आज देखि तीन दिन सम्म लुम्बिनी प्रदेश सहित देशैभर ठूलो पानी पर्ने सम्भावना



आज देखि तीन दिन सम्म लुम्बिनी प्रदेश सहित देशैभर ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै  १ असार ।  आज देखि तीन दिन सम्म लुम्बिनी प्रदेश सहित देशैभर ठूलो पानी पर्ने सम्भावना रहेकाेछ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार यी प्रदेशका धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ ।

देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् मानन्धरले बताइन् । आज, भोलि र पर्सि आकाशलाई बादलले ढाक्ने भएकाले पानी परिरहने सम्भावना छ । शुक्रवारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् मानन्धरले बताइन् । अहिले प्रदेश-२, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ ।

अहिले प्रदेश-१ का केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । लगातार पानी पर्दा बाढी पहिरोको जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम रोकथामका लागि ७७ वटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्वतयारी र प्रतिकार्यको तयारीमा रहन निर्देशन दिएको छ । जनशक्ति आकलन, खोज, उद्धार गर्न अवश्यक सामग्रीको जोहो तथा यस्ता सामग्री अपुग भए माग गर्न पनि प्राधिकरणले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे