देउखुरीका विभिन्न ठाउँ डुवान, घर लगायत विभिन्न संरचनामा क्षती



देउखुरीका विभिन्न ठाउँ डुवान, घर लगायत विभिन्न संरचनामा क्षती

देउखुरी ३ असार । लगातारको अविरल वर्षका कारण देउखुरीको कालाकाटे, गढवा, बेला, राजपुर सहायक सडकको दुलैया चोक देखि १०० मिटर पूर्व अवस्थित राम फकीरे रैदासको घर डुबानमा परी क्षति पु¥याएको छ । उक्त सडक आयोजनाले पुरानो कल्भर्टलाई हालै भत्काएर सडक निर्माण कार्य रोकेकाले दक्षिण देखि उत्तर बग्ने पानीको बहाव रोकिदा डुबान भएको पिडित रैदासले बताए ।

अविरल वर्षाका कारण राप्ती नदीमा भएको भिषण बाढीले प्रगन्न सिँचाई नहरको बह्राखुटी खेत कुलोको मुहान भालुबाङ हनुमानगढीमा पुरिदा करोडौ क्षति भएको छ । उक्त सिँचाई नहरले राप्ती गाउँपालिकाको पाखापानी स्थित बनखेत रामनगर, पचहा, लालमटिया, सुँगुरे, मझनीगढ, पिपरखुट्टी, कालापानी, कोहलुवा लगायतका हजारौं हेक्टर खेत सिँचाई हुने नहरको मुहान क्षतबिक्षत भएको छ ।

त्यसैगरी प्रगन्न सिँचाई नहरको ३ नम्बर इन्टेक मझेरिया मुहानमा मापदण्ड विपरित नदीजन्य पदार्थ ढुङ्गा गिट्टी बालुवा उत्खनन् गरेका कारण उक्त नहरको मुहानबाट राप्ती नदी सिधै खुरुरिया, बसन्तपुर, भानपुर मझेरीया, सगरापुर, बगरापुर लगायतका गाउँमा बहाव हुँदा ठूलो नोक्सानी भइरहेको स्थानीयहरुले बताएका छन् ।

त्यसैगरी राप्ती नदीमा आएको बाढीले गोबरडीहा, गंगापरस्पुर, गढवा, चैलाही, बेला, सतबरिया, राजपुर, लगायतका विभिन्न नदीतटिय बस्तीहरू डुबान गरी करोडौं खेती तथा भौतिक संरचनामा क्षति पु¥याएको छ । त्यसैगरी दक्षिण चुरेबाट बग्ने महातेनी खोला र कुरिया खोलामा आएको बाढीले धार परिवर्तन गर्दा राजपुर गाउँपालिका वडा नम्बर ५ को नौंसराका दर्जनौं घर तथा खेती योग्य जमीन कटान गरिदिएकोे स्थानिय गाउँलेहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे