बाढीबाट हुने क्षति रोक्न ८५ वटा नदीहरूमा पूर्व चेतावनी प्रणाली



बाढीबाट हुने क्षति रोक्न ८५ वटा नदीहरूमा पूर्व चेतावनी प्रणाली

काडमाडौँ १ असार। यो वर्ष प्राकृतिक विपद्मा कारण १८ लाख मानीस प्रभावित हुन सक्ने गरिएको अनुमानलाई ध्यानमा राख्दै तयारी सुरु भएको सरकारले जनाएको छ । गएको १० वर्षमा वाढि पहिरोको कारण मात्रै ९ सय ४ जनाको मृत्यु भएको छ भने १६ अर्ब ६७ करोड भन्दा वढीको क्षति भएको छ ।

यो वर्ष औसत भन्दा बढी पानी पर्ने आँकलन गरिएको मौसमविद् विभुति पोखरेलले जानकारी दिनुभयो । बाग्मती, गण्डकीका केही जिल्ला, कर्णाली, सुदूरपश्चिम प्रदेशका जिल्लामा सरदर भन्दा धेरै पानी पर्न सक्ने आँकलन छ ।

वर्षाका कारण आउन सक्ने बाढी र पहिरोले पु¥याउने क्षति बारे खानी तथा भुगर्भ विभागले अध्ययन गरी जोखिम मापन नक्सा तयार गरेको विभागका उपमहानिर्देशक राजेन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी सरोकारावालाहरूसँग छलफल गरिरहेको छ । राष्ट्रिय विपद कोषमा १ अर्व रकम रहेको छ । प्राधिकरणले तुरुन्तै उद्धारको लागी हेलिकप्टर तयारी अवस्थामा राखेको छ ।

१ सय ५५ वटा खुला स्थानको पहिचान भएको छ भने स्रोत साधनको आँकलन, खोज उद्दार र राहतका लागि निर्देशिका तयार भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

वाढीवाट हुने क्षति रोक्नको लागि हालसम्म ८५ वटा नदीहरूमा पूर्व चेतावनी प्रणाली, १ सय ९८ स्थानमा वर्षाको अवस्था मापन प्रणाली जडान गरिसकिएको छ । राजमार्गहरूमा हुने अवरोध खुलाउन सडकमा डोजरहरु र खोज तथा उद्दारका लागि जनशक्ति तयारी अवस्थामा राख्ने गरि काम भइरहेको गृह मन्त्रालयका विपद तथा द्धन्द व्यवस्थापन महाशाखा प्रमुख गोविन्द रिजालले बताए ।

कुनै पनि किसिमको विपद आइपरेमा सहयोगको लागि नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, आपतकालीन कार्य संचालन केन्द्र, स्थानीय विपद व्यवस्थापन समिति, रेडक्रस सोसाइटीका कार्यालयहरूमा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे