देउखुरीकाे लमहीबाट गएराति दुईजना फलाम चाेर पक्राउ



देउखुरीकाे लमहीबाट गएराति दुईजना फलाम चाेर पक्राउ

देउखुरी १ असार । गएराति सवारीसाधन मर्मत गर्ने लमहीकाे एक ग्यारेज पसलबाट गाडीका पुरानो सामान (फलाम) चाेरी गरेर लैजाने क्रममा दुईजनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

साेमबार राति पाैने दुई बजे लमहीकाे अन्सारी माेटर पाट्सबाट सवारीसाधनका पुराना सामान (फलाम) चाेरी गरेर साईकलमा बाधेर लैजाने क्रममा दुईजनालाई पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा रहेको हुनाले पक्राउ पर्नेहरूलाई तत्काल सार्वजनिक नगरेको प्रहरीको भनाइ छ । उनिहरू अहिले वडा प्रहरी कार्यालय लमहीकाे नियन्त्रणमा रहेका छन् । चाेरी गर्ने एकजना साेही ग्यारेजमा कार्यरत कामदार रहेको बुझिएको छ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे