछाडि पारिएका महिलाहरुलाई मूल प्रवाहिकरण गरिनेछ ।
१७९. लैंगिक तथा सामाजिक समावेशीकरण नीति तर्जुमा गरी महिलाहरुको शसक्तिकरण, नेतृत्व विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्धन लगायतका कार्यक्रम संचालन गरिनेछ ।
१८०. तुलसीपुरको अभियान, छोरीलाई विशेष सम्मान अभियान अन्तर्गत स्मार्ट छोरी ः बिहेबारी बिस वर्ष पारी कार्यक्रमलाई निरन्तरता दिदै स्मार्ट छोरीहरुलाई दिईदै आएको प्रोत्साहन रकम दोब्बर गरिनेछ ।
१८१. तुलसीपुर उपमहानगरपालिकाको बजेट प्रणालीलाई लैगिक उत्तरदायी बनाइनेछ ।
१८२. लैगिक हिंसामा परेका महिलाहरुको उपचार तथा पुनस्थापनाका लागि उपमेयर महिला सुरक्षा आवास कार्यक्रमलाई निरन्तरता दिईनेछ । पिडित, प्रभावितलाई सीप विकास तालिम, वस्तुगत सेवाको साथै आर्थिक राहत प्रदान कार्यलाई निरन्तरता दिइनेछ ।
१८३. तुलसीपुर उपमहानगरपालिकालाई बालश्रममुक्त, सडक बालबालिका र सडक मानव मुक्त नगर स्थापना कार्यलाई निरन्तरता दिइनेछ ।
१८४. असहाय, अनाथ, वेवारीसे बालबालिकाहरुको संरक्षण तथा विषेश सुरक्षा प्रदान गर्न संघ, प्रदेश र गैर सरकारी क्षेत्र समेतको सहभागिता, समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ ।
१८५. वाल अधिकार सवैको सरोकार भन्ने नारालाई मुर्तरुप दिन बालमैत्री स्थानीय शासनलाई प्रवद्र्धन गरिने छ । जसका लागी आगामी वर्ष ५ वटा वडालाई वालमैत्री वडा घोषणा गरिने छ ।
१८६. बाल विवाह, बालश्रम, बाल दुव्र्यसन, बालहिंशा, बाल दुव्र्यवहार अन्त्य गर्न बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१८७. अभिभावक तथा संरक्षकविहिन बालबालिकाकाहरुलाई उचित संरक्षणको व्यवस्था मिलाइनेछ ।
१८८. ज्येष्ठ नागरिकको दिनभरिको समयलाई सहज बनाउन नगरपालिका र सामुदायिक संयन्त्रणको सहकार्यमा दिवा सेवा केन्द्र संचालनलाई निरन्तरता दिइनेछ । ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई वरिष्ठ ज्येष्ठ नागरिकका रुपमा र १ सय वर्ष पुरा गरेका ज्येष्ठ नागरिकलाई अतिविशिष्ट ज्येष्ठ नागरिकका रुपमा सम्मान गर्दै थप सहुलियतका कार्यक्रम सञ्चालन गरिनेछ ।
१८९. जेष्ठ नागरीक र अपांगता भएका व्यक्तिहरुको कानुन प्रदत्त अधिकार र सेवासुविधा प्रदान गराउन सहजिकरण गरिनेछ ।
१९०. ६० वर्ष पुगेका सबै ज्येष्ठ नागरिक र अपाङ्गता भएका सबै व्यक्तिहरुलाई परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिइनेछ ।
१९१. संघ, प्रदेश र गैरसरकारी क्षेत्र समेतको सहभागिता, समन्वय र सहकार्यमा एकल, शारीरिक तथा र मानसिक रुपमा अशक्त परिवार र संरक्षण नपाएका जेष्ठ नागरिको निशुल्क उपचार र संरक्षणको ब्यवस्था मिलाईनेछ ।
१९२. राप्ती प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक जेनेटरीक वार्ड स्थापना गर्ने ।
१९३. बिभिन्न जातजातीका कला, संस्कृतीको खोज अुनसन्धानका लागि बिभिन्न शैक्षिक संस्था तथा अनुसन्धान केन्द्रहरुसँग समन्वय गरिनेछ ।
१९४. दलित, जनजाति, अल्पसंख्यक र पछाडि पारिएका वर्गहरुका लागि समावेशी सहभागिता तथा आयआर्जनका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
१९५ं आदिवासी, जनजाती, दलित र अल्पसंख्यक समुदायले पुरातनकालदेखि गर्दै आएको पेशालाई आधुनीकीकरण, व्यवसायीकरण र प्रविधि हस्तान्तरण गर्दै उद्यमशिल वनाई संरक्षण गरिनेछ ।
१९६. सबै प्रकारका विभेद र तथाकथित छुवाछुत प्रथाको अन्त्यका लागि अभियान सञ्चालन गरिनेछ
१९७. तुलसीपुरलाई अपाङ्गमैत्री उपमहानगरको रुपमा विकास गरिनेछ । विशेष शिक्षा विद्यालय सञ्चालनका लागि प्रदेश सरकारसँग सहकार्य गरिनेछ ।
१९८. नगर र वडा तहका कर्मचारीलाई सांकेतिक भाषा तालिम दिई दोभाषे सम्पर्क व्यक्ती तोकिनेछ ।
१९९. अपाङ्गता भएका ब्यक्तिहरुले प्रयोग गर्ने सहायक सामाग्री वितरण गरी पहुँचयुक्त अपांगमैत्री बातावरण सृजना गरीनेछ ।
२००. अपांगहरुको सिप विकास गरी रोजगार र स्वरोजगारको सिर्जना गरिनेछ ।
युवा तथा खेलकुद
२०१. स्वरोजगार कार्यक्रम मार्फत विदेश पलायन हुने युवाहरुलाई स्थानीयस्तरमै रोजगारका अवसर सिर्जना गरिनेछ ।
२०२. युवाहरुलाई उद्यमीहरुको संख्या बढाउन सिप विकास, व्यवसायमा प्रोत्साहन जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२०३. शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखि व्यवसाय गर्ने युवा समूह पहिचान गरि प्रत्येक वडामा युवा स्वरोजगार कार्यक्रम संचालन गरिने छ ।
२०४. युवाको नेत्तृत्व विकासका लागि नमूना युवा संसद, युवा परिचालन जस्ता विभिन्न कार्यक्रमलाई निरन्तरता दिईनेछ । साथै युवा उद्यमका लागी घुम्ती कोषको स्थापना गरि परिचालन गरिनेछ ।
२०५. युवा प्रतिभाको पहिचान र खोजी गरी दक्ष तथा सिपयुक्त युवाहरुलाई रोजगार सिर्जना गरिनेछ ।
२०६. युवाहरुलाई उद्यमशिलतातर्फ आकर्षित गर्न शिक्षामा युवा उद्यमशिलतालाई जोडिनेछ ।
२०७. युवा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा वित्तिय संस्थासँग समन्वय गरिनेछ ।
२०८. खेलकूदका पूर्वाधार तथा संरचनाहरु निर्माण गरी मेयरकप फुटवल, राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगिता, विद्यालयभित्र अतिरिक्त क्रियाकलाप अन्तरगतका खेलकुदहरु, वडा स्तरीय प्रतियोगिताहरुलाई निरन्तरता दिइनेछ ।
२०९ं बिषयगत खेल प्रशिक्षकहरुको व्यवस्था गरी खेलाडीहरुलाई नियमित खेल प्रशिक्षण सञ्चालन गरिनेछ ।
२१०. एक बिद्यालय–एक खेल प्रशिक्षकको व्यवस्था गरी बिद्यालयबाट खेलाडीहरु उत्पादनमा जोड दिइनेछ ।

पूर्वाधार विकास सडक, पुल, यातायात
२११. तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको सडक गुरुयोजनाको कार्यान्वयनलाई निरन्तरता दिइनेछ । साथै लगतकट्टा गरी मात्र सडक निर्माण गरिनेछ ।
२१२. पातुखोला, ग्वारखोला रिभर रुटलाई आधार बनाएर शहरी सडक करिडोरको निर्माण गरिनेछ ।
२१३. तुलसीपुर उपमहानगरपालिकाको सानाठूला सवारी साधनको मर्मत संभार एंव व्यवस्थापन गर्नको लागी उपमहानगरपालिकाको आफ्नै वर्कशप निर्माण, संचालन तथा व्यवस्थापन गर्न ऐन बनाई कार्यान्वयन गरिने छ ।
२१३. वातावरणमैत्री सडक निर्माण गरी तुलसीपुरलाई हरित शहरका रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
२१४.नगरस्तरमा एउटा पूर्वाधार गुणस्तर मापन प्रयोगशाला स्थापना गरिनुका साथै सडकहरुको नक्सांकन र नम्बरिङ (मेट्रिक्स एड्रेसिङ सिष्टम) लागू गर्ने प्रक्रियालाई निरन्तरता दिइनेछ ।
२१५. सडक दुर्घटना न्यूनिकरणका लागि व्यवस्थित पार्किङ, सडकमा जथाभावी निर्माण सामग्री तथ अन्य सामग्री राख्ने कामलाई निरुत्साहित गर्दै सचेतना कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
२१६. नगर बसपार्कलाई थप आधुनिक, सुबिधासम्पन्न, यात्रुमैत्री, प्रबिधिमैत्री बनाई व्यवस्थित र समयानुकूल स्तरोन्नती गर्दै लगिनेछ ।
२१७. सडकमा उपभोक्ताको अपनत्व ग्रहण गराई सडक मर्मत, सम्भार र संरक्षणमा क्रियाशिल गराइनेछ ।
२१८. सडक निर्माण गर्दा बायो ईञ्जिनियरिङलाई लागत इष्टिमेटमै राखी काम गरिनेछ ।
२१९. उपमहानगरपालिकाभित्रका सडकहरुको नक्सांकन र नम्बरिङ (मेट्रिक्स एड्रेसिङ सिष्टम) गरिनेछ ।
२२०. सडक सम्बन्धी राष्ट्रिय मापदण्ड र उपमहानगरपालिकाको यातायात गुरुयोजनाको आधारमा चौडाइ अनुसारका पुल, कल्भर्टहरु निर्माण गरिनेछ ।
सिचाई
२२१. पानी भण्डारण क्षमता बृद्धि गरी पानीका स्रोत संरक्षण गर्दै खेतीयोग्य जमिनमा सिचाई सुबिधा बिस्तार गरिनेछ ।
साना खोलाहरुमा हार्भेष्टिङ ड्याम तथा ग्वारखोला र पातुखोलाामा हाईड्याम निर्माण गरी सिचाई सुबिधाको व्यवस्था गरिनेछ ।
२२२. पहाडी क्षेत्रमा आकाशेपानी संकलन गरी सिचाई पोखरी निर्माण गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।
२२३. परम्परागत पोखरीहरुको संरक्षण तथा विस्तार गरिनेछ ।
२२४. सम्भाव्यता र दिगोपनाको अध्ययन गरी भूमिगत सिचाई प्रणालीलाई व्यवस्थित र विस्तार गरिनेछ ।
२२५. प्रत्येक सिचाई आयोजनामा मर्मत सम्भार कोषको व्यवस्था गरिनेछ ।
घर, आवास, भूउपयोग तथा बस्ती विकास
२२६.दाङ जिल्ला, कर्णाली तथा लुम्बिनी प्रदेशका पालिकाहरुको समन्वयमा संघ तथा प्रदेश सरकार, सहकारी, निजी क्षेत्र र समुदायको सहकार्यमा सुविधा सम्पन्न मिडिसीटी (स्मार्ट सिटी, मेडिकल कलेज, अस्पताल, पार्क) निर्माणमा सहकार्य गरिनेछ ।
२३७. निर्माण भइसकेका घरहरुलाई अनिवार्यरुपमा सूचिकृत गरिनेछ । नयाँ बन्ने घरहरुलाई नक्सापासको मापदण्ड भित्र ल्याइनेछ ।
२३८. नक्सापास नगरी घर बनाउने कार्यलाई निरुत्साहित गरिनेछ । नक्सापास नगर्ने घरघनीलाई उपमहानगरपालिकाबाट उपलव्ध गराउने सेवा सुविधा साथै विद्मुत पानीको सिफारिस समेत कटौति गरिनेछ ।
२३९..घ वर्गका घरहरु तथा अस्थाई निर्माण गरीने संरचनाहरुलाई पनि न्युन दरमा नक्सा पासको दायरामा ल्याइनेछ ।
२४०. भवन नक्सा पास प्रक्रियामा विद्युतिय प्रणाली अवलम्बन गरी छिटो छरितो सेवा प्रवाहलाई निरन्तरता दिइनेछ । साथै पुराना मिसिलहलाई अनलाइन प्रक्रियामा अध्यावधि गरीनेछ ।
२४१. तुलसीपुर नगरक्षेत्रमा ःभतचष्अ क्तचभभत ब्ममचभककष्लन क्थकतझ लागु गरीनेछ र घर नम्बर राख्ने कार्यको थालनी गरिनेछ ।
२४२. उपमहानगरपालिकाभित्र रहेका विपदका हिसावले जोखिम क्षेत्र पहिचान गरी वस्तीहरु स्थान्तरणका लागि ज्यगकभ एययष्लिन को सम्भाव्यता अध्ययन गरीनेछ ।
२४३. तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र ीबलमउययष्लिन का लागि सम्भाव्यता अध्ययन गरी आधुनिक बस्ती स्थापनाको लागि सम्भाव्यता अध्ययन गरी कार्य थालनी गरिनेछ ।
२४४. सरकारी सार्बजनिक जग्गाको संरक्षणका लागि यस पालिकाभित्रका जग्गाको डिजिटल अभिलेख तयार गरिनेछ ।
२४५. आगामी आवमा जग्गाविहिन भूमिहिन सुकुम्बासीहरुलाई भूमी समस्या समाधान आयोगसँगको सहकार्यमा लालपूर्जा वितरण गरिनेछ ।
२४६. स्थानिय स्तरमा रहेका वास्तविक सुकुम्बासीको पहिचान एवम व्यावस्थापन गरि गैरसुकुम्बासीबाट अतिक्रमण गरिएको सार्वजानिक जग्गा फिर्ता गराइने छ ।
२४७. सरकारी, सार्वजानिक जग्गाको संरक्षणका लागि यस पालिकाभित्रका जग्गाको डिजिटल अभिलेख तयार गरिनेछ ।
२४८. भूमि करलाई वैज्ञानिक र प्रभावकारी बनाउनुका साथै राजश्व वृद्धिमा टेवा पु¥याउने कार्यक्रम ल्याइनेछ ।

सूचना तथा सञ्चार
२४९. बिभिन्न नीति, योजना तथा कार्यक्रम आदिको निर्माण तथा विश्लेषणको लागि आवश्यक तथ्यांक संकलन, गणना तथा सर्वेक्षणको कार्यक्रमलाई प्राथमिकता दिईनेछ ।
२५०. सबै शाखा, महाशाखा र वडाहरुका विचमा समन्वयकारी भूमिका निर्वाह गरिनेछ । साथै शाखा, महाशाखा र वडाहरुवाट भएका प्रगतिलाई चौमासिक तथा वार्षिक रुपमा प्रकाशन गरिनेछ भने पालिका तथा वडावाट भएका राम्रा अभ्यास एवम् सिकाइहरुको दस्तावेजीकरण गरिनेछ ।
२५१. “सूूचना तथा संचार ः दिगो विकासको आधार” नीति लाई प्राथमिकता दिईनेछ । टेलिफोन, इन्टरनेट आदिको पहुुँचलाई अभिवृद्घि गरिने छ । साथै सूूचनाको हक सम्बन्धि कानुुनलाई व्यवहारमा कार्यान्वयन गरिने छ । नगरपालिकाबाट हुने आर्थिक कारोवारलाई वेवसाइटमार्फत सार्वजनिक गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
२५२. उपमहानगरपालिकाको कार्य प्रगति तथा गतिविधिको बारेमा वेवसाईट, सामाजिक संजाल, पत्रकार सम्मेलन, चौमासिक समिक्षा, सार्वजनिक सुनुवाई, रेडियो तथा टेलिभिजन कार्यक्रम आदिमार्फत जानकारी गराइनेछ ।
२५३. सूूचना लिने–दिने कुरालाई अधिकार र कर्तब्यका रुपमा स्थापित गरि व्यक्ति, संस्था तथा निकाय आदिको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
२५४. तुलसीपुर उपमहानगरपालिकाको सूचना एवम् विज्ञापनलाई एकद्धार प्रणाली मार्फत व्यवस्थित गरिनेछ । सञ्चार माध्यमलाई हाल दिदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिइनेछ ।
२५५. नेपाल पत्रकार महासंघसँगको सहकार्यमा पत्रकारहरुको क्षमता विकास, लेखनबृत्ती र पत्रकारिताको प्रवद्र्धन सम्बन्धी बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२५६. खोज र अनुसन्धानमुलक पत्रकारीतालाई प्रोत्साहन गरिनेछ ।
२५७. रेडियो तथा टेलिभिजनवाट प्रशारित कार्यक्रमहरुलाई निरन्तरता दिईने छ ।
२५८. आमसञ्चारका माध्यमहरुको सहकार्यमा सचेतनामुलक सामग्री प्रकाशन र प्रसारणमा जोड दिइनेछ ।
२५९. सम्पादकीय नीति, मानव संशाधन नीति बनाई लागू गर्ने सञ्चार माध्यमहरुलाई प्रोत्साहन गरिनेछ ।
२६०. नगर स्तरमा सुविधा सम्पन्न मिडिया सेण्टर स्थापना गरिनेछ ।
२६१. सबै वडा र नगरपालिका क्षेत्र भित्र ईन्टरनेटको सेवालाई प्रभावकारी वनाइनेछ ।
२६२. पालिकावाट प्रवाह हुने सेवा,वस्तु र सुविधाहरुमा सरोकारवाला नागरिकहरुको पहुँच वृद्धि गरि पालिकालाई अझ बढि जवाफदेही र उत्तरदायी वनाउन तथा आम नागरिक र स्थानीय सरकारका विचमा दोहोरो सम्वाद स्थापित गर्न हेलो मेयर, टोल फ्रि हटलाईन, जनतासँग मेयर आदि कार्यक्रमलाई निरन्तरता दिईने छ ।
२६३. डिजिटल तुलसीपुरको रणनीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
२६४. उपमहानगरपालिकाको सूचना कक्षलाई व्यवस्थित र प्रविधियुक्त वनाइनेछ ।
२६५. तुलसीपुर उप–उपमहानगरपालिकाको वार्षिक सामाजिक परिक्षण गरिनेछ ।
२६६. पालिकावाट प्रवाह हुने सेवा प्रवाह सम्बन्धि सन्तुृष्टी मापनको अध्ययन गरिने छ ।

वन वातावरण तथा विपद् व्यवस्थापन

२६७. सार्वजनिक एवम् निजी सामुदायिक स्थानहरुमा फोहर कसिंगर आगो लगाउन निरुत्साहित गर्ने । वन जंगलमा लाग्ने आगो नियन्त्रणका लागि अग्नीपथ निर्माण लगाएत आगलागि नियन्त्रण गरिनेछ ।
२६८. स्थानीय समुदाय, आदिवासी, जनजातीहरुको हकहितलाई सुनिश्चित गर्ने गरी स्थानीय वननीति, कानूननिर्माण र समायानुकुल परिमार्जन गरिनेछ ।
२६९. सामुदायिक वन उपभोक्ता समूह लगायतका समुदायमा आधारित वन व्यवस्थापन समुह, निजी तथा पारिवारीक निजी वन दर्ता, सञ्चालन र व्यवस्थापन सम्बन्धि आवश्यक कार्य गरिनेछ ।
२७०. सामुदायिक वन उपभोक्ता समूह निजी तथा पारिवारीक निजीवन, धार्मिक वन समूह, कबुलियती वन समूह, मध्यवर्ती वन समूहलाई संस्थागत विकास, वन व्यवस्थापन कार्ययोजना निर्माण, परिमार्जन र कार्यान्वयनमा आवश्यक पर्ने प्राविधिक तथा अन्य सहयोग प्रदान गरिनेछ ।
२७१. वनको दीगो व्यवस्थापन सम्बन्धि स्थानीय मापदण्ड तयार गरी पालिकाभित्रका सबै वन क्षेत्रमा दीगो वन व्यवस्थापन कार्यक्रम लागु गरिनेछ ।
२७२. ‘एक सामुदायिक वन, एक वन उद्यम’ रणनीति अनुसार हरेक सामुदायिक वन उपभोक्ता समूहमा वन उद्यम विकास कार्ययोजना बनाई लघु, सानो तथा मझौला प्रकारका वन उद्यमको विकास गरी हरित रोजगारी प्रवद्र्धन गरिनेछ ।
२७३. पालिकास्तरमा निजी, सहकारी, समुदाय र सरकारको साझेदारीमा ठूला वन उद्यम सञ्चालन गरी काठ, दाउरा, फर्निचर, जडिबुटीजन्य उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम बनाई लागु गरिनेछ ।
२७४. ‘एक सामुदायिक वन एक वनउद्यान, एक पानी पोखरी’ अभियान सञ्चालन गरी पर्यापर्यटनमा टेवापुग्ने काम गर्ने । जैविक विविधताको संरक्षण गरिनेछ ।
२७५. पालिकाभित्रको वनको दीगो व्यवस्थापन, वन उद्यमको विकास, जैविक विविधताको संरक्षणको लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिनेछ ।
२७६. पालिकास्तरमा स्थानीय वन व्यवस्थापन सूचना प्रणालीको विकास गरी लागु गरिनेछ ।
२७७. स्थानीयस्तरमा जलवायु परिवर्तनको असर र प्रभावलाई न्युनीकरण र अनुकुलन गर्नका लागि जलवायु परिवर्तन प्रतिकार्य योजना बनाई लागु गरिनेछ ।
२७८. वनको दीगो व्यवस्थापन, संस्थागत विकास, वन उद्यमको प्रबद्र्धन, हरियाली रोजगारी सृजना, जलवायु परिवर्तन प्रतिकार्य योजना निर्माण आदीमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, पारिवारीक निजी वन संघ नेपाल लगायतका वन र पर्यावरणसँग सम्बन्धित संघ संस्थाहरुसँग समन्वय गरी कार्य गरिनेछ ।
२७९. स्थानीयस्तरमा वन्यजन्तुपालन सम्बन्धि आवश्यक कानून तर्जुमा गरी वन्यजन्तु पालन उद्यम सञ्चालन गरी स्थानीयस्तरमा हरियाली रोजगारी प्रवद्र्धन गरिनेछ ।
२८०. पालिकाभित्रको जैविक विविधताको तथ्यांक संकलन गरी जैविक विविधताको दर्ता र अद्यावद्यिक कार्यलाई प्राथमिकता दिइनेछ ।
२८१. पालिकास्तरमा वनको दीगो व्यवस्थापन, वन क्षेत्रको सुशासन, वनउद्यम र व्यापार प्रवद्र्धन, जैविक विविधता, जलवायु परिवर्तन, सम्बन्धि आवश्यक जनशत्ति mविकास गर्न वन विज्ञान प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने या शिक्षालयहरुलाई सञ्चालनका लागि प्रोत्साहित गरिनेछ ।
२८२. वनको दीगो व्यवस्थापन, वनउद्यम प्रवद्र्धन र अन्य वन सम्बन्धि कार्यहरुमा आवश्यकता अनुसार अन्तरपालिका समन्वयमा कार्य गर्ने व्यवस्था मिलाइनेछ ।
२८३. संघ र प्रदेश सरकारसंगको सहकार्यमा दीयो वन व्यवस्थापन तथा वनउद्यम विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
२८४. पालिकाभित्रको भवन, कार्यालयहरुमा स्थानीय वनमा उत्पादित काठ र काठजन्य फर्निचर तथा अन्य सामग्रीको प्रयोगमा जोड दिइनेछ ।
२८५. पालिकास्तरमा वनमा आधारित वनउद्योग÷उद्यम प्रवद्र्धन गर्न वन उद्योगग्रामको विकास गरिनेछ ।
२८६. .सामुदायिक वन र अन्य स्थानीय वनमा डढेलो नियन्त्रणका लागि नियमितरुपमा वनको सफाई गर्ने, सार्वजनिक बाटो, वनपथ निर्माण गर्ने र आवश्यकता अनुसार कृत्रिम जलाशय तथा पानीपोखरी निर्माण गरिनेछ ।
२८६. सामुदायिक वन उपभोक्ता समूहबाट संघ तथा प्रदेश सरकारले तोके बमोजिम जम्मा हुने राजश्व÷शुल्क÷करलाई एकद्धार प्रणाली अनुसार स्थानीय सरकारबाट उठाई स्थानीय स्तरमा वनविकास कोष स्थापना गरी वनको दीगो विकास, संस्थागत सुदृढीकरण र वनउद्यम प्रवद्र्धनमा लगानी गरिनेछ ।
२८७. वन सम्बन्धि कार्यको अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाउने र वन सुशासन कायम गरिनेछ ।
२८८. सडक, नदी, किनारा, सार्वजनिक स्थान र प्रत्येक निजी घरधनीले वार्षिकरुपमा कम्तीमा एक विरुवारोपण कार्यलाई प्रवद्र्धन गर्दै ‘पालिका हरियाली कार्यक्रम’ सञ्चालन गर्ने । यस कार्यको लागिआवश्यक पर्ने नर्सरी स्थापनागर्ने । त्यस्तो नर्सरीमाफलफुल÷ पुष्पजन्य, वनजन्य, जडीबुटी र कृषिवालीजन्यविरुवाउत्पादनगर्ने व्यवस्था गरिनेछ ।
२८९. पालिकास्तरमा हरियाली स्वयम्सेवकको समूहतयार गरी परिचालन गरिनेछ ।
२९०. सामुदायिक वन उपभोक्ता समूह लगायत वन सम्बन्धि कार्यक्रममा लैंिगकतथा सामाजिक समावेशीकरणलाई अनिवार्यरुपमालागु गर्ने यस्तो भएनभएको लैगिकतथा सामाजिक लेखाजोखागर्ने र सोको प्रतिवेदन सार्वजनिक गरिनेछ ।
२९१. वन व्यवस्थापनवनउद्यम सम्बन्धि स्थानीय अभ्यास, परम्परागत ज्ञान सीपको दस्तावेजिकरण गर्ने वन सम्बन्धि अध्ययन, अनुसन्धान र प्रकाशन सम्बन्धि कार्य गरिनेछ ।
२९२. वन पैदावारको संकलन, ओसारपसार र विक्रीवितरण प्रकृयालाई सरल, पारदर्शी वनाउने । साथै समुह, सहकारी र निजी क्षेत्रको समन्वयमावन पैदावार विक्री केन्द्र सञ्चालन गरी वन पैदावारको बजारीकरणको सुनिश्चितता गरिनेछ ।
२९३. स्थानीय स्तरमा वनको संरक्षण व्यवस्थापन , वन उद्यमको विकास, जैविकविविधताको संरक्षण, जलवायु परिवर्तन प्रतिकार्यमाविशेष योगदान पुर्याई कार्य गर्ने समुह, संस्था र व्यक्तिहरुलाई उच्च सम्मान प्रदानगर्न पुरस्कार तथा पदकको व्यवस्था गरिनेछ ।
विपद् व्यवस्थापन
२९४. विपद जोखिम व्यवस्थापनका लागि नीतिगत एंव संस्थागत निर्माण तथा सुदिढिकरण कार्यलाई निरन्तरता दिईने नीति अवलम्बन गरिने छ ।
२९५. बिपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापनमा सार्बजनिक, निजि, गैरसरकारी, सहकारी संघसंस्थाहरु र समुदाय बीच साझेदारी र सहकार्य प्रवद्र्धन गरी विपद् उत्थानशिल समुदाय निर्माण गरिनेछ ।
२९६. बिपद जोखिम न्युनिकरणका लागि विपत पूर्ब सूचना प्रणाली (मनसुन पूर्व सूचना प्रणाली ) सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयनका लागि संघ,प्रदेश तथा अन्य सहयोगी संस्थाहरुसंग समन्वय गरिनेछ ।
२९७. बिपद ब्यवस्थापनका लागि संस्थागत क्षमता विकास कार्यलाई अगाडि बढाईने नीति अवलम्बन गरिने छ ।
२९८. बिपद पश्चातको पुननिर्माण र पुनस्थापनाको कार्य सुदृढ र सवल बनाउन नगर एवं वडागत रुपमा विपत जोखिम नक्साङ्कन विपत जोखिम न्यूनिकरण योजना बनाई कार्यान्वयनमा ल्याइने छ ।
२९९. बिपद पूर्ब तयारी खोज तथा उद्धार,राहत सामग्रीको पूर्ब भण्डारण,बितरण र समन्वयलाई प्रभाबकारी बनाईनेछ ।
३००. विपद् प्रतिकार्य योजना नगर, वडा, विद्यालय, टोल स्तरमा तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
३०१. विपद तथा जोखिममा परेका महिला,वालवालिका , ,अपाङग तथा अशक्त जेष्ठ नागरिकलाई खोज तथा उद्धार, राहत सामग्रीको वितरणमा प्रथमिकता दिईने छ ।
३०२. विपद व्यवस्थापन कोषलाई प्रभावकारीढँगले अगाडि वढाइनेछ ।
३०३. विज्ञहरुको राय, सल्लाहमा जोखिम क्षेत्रको पहिचानगरी त्यस्तो जोखिम क्षेत्रबाट वस्तीलाई सुरक्षीत स्थानान्तरण गर्न आवश्यक कार्य गरिने छ ।
३०४. विपद्बाट प्रभावित भौतिक सार्वजनिक संरचनाहरुको प्रबलिकरण गरिनेछ ।
फोहोरमैला व्यवस्थापन तथा सरसफाई
३०५. नगरको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न स्थायी ल्याण्डफिल साइटको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
३०६. फोहोरलाई बर्गिकरण र प्रशोधन गरी दिगो आयआर्जनको माध्यम बनाउन आवश्यक मापदण्ड, कार्यविधि तयार गरी निजि वा सहकारी क्षेत्रसँगको सहकार्यमा कार्य गरिनेछ ।
३०७. दिशाजन्य फोहोर व्यवस्थापनका लागि आवश्यक कार्य गरिनेछ । ढल निकासका लागि संघ तथा प्रदेश सरकारसँग सहकार्य गरिनेछ ।
३०८. नगरक्षेत्रभित्र २० माईक्रोन भन्दा कमको प्लाष्टिक झोला प्रयोगमा निषेध गरिनेछ ।
३०९. नगरलाई श्भचय ध्बकतभ क्थतझ को रुपमा विकास गरिने छ ।
३१०. टोल विकास संस्थालाई आफ्नो टोल आफै सफा राखौ अभियानमा सहभागी गराउँदै ‘ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर’ लाई नगरका सबै क्षेत्रमा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
३११. बेवारिसे लाश र मरेका चौपायाहरुको तत्काल व्यवस्थापन गर्ने कामलाई निरन्तरता दिइनेछ ।
३१२. फोहोरमैला संकलन तथा सरसफाईमा खट्ने कर्मचारीहरुको स्वास्थ्य परिक्षण लगायत अन्य सुरक्षा मापदण्ड अपनाइनेछ ।
संस्थागत विकास तथा सुशासन

संस्थागत विकास र सुशासन
३१३. आफ्नो भवन नभएका वडा कार्यालयहरुको भवन निर्माण कार्यलाई आगामी आवमा सम्पन्न गरिनेछ ।
३१४. नगरपालिका तथा वडा कार्यालयहरु सञ्चालनका लागि आबश्यक जनशक्ती, स्रोतसाधनको उपलब्धतालाई निरन्तरता दिइनेछ ।
३१५. सबै टोल विकास संस्थालाई सक्रीय र गतिशील बनाइनेछ ।
३१६. टोल विकास समितिलाई त्रैमासिक र बार्षिक प्रगति प्रतिवेदन अनिवार्य रुपमा सार्वजनिक गर्ने र वडा तथा नगरका योजना नगर कार्यपालिकामा पठाउने व्यवस्था मिलाइनेछ ।
३१७. टोल विकास संस्थाहरुको वडा तथा नगर स्तरीय संजाल निर्माण गरी नगरको विकासमा परिचालन गरिनेछ ।
३१८. नगर भित्र शान्ति सुरक्षा कायम गर्न नगर प्रहरीलाई समयानुकुल क्षमता बृद्धि गरिने छ । नेपाल प्रहरी, प्रदेश प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासंग समन्वय गरी कार्य गर्ने र स्थानीय सुरक्षा समिति गठन गरि कार्य गरिनेछ ।
३१९. तुलसीपुर उपमहानगरपालिकाको संस्थागत स्वमुल्याकंन ९ीयअब िन्यखभचलmभलत क्ष्लकतष्तगतष्यलब िक्भाि(ब्ककभककmभलत ९ीक्ष्क्ब्० गरि कमजोर र सबल पक्षको पहिचान गरी कार्ययोजना निर्माण र कार्यान्वयन गरी संस्थागत सुधारलाई निरन्तरता दिइनेछ ।
३२०. सार्वजनिक सेवालाई शिघ्र, पारदर्शी, सेवाग्राहीमैत्री तथा नतिजामूलक बनाई सार्वजनिक सेवामा सबैको समान र सहज पहुँच सुनिश्चित गरिनेछ । नगरपालिकाका सबै कर्मचारीको कार्यविवरण बनाई लागु गरिनेछ । सबै कर्मचारीसँग कार्यसम्पादन करार गरिनेछ र यसलाई कार्यसम्पादन मुल्यांकनको आधार बनाइनेछ ।
३२१. उपमहानगरमा सुशासन, पारदर्शिता, जवाफदेहिता अभिवृद्धिका लागि सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सामाजिक लेखापरीक्षण, लैङ्गिक लेखाजोखा तथा तेश्रो पक्षको मूल्याङकन लगायतका विधिको अवलम्वन गरी सुशासन प्रवद्र्धनलाई प्राथमिकतामा राखी स्थानीय सरकारका क्रियाकलापहरु पारदर्शी बनाउन सुशासन रणनीति कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइनेछ ।

यान्त्रिक व्यवस्थापन
३२२. निर्माणमा खटिने यान्त्रीक साधनहरुको चुस्त ब्यवस्थापन गरी आबश्यक बिकास निर्माणका काममा यन्त्रको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिइनेछ ।
३२३. आवश्यकता पहिचान गरि सवारी साधनहरु खरिद गर्ने वा भाडामा लिइ सेवा प्रवाहको कार्यलाइ सहज र प्रभावकारी वनाइने छ ।
३२४. सबै यान्त्रिक साधनको पारदर्शी प्रयोग र व्यवस्थापनमा जोड दिंदै जिपिएस् प्रणाली जडान गरिनेछ ।
नयाँ, पुराना सबै यान्त्रिक साधनहरुलाई आबश्यक मर्मत सम्भार गरी पूर्ण तयारी अबस्थामा राखिनेछ ।
३२५. कोभिड, बाढी, पहिरो, आगलागी लगाएत विपद्बाट जोखिममा परेका नगरबासीलाई तत्काल उद्धारका लागि यान्त्रिक साधनलाई तयारी अबस्थामा राखिनेछ ।

नाप नक्सा
३२६. सरकारी सार्बजनिक जग्गाको संरक्षणका लागि यस पालिकाभित्रका जग्गाको डिजिटल अभिलेख तयार गरिनेछ ।
३२७. भूमि करलाइ वैज्ञानिक र प्रभावकारी बनाउनुका साथै राजश्व वृद्धिमा टेवा पु¥याउने बाटोको लगतकट्टा कार्यक्रम ल्याइनेछ ।
३२८. जग्गा बाझो राख्ने प्रवित्तिलाई निरुत्साहित गर्न स्थापित गरिने भूमि बैंकलाई सवलीकरण गर्दै व्यवस्थित वस्ती विकास, खेती योग्यजग्गाको चक्लावन्दी र सामुहिक एंव सहकारी खेतीलाई प्रोत्साहित गरिने छ ।
३२९. यस पालिकाको भूउपयोग योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ ।
३३०. यस पालिकाको जग्गगा नापजाँच ऐन २०७७ कार्यान्वयनमा ल्याइनेछ ।
आर्थिक प्रशासन
३३१. वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानीका लागि आवश्यक समन्वय कायम गर्ने ब्यवस्थालाई निरन्तरता दिइनेछ ।
३३२. आयोजनाहरुलाई दीगो बनाई सुचारु राख्न मर्मत सम्भारका लागि भुक्तानीमा २ प्रतिशत कट्टि गरी मर्मत सम्भार कोषको स्थापना गरिनेछ ।
३३३. आर्थिक अनुशासनलाई सुदृढ बनाई सुशासनको आयामलाई प्रभावकारी बनाउन वडा कार्यालयहरुबाट गरिनुपर्ने
मासिक प्रतिवेदनको कार्यलाई भुक्तानी आदेशबाट गरिने निकाशा प्रकृयासंग आवद्ध गरी अनिवार्य गरिनेछ साथै योजना हस्तान्तरणको विवरण प्राप्त नभै योजनाको भुक्तानी नगरिने नीति अवलम्बन गरिने छ ।
३३४. ढुङ्गा, बालुवा, गिट्टी र प्राकृतिक स्रोत कानुन बमोजिम संकलन गर्ने यान्त्रीक साधनमा अनिवार्यरुपमा अनलाइन ट्रयाकिङ्ग प्रविधि जडान गरी अनुगमन गरिनेछ ।
३३५. सार्वजनिक सेवालाई शीघ्र ,पारदर्शी, सेवाग्राही मैत्री तथा नतिजामूलक बनाई सार्वजनिक सेवामा सबैको समान र सहजपहुंच सुनिश्चित गरिनेछ ।
३३६. उपमहानगरपालिका (वडा कार्यालय समेत) का लेखामा कामगर्ने कर्मचारीहरुको क्षमता विकासमा गरी सार्वजनिक सेवाको गुणस्तरमा सुधार गरिने नीतिलाई निरन्तरता दिईनेछ ।
३३७. कार्यालयको अभिलेख व्यवस्थापनमा सुधार र सूचना प्रविधिको प्रयोगमा विस्तार गरी संस्थागत क्षमताको अभिवृद्धि गरिने छ ।
३३८. भूक्तानि प्रणालीलाइ प्रविधिमैत्रि वनाइ बैंङ्किङ प्रणाली संग आवद्घ गराइने छ ।
३३९. लेखा प्रणालीलाइ स्थानीयसरकार मैत्री वनाउन आवश्यक कार्यविधि र नियमहरु वनाइ कार्यपालिकामा पेश गरि स्वीकृत भए अनुसार कार्यान्वयन गरिनेछ ।

कानूनी मामिला तथा न्यायिक समिति
३४०. ूविवाद समाधानमा, प्राथमिकता मेलमिलापमाू भन्ने नाराका साथ स्थानीय तहको विवाद स्थानीय तहमा नै छलफल, आपसी समझदारी, वार्ता आदि तवरल,े मेलमिलापको बिधिबाट ,न्यायका मान्य सिद्दान्तको अधिनमा रहेर, समाधान गरि उपमहानगरपालिकाको न्याय प्रणालिलाई स्वतन्त्र, निष्पक्ष, सक्षम, पहुँचयोग्य एवं विश्वसनीय बनाईनेछ।
३४१. सबैवडा कार्यालयमा मेलमिलाप केन्द्र गठन गरी मेलमिलाप हुने प्रकृतिका स्थानीय विवादहरु वडास्तरमै निरुपण गर्ने कानूनी प्रावधानलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
३४२. तुलसीपुर उपमहानगरपालीबाट हुने न्यायिक कामकारबाहिलार्ई प्रविधिसंग जोडि विद्धमान मिसिलहरुलाई डिजिटलाइज गरिने छ साथै निर्णय कार्यान्वयनलाई व्यवस्थित गरिने छ।
३४३. म्याद तामेलदारलाई घटाघटी प्रस्तावको आधारमा दर्ता गरी प्रभावकारी रुपमा परिचालना गरिने छ।
३४४. उपमहानगरपालिकाका ऐन, कार्यविधि, नियमावली, नियम, आदि समेटी एकिकृत किताब प्रकाशन गरिने छ।
३४५. सबैवडा कार्यालयमा मेलमिलाप केन्द्र गठन गरी मेलमिलाप हुने प्रकृतिका स्थानीय विवादहरु वडास्तरमै निरुपण गर्ने कानूनी प्रावधानलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ।
३४६. न्यायीक समिति र न्यायीक प्रशासनलाई सुदृढ, उत्तरदायी, जवाफदेही र प्रभावकारी बनाइनेछ ।
३४७. न्याय सम्पादनको अभिलेख र प्रतिवेदन व्यवस्थित गरिनेछ ।
३४८. न्यायीक समितिले सम्पादन गरेका कार्यहरुको दस्तावेजीकरण गरी बार्षिकरुपमा सार्वजनिक गरिनेछ ।
३४९. असहाय पिडितका लागि राहत कोषको स्थापना गरिनेछ ।
३५०. न्यायीक समिति, कर्मचारी र मेलमिलापकर्ताको क्षमता अभिबृद्धि र पुनर्ताजगी तालिम सञ्चालन गरिनेछ ।

सामाजिक सुरक्षा तथा पञ्जिकरण
३५१. सामाजिक सुरक्षा तथा पञ्जिकरण प्रणालीलाई अनलाईन प्रणालीमा व्यवस्थित गर्न तथा सबै वडाका सचिवहरुलाई पञ्जिकरण तथा सामाजिक सुरक्षा सम्बन्धि सचेनामुलक अभिमुखीकरण गर्दै क्षमता अभिबृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
३५२. तुलसीपुर उपमहानगरपालिकाको अनलाईन प्रणालीमा आधारित घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थित गरिनेछ ।
३५३. सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई सुदृढीकरण तथा आधुनीकीरण गर्न सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणालीबाट वितरण गर्ने प्रणालीलाई थप व्यवस्थित गरिनेछ ।
३५४. सूचना व्यवस्थापन ९ःक्ष्क्० प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता प्रणाली व्यवस्थित गरी व्यक्तिगत घटना दर्ताका पुराना अभिलेखहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन अनुसार डिजिटाइजेशन गरिनेछ ।

राजस्व परिचालन नीति
३५५.राजस्व प्रशासनलाई थप प्रभावकारी बनाइनेछ ।
३५६.कोभिड(१९ का कारण सामाजिक, आर्थिक, मानविय स्वास्थ्यमा आएको संकटले आर्थिक क्रियाकलापमा देखिएको संकुचनलाई मध्यनजर गरी तोकिएको समयावधि भित्र कर दाखिला गर्ने करदातालाई छुट सहुलियत व्यवस्था कायम गरिनेछ ।
३५७. कर प्रणालीलाई प्रगतिशिल बनाई बढी हुनेले बढी र कम हुनेले कम कर तिर्ने प्रणालीलाई थप प्रभावकारी बनाइनेछ ।
३५८. करको दायरमा नआएका व्यक्तिहरुले २०७८ पौष मसान्त भित्र दर्ता हुन आएमा आ।व।२०७७र०७८ भन्दा अगाडिको बक्यौता रकमको जरिवाना मिनाहा हुने व्यवस्था कायम गरिने छ ।
३५९. तुलसीपुर उपमहानगरपालिकाको आर्थिक हित अभिवृद्धिको लागी लगानी प्रवर्द्धन र १५० जना भन्दा बढी रोजगारी सृजना गर्ने उद्योगहरुमा कर छुटको नीति अवलम्वन गरिने छ ।
३६०. करको दरलाई सामान्यता बृद्धि नगर्ने र करको दायरालाई थप फराकिलो पार्न विभिन्न उपाय अवलम्वन गरिनेछ ।
३६१. व्यवसायको दायरा बढाउने र बढी भन्दा बढी व्यवसायहीहरुलाई कर तिर्न प्रोत्साहन गर्न विविध कार्यक्रम सहित कर जागरण कार्यक्रम संचालन गरिनेछ ।
३६२. वडा कार्यालयबाटै कर , शुल्क, दस्तुर असुल भई रहेकोमा सो कार्यलाई तथ्यांकमा आधारित गराई थप व्यवस्थित गरिनेछ । यस कार्यमा टोल विकास समिति तथा आवश्यकता अनुसार स्वयंसेवक समेत परिचालन गरिनेछ।
३६३. आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, कानुन बमोजिम तोकिएका कर राजश्व रोयल्टि, बिक्रि तथा निकासी र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइनेछ ।
३६४.कोभिड १९ को महामारीमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्ने करदातालाई १० प्रतिशत कर छुटको व्यवस्था गरिनेछ ।
३६५.उपमहानगरपालिकाले असुल गर्ने घर वहाल कर क्रमशस् वडाबाटै संकलन गर्ने व्यवस्था गरिनेछ।
३६६. विषादि रासायनिक पदार्थको कारोबार, क्रसर उद्योग, ईट्टा उद्योग, सुर्तिजन्य पदार्थ, मदिराजन्यपदार्थ, प्लाष्टिकजन्य कारोबार गर्ने व्यवसायमा थप शुल्क लगाउने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
३६७. अस्थायी प्रकृतिका हाटवजार, चोक, चोकमा ठेलामा गरिने फुटपाथ ब्यवसाय, मुख्यवजार क्षेत्र भित्रका सडक किनारमा गरिने पार्किङ्ग व्यवस्थापनमा निजी क्षेत्र, स्थानीय क्लव, संघ संस्थाको सहकार्यमा वडातहबाटै शुल्क संकलन र ब्यवस्थापन गरिनेछ।
३६८. करहरुलाई पारदर्शी र प्रभावकारी वनाउन आवश्यकता अनुसार कार्यविधि निर्देशिका वनाई व्यवस्थित गरिनेछ ।
३६९. कानून बमोजिम गठित कम्पनी, उद्योग प्रतिष्ठान वा औद्योगिक संस्थाहरुसंग कानून बमोजिमको कर र बक्यौता असुलीलाई प्रभावकारी बनाईनेछ ।
३७०. पर्यटन व्यवसाय, कृषि व्यवसाय तथा कृषिसंग सम्बन्धीत कार्य गर्ने व्यक्ति, समुह तथा सहकारी संस्थाहरु साथै पिछडिएको बर्ग, क्षेत्र, लिङ्ग, समुदाय र फरक क्षमता भएका मानिसहरुको सिफारिश शुल्क, दर्ता शुल्क तथा नवीकरण शुल्कमा केहि छुट गर्ने व्यवस्था मिलाईनेछ ।
३७१. तुलसीपुर उपमहानगरपालिकाका आम नागरिकको नागरिकता प्राप्त गर्ने अधिकार सुरक्षित गर्न नागरिकता सिफारिस निशुल्क बनाइनेछ ।
३७२. आफ्नो वा संगोल परिवार ९एकाघरका सदस्य० ले र उपभोक्ता समितिका पदाधिकारीले तुलसीपुर उपमहानगरपालिकालाई भुक्तान गर्नु पर्ने कर शुल्क, दस्तुर समयमा भुक्तान नगरी बक्यौता कायम राख्ने करदातालाई तुलसीपुर उपमहानगरपालिकाबाट प्रदान गरिने कुनै पनि सिफारिस सेवा सुविधा रोक्का गरिने व्यवस्था तथा कर शुल्क तिर्न प्रोत्साहित गरिनेछ । उपभोक्ता समिति वा ठेक्कापट्टामा संलग्न हुन करचुक्ता अनिवार्य गरिनेछ ।
३७३. वित्तीय श्रोत परिचालन र व्यवस्थापनमा निजी क्षेत्र र नागरिक समाजको सहभागिता र सहकार्यलाई बढाउदैं लगिनेछ । सम्पूर्ण करदातालाई स्वःस्फुर्त रुपमा करको दायरामा ल्याई आफूले तिरेको करको उचित उपयोग भएको छ भन्ने अनुभूति दिलाउन प्रगती विवरण प्रकाशन गरिनेछ ।
३७४. .कर तिर्नु सम्मानित नागरिक बन्नु पनि हो भन्ने भावना जगाउन नियमित र बढी कर तिर्ने करदातालाई सम्मान गर्ने परम्परालाई अझ व्यवस्थित ढंगले अगाडि बढाईने नीतिलाई निरन्तरता दिइनेछ ।
३७५. घर दैलोबाट कर उठाउन राजस्व परिचालन कार्यदल गठन गरिनेछ । कार्यदललाई उत्प्रेरणात्मक व्यवस्था कायम गर्न थप मौद्रिक प्रोत्साहनको व्यवस्था समेत कायम गरिने छ ।
३७६. राजस्व प्रशासनले उठाएको कर सम्वन्धमा चित्त नबुझाउने करदाताहरुले पुनरावलोकनका लागि नगर उप प्रमुख समक्ष सोझै निवदेन दिन सक्ने व्यवस्था मिलाइने छ ।
३७७. .तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वमा भोगाधिकार रहेको र उपमहानगरपालिकाले संरक्षण र परिचालन गर्न सक्ने भवन जग्गा जमिन, बसपार्क, हाटबजार तथा अन्य भौतिक सम्पत्तिको अभिलेख अध्यावधिक गरी राजश्व आम्दानी गर्ने माध्यमको रुपमा परिचालन गरिनेछ ।
३७८. .उपमहानगरपालिका क्षेत्र भित्ररहेका सर्वाजनिकजग्गाहरु तथा सरकारी निकायको जग्गामा आर्थिक विकास प्रयोजन रुपमा प्रयोग गर्ने व्यवस्था मिलाईनेछ ।
३७९. एैलानी जग्गाभोग चलन गरि रहेका व्यक्तिहरुलाई सार्वजनिक जग्गा तथा पूर्वाधार उपयोग सेवा शुल्कसम्झौता गरिने नीतिलिई संरचनाहरुमा उपभोग शुल्क उठाईने व्यवस्था गरिनेछ ।
३८०. दीगो र वातावरणीय संरक्षणका हिसाबले ढुंगा, गिट्टि, बालुवा माटो ग्रावेल आदि उत्खनन तथा निकासीका लागि क्षेत्र विस्तार गर्न आइ इ इ र संक्षिप्त आ इ इका लागि थप क्षेत्र पहिचान र म्याद सिद्घिन लागेका क्षेत्रको समेत आवश्यक स्थानहरुबाट आइ।इ।इ र संक्षिप्त आइ।इ।इ गरिनेछ ।
३८१. ढुंगा, गिटी, बालुवा लगायतका नदिजन्य पदार्थबाट प्राप्त भएको राजस्व मध्ये प्रभावित क्षेत्रमा प्राप्त राजस्वको १० प्रतिशत रकम सोही क्षेत्रको विकासमा परिचालन गर्ने नीति अबलम्बन गरिनेछ ।
३८२. तुलसीपुर उपमहानगरपालिकाको राजस्व सुधार कार्यका लागि राजस्व सुधार कार्ययोजना ९च्भखभलगभ क्ष्mउचयखझभलत ब्अतष्यल एबिल ० बनाइ लागु गरिनेछ ।
३८३. राजस्व परामर्श समितिलाई क्रियाशिल बनाउनका लागि क्षमता विकास कार्यक्रम संचालन गरिने छ ।
३८४. उद्योग वाणिज्य संघ, टोल विकास संस्था र अन्य व्यवसायिक संघ संस्था मार्फत घर बहाल तथा व्यवसाय कर भुक्तान भएमा सम्बन्धित उद्योग वाणिज्य संघ र संस्थालाई त्यस्तो रकमको १० प्रतिशत सम्वन्धित करदाता र संस्थागत क्षमता विकासका लागि अनुदान उपलब्ध गराइनेछ ।
आन्तरिक व्यवस्थापन तथा खरिद
३८५. खरिद गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
३८६. संघिय सरकार, प्रदेश सरकार, संघ संस्था वा व्यक्ति बाट प्राप्त भै उपमहानगरपालिकाको स्वामित्वमा रहेका भवन, जग्गा, उद्यान बसपार्क आदि संरचना एवम् सम्पत्तिको यर्थात अभिलेख तयार गरी सम्पति व्यवस्थापनको कार्यलाइ निरन्तरता दिइने छ ।
३८६. आर्थिक बर्षको सुरु दुइ महिना भित्र उपमहानगरपालिकाका लागि बर्षभरका लागि आवश्यक फर्निचर, फिक्चर्स,मेशीनरी औजार र अन्य कार्यालय सामाग्रीहरुको आवश्यकता पहिचान गरी चौमासिक र बार्षिक खरिद योजना तयार गरी सोहि अनुसार खरिद प्रक्रियाको कार्यलाइ अगाडि बढाइने र खरिद कार्य दरभाउ पत्र र वोलपत्र मार्फत गरीने नीतिलाई निरन्तरता दिइनेछ ।
३८७. नगरभित्र रहेका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, बिद्यालय लगाएत नगरपालिकाको स्वामित्वमा रहेका सम्पूर्ण संघसंस्थाको भौतिक सम्पत्तीको अबस्था र जिन्सी निरिक्षण गरी अभिलेख व्यवस्थापन गरिनेछ ।

नगर सभासद् ज्यूहरु,
आगामी बर्षहरुको मूल कार्यभार भनेको ‘समृद्ध तुलसीपुर ः सबैका लागि, सँधैका लागि’ भन्ने महाअभियानलाई सार्थक तुल्याउने नै हो । यसका साथै जनताको जिउधनको सुरक्षा गरी गुणस्तरीय सेवा प्रवाहका माध्यमबाट जनताको जीवनस्तरलाई उकास्नु पनि हाम्रो दायित्व हो । सडक, खानेपानी, सिचाई, विद्युत र सञ्चार नपुगेका ठाउँहरुमा यी पूर्वाधार विकासलाई प्राथमिकतामा राखि काम गरिनेछ । सुशासन सुदृढिकरण गरी जवाफदेही र जनउत्तरदायी स्थानीय सरकार निर्माण गर्ने जुन प्रयास हामीले गरेका छौं त्यसलाई आगामी दिनमा थप व्यवस्थित र सुदृढ गर्ने दायित्व पनि हामीमाझ नै छ । समग्र तुलसीपुरको विकासको आकांक्षा पूरा गर्न विगतका बर्षहरु जस्तै आगामी बर्षमा पनि हामीले हाम्रो निष्ठा, समर्पण र त्यागलाई निरन्तरता दिनेछौं ।
यस नगरसभाको अवसरमा म तुलसीपुरको विकासमा साझेदारी र सहयोग गर्ने संघ तथा प्रदेश सरकार, जनप्रतिनिधि, विकास साझेदार, संघसंस्थाहरु, नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र, पत्रकार तथा आमसञ्चार क्षेत्र, सम्पूर्ण कर्मचारी तथा नगरवासी दाजुभाई, दिदीवहिनीहरुमा धन्यवाद व्यक्त गर्दछु । वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा सुझाव दिई महत्वपूर्ण सहयोग पु¥याउने सबै जनप्रतिनिधि, कर्मचारी, विज्ञ, राजनीतिक दल, संघसंस्था लगाएत सबैमा ह्रदयदेखि धन्यवाद व्यक्त गर्दछु । साथै यस नीति तथा कार्यक्रममो प्रभावकारी कार्यान्वयनमा विगतमा झै सबैको सहयोगको अपेक्षा पनि गर्दछु ।
धन्यवाद् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे