दाङ-सल्यान सडक खण्डमा फेरी पहिरो, सडक अबरुद्ध



दाङ-सल्यान सडक खण्डमा फेरी पहिरो, सडक अबरुद्ध

तुलसीपुर, ३ असार । राप्ती राजमार्ग अन्र्तगत दाङ सल्यान सडक खण्डमा फेरी पहिरो खसेको छ । लगातार बर्षातका कारण सल्यानको कपुरकोट गाउँपालिका ३ बसेरा नजिकै विहिवार विहान पाँच बजेतिर पहिरो गएको हो । पहिरो जादा रोकिराखेका चार वटा सवारी साधन फसेकोमा निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख गोविन्द थापाका अनुसार रा १ ज १६२ नंम्बरको एम्बुलेन्स, ना १ ख ८७८६ नम्बरको टिप्पर, रा १ त २५३४ मिनिट्रक र अर्को एउटा मिनिट्रिकलाई पहिरोबाट निकालिएको हो । सडक माथिबाट खसेको पहिरोले पुरिएका केहि गाडीमा क्षति पुगेको छ । अहिले प्रहरी चौकी कपुरकोटबाट प्रहरी नायव निरिक्षक याम बहादुर बस्नेतको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

पहिरोमा फसेका ती गाडीलाई जेसिवीको साहायतामा निकालिएको प्रहरी प्रमुख थापाले बताउनुभयो । पहिरो खसेपछि अहिले उक्त सडक खण्ड अवरुद्ध भएको र सडक खुलाउने प्रयास भईरहेको उहाले जानकारी दिनुभयो । यस अघि मंगलवार राती सोहि ठाउँमा पहिरो जादा बुधवार दिनभर सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे