रोटरी क्लव दाङद्धारा जिल्ला प्रहरी कार्यालयलाई कम्प्युटर सहित १ लाख बढीको सामग्री प्रदान



रोटरी क्लव दाङद्धारा जिल्ला प्रहरी कार्यालयलाई कम्प्युटर सहित १ लाख बढीको सामग्री प्रदान

घोराही ३ असार । रोटरी क्लब दाङले जिल्ला प्रहरी कार्यालय दाङलाई २ थान कम्प्युटरसहित १ लाख बढीको सामग्री उपलब्ध गराएको छ । कोरोना भाइरस संक्रमणका बेला सचेतनामुलक अभियानमा जोडिएको क्लबले प्रहरीलाई कम्प्युटर र स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

कोरोना महामारीको बेला अग्रपंक्तिमा खटेर काम गर्ने प्रहरी कार्यालयलाई कम्प्युटर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको संयोजक मिनराज भाटले जानकारी दिए ।

रोटरीले २ थान कम्प्युटर, २०० थान मास्क र १३ जर्किन स्यानिटाइजर उपलब्ध गराएको जनाएको छ । कोरोना महामारीका समयमा सेवाप्रबाहलाई प्रविधीमैत्री बनाउन कम्प्युटर उपलब्ध गराएको क्लबका अध्यक्ष डा. चेतनारायण पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे