मेलम्चीका साढे चार सयभन्दा धेरै बाढी विस्थापित अस्थायी बासस्थानमा



मेलम्चीका साढे चार सयभन्दा धेरै बाढी विस्थापित अस्थायी बासस्थानमा

काठमाण्डाै ४ असार । सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीले विस्थापित बनाएकाहरुलाई मेलम्ची नगरपालिकाले खानाको व्यवस्था गरेको छ । मङ्गलवार राति आएको बाढीले विस्थापित भएकाहरुलाई समूह बनाएर विद्यालय भवन, सैनिक ब्यारेक तथा खाली जग्गामा पाल टाँगेर खाना खुवाउने व्यवस्था गरेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिए ।

अहिले साँढे चार सय जनाभन्दा धेरैले नगरपालिकाले सञ्चालन गरेको मेसमा खाना खाइरहेको उहाँले बताए । मेलम्ची बजारका ७० भन्दा धेरै घर बाढीले बगाएको वा हिलोमा पुरिएका छन् । ती घरमा व्यवसाय गर्नेहरु तथा साना छाप्रा बनाएर व्यवसाय गर्नेहरु थुप्रै विस्थापित भएका र लगत सङ्कलनको काम भइरहेको मेयर अर्यालले बताए ।

विस्थापितहरु घर फर्कन सक्ने अवस्था नरहेकाले नगरपालिकाले अझै लामो समय खाना खुवाएर अस्थायी बासस्थानमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए । विस्थापितमध्ये धेरैजसोलाई नगरपालिकाले अस्थायी बसोबासको व्यवस्था गरेको छ भने केही खाना खाएर आफन्तको घर तथा आफूहरुले बनाएका अस्थायी संरचनामा बस्न जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे