प्युठानमा असार १० गते सम्मको लागि लकडाउन थप



प्युठानमा असार १० गते सम्मको लागि लकडाउन थप

प्युठान ३१ जेठ । कोरोना भाइरसको जोखिमलाइ रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको तेस्रो चरणको लकडाउन आइतवार राती १२ वजे सकिए लगतै पुन  प्युठानमा लकडाउन असार १० गते सम्मका लागि बढाइएको छ । यो सहित प्युठानमा लकडाउन चौथो पटक थप गरिएको हो ।

सोमवार वसेको डिसिसिएमसीको वैठकले एक सुचना जारी गर्दै जिल्लामा लकडाउन असार १० गते सम्मको लागि थप गर्ने निर्णय गरेको हो ।
तर यस पटकको लकडाउनमा बैक तथा वित्तीय संस्था भने नियमित सञ्चालनमा आउने भएका छन् । बैंक तथा वित्तिय संस्थासँग सम्बन्धीत संस्थाले भौतिक दुरी कायम गरि जनस्वास्थ्यका मापदण्ड पालना गर्दे दैनिक विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खोल्न अनुमति दिएको छ । तर मालपोत कार्यलयबाट दिइने सेवा भने सबै बन्द भएका छन ।

त्यसैगरीे तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा÷मासु, अण्डा, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु भने विहान ७ वजे देखि १० बजे सम्म मात्र खोल्न आदेश दिएको छ । त्यस्तै साझा भने पसल व्यवसायहरु ४ वजे देखि ६ बजे सम्म मात्र खुल्ने भएका छन ।

कोरोना भाइरसको दोस्रो लहरको जोखिम जिल्लामा अझै कायम रहेको महसुस गर्दै जिल्लामा निजि तथा सार्बजनिक यातायात आवतजावतमा भने यसपटक पनि रोक लगाइएको छ । गाउँमा बित्तीय सस्थाको नाममा समुहमा व्यक्तिलाइ जम्म्मा गर्न नपाइने सुचनामा उल्लेख गरिएको छ ।
साथै गाउघरमा बिबाह तथा अन्य कार्यक्रम गर्दा बढिमा ७ जनाको संख्यामा मात्र सहभागी हुन पाइने प्रजिअ खिमराज भुषालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे