गढवामा सर्पले डस्दा एक बालिकाको मृत्यु



गढवामा सर्पले डस्दा एक बालिकाको मृत्यु

गढवा ३ असार । दाङकाे देउखुरीमा सर्पकाे डसाइबाट एक बालिकाको मृत्यु भएको छ ।  गढवा गाउँपालिका वडा नम्बर ७ बिजयपुर निवासी चेतबहादुर बोहराकी १२ वर्षिया छोरी रेश्मा बोहराकाे सर्पले डस्दा मृत्यु भएको हाे ।

गोमन सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदस उपचार केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि लमही ल्याइए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । शुक्रवार बिहान साढे ७ बजेको समयमा गोठमा पराल लिन गएको समयमा सर्पले डसेको आमा सरिता बोहराले बताईन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे