दाङमा बञ्चरो प्रहारबाट श्रीमतीको हत्या



दाङमा बञ्चरो प्रहारबाट श्रीमतीको हत्या

दाङ ३ असार । दाङमा एक व्यक्तीले बञ्चरो प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । बुधबार बेलुका घरको सामान्य विवाद हुँदा घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले ४६ बर्षीया श्रीमति स्याना कुमारी चौधरीलाई हत्या गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार बुधबार बेलुका पौने ६ बजेतिर टाउकोमा बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी चौधरीको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । चौधरीको आज दिउसो मृत्यु भएको हो । मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे