गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, दिउँसो ४ बजे बजेट सार्वजनिक हुने



गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, दिउँसो ४ बजे बजेट सार्वजनिक हुने

कास्की १ असार । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको तर्फबाट पेस गरेकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

मङ्गलवार बिहान बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखेका थिए । प्रदेश सभा सदस्यले उठाएका विषयमा मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्रदेश सरकारले असार १ गते बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेश सरकारले पनि आज बजेट सार्वजनिक गर्दै छ ।

त्यसअघि संसदबाट नीति तथा कार्यक्रम पारित गरिएको हो । गण्डकी प्रदेशमा आउँदो वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम आउने भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट ३४ अर्ब ८४ करोड रहेको थियो ।

गएकाे आर्थिक वर्ष २०७६/०७७ धेरै बजेट खर्च हुन नसक्दा यस वर्षको बजेटको आकार बढाइएको थियो ।  प्रदेश सरकारका मन्त्रीहरूलाई जिम्मेवारी नतोकिँदा आउँदो वर्षको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिउँसो ४ बजे पेस गर्ने कार्यक्रम रहेको छ ।

गएकाे शनिवार नियुक्त हुनुभएका मुख्यमन्त्री नेपाली पाेखरेलले त्यसै दिन चार जना मन्त्री नियुक्त गर्नुभएको भए पनि जिम्मेवारी भने बाँडफाँड गर्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे