दाङमा जारी लकडाउन आजदेखि सकिदै, सामान्य परिमार्जन गरेर लकडाउनको अवधि थप्ने तयारी



दाङमा जारी लकडाउन आजदेखि सकिदै, सामान्य परिमार्जन गरेर लकडाउनको अवधि थप्ने तयारी

दाङ १ असार  । दाङमा गत बैशाख १७ गते देखी जारी लकडाउन आज सकिदै छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएसंगै यसको रोकथाम,नियन्त्रण तथा उपचारका लागी गरिएको लकडाउनको आज बेलुकी छ बजे सकिन लागेको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले पटक-पटक लकडाउनको समय थप गदै असार १ गते सम्म जारी राख्ने निर्णय गरेको थियो । लकडाउनको समयावधी सकिनै लाग्दा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडे्लले जिल्लामा संक्रमणको अवस्था अझै कायम रहेकाले लकडाउनको अवधि थपिने बताएका छन् ।

पहिलेको भन्दा लकडाउनको मोडल सामान्य परिमार्जन भएपनि अरु यथावत रहनसक्ने बताए । यसको अधिकारीक निर्णय भने आज विहान ११ बजे बस्न लागेको डिसिसिएमसीको बैठकले टुङग्यो लगाउने प्रमुख जिल्ला अधिकारी पौडे्लले जानकारी दिए ।

जिल्लामा अहिले बैंक तथा वित्तिय संस्थाहरुलाई दैनिक बिहान १० बजेदेखि २ बजेसम्म खुल्दै आएका छन् । त्यसैगरी होटेल, रेष्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेक अरु सबै पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे