बेलायतमा घटेन सङ्क्रमण, लकडाउन लम्बियो



बेलायतमा घटेन सङ्क्रमण, लकडाउन लम्बियो

काठमाण्डाै १ असार । कोरोना भाइरसको सङ्क्रमण बढेपछि बेलायतमा लकडाउन लम्बिएको छ । आउँदो जुलाई १९ तारिखसम्म लकडाउन लम्ब्याइएको बीबीसीले जनाएको छ ।  कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएपछि लकडाउन फेरि थप गरिएको हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डेल्टा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमी नआएको र दैनिक रुपमा अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढ्दै गएकाले लकडाउन लम्बाइएको बताएका छन् ।  उनले जुलाई १९ पछि अवस्था सामान्यतर्फ फर्किने आशा व्यक्त गरेका छन् ।

यस्तै, उहाँले ४० वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको दोश्रो डोजको खोप उपलब्ध गराइने पनि बताए । बेलायतमा अहिलेसम्म ४५ लाख ७३ हजारभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ भने एक लाख २७ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे