दाङमा असार ८ गते सम्म लकडाउन थप, सरकारी कार्यालय आंशिक खुल्ने



दाङमा असार ८ गते सम्म लकडाउन थप, सरकारी कार्यालय आंशिक खुल्ने

घोराही १ असार । दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समितिको सोमबार घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार ८ गते सम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले ब्यबसाय बिहान ६ बजेदेखी १० बजे सम्म खोल्ने, सरकारी कार्यालय १० बजेदेखी १ बजेसम्म आंशिक रुपमा खोल्ने निर्णय गरेको छ । त्यस्तै होटेल ब्यबसायीले प्याकिङ गरेर खाना नास्ता बिक्री बितरण गर्ने पनि निर्णय गरेको छ । बैंक तथा बित्तीय सस्थालाई दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथाबत राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन्

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे