दाङमा थप १८ जनामा संक्रमण पुष्टि, २५ जना संक्रमण मुक्त



दाङमा थप १८ जनामा संक्रमण पुष्टि, २५ जना संक्रमण मुक्त

दाङ ३ असार । दाङमा आज १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङका अनुसार बितेको २४ घण्टामा ७० जनाको पिसिआर परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका १० जना, तुलसीपुरका ३ जना, लमही, राजपुर, राप्ती, शान्तिनगर र बबईका १/१ जना रहेका छन् । जिल्लामा बैशाखदेखि अहिलेसम्म संक्रमित हुनेको कुलसंख्या ७ हजार ६६३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३४१ रहेको केन्द्रले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा कोरोना संक्रमणबाट २५ जना संक्रमण मुक्त भएका छन् । जसअनुसार घोराहीका १५, र तुलसीपुरका १० जना रहेका छन् । यो संगै वैशाखयता संक्रमण मुक्त हुनेको संख्या ७ हजार १२५ रहेको केन्द्रले जनाएको छ ।

जिल्लामा बितेको २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सुन्य रहेको छ । जिल्लामा वैशाखयता १९७ जनाको संक्रणका कारण मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे