गढवाकाे कक्रहवाबाट २६ थान साल जातको घप्पु सहित रोल्पाका ४ जना पक्राउ



गढवाकाे कक्रहवाबाट २६ थान साल जातको घप्पु सहित रोल्पाका ४ जना पक्राउ

गढवा ४ असार  । दाङकाे देउखुरीबाट २६ थान साल जातको घप्पु  (४५.४९ क्यु फिट) काठ  सहित रोल्पाका ४ जना पक्राउ परेका छन् । विहीबार राती १ बजेको समयमा  गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवाबाट अवैध रुपमा काठ चोरी निकासी हुँदै गर्दा गाडी सहित रोल्पाका ४ जना पक्राउ परेका हुन् ।   पक्राउ पर्नेमा गाडी चालक रुण्टिगढी गाउँपालिका वडा नम्बर २ बस्ने २१ वर्षिय महेश पुन, सोही ठाउँका २८ वर्षिय बसन्त क्षेत्री, २२ वर्षिय बिनोद पुन र २८ वर्षिय सुशिल घर्तिमगर रहेका छन् ।इलाका प्रहरी कार्यालय गढवाका अनुसार उनीहरुले भे १ च १८२१ नम्बरको बोलेरो पिकअपमा अवैध सालको काठ कोईलाबास देखी गढवा तर्फ ल्याउदै थिए । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षक राज कुमार भट्टको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोली राती १ बजे नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाइ थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय देउखुरीमा बुझाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे