दाङमा असार ६ र ७ गते काेराेना बिरुद्धकाे खाेप कोभिसिल्डको दोस्रो मात्रा लगाइने



दाङमा असार ६ र ७ गते काेराेना बिरुद्धकाे खाेप कोभिसिल्डको दोस्रो मात्रा लगाइने

दाङ ३१ जेठ । दाङमा कोभिसिल्ड खोपको दोस्रो मात्रा खोप लगाईने भएको छ । फाल्गुण २३ गते भन्दा अगाडि र सोही दिनदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुले असारको ६ र ७ गते विभिन्न खोप केन्द्रमा खोपको दोस्रो डोज लगाउन स्वास्थ्य कार्यालयले एक सूचना जारी जानकारी गराएको हो ।

खोपको पहिलो मात्रा लगाएर दास्रो मात्रा नलगाएका पहिलो प्राथमिकतामा रहेका लक्षित वर्गहरु स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका, सफाईकर्मी, एम्बुलेन्स तथा सववहान चालक, कर्मचारीले खोप लगाइने छ । यस्तै पत्रकार, जनप्रतिनिधि, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी लगाएतले असारको ६ र ७ गते दोस्रो मात्रा लगाउन पाउने स्वास्थ्य कार्यालय दाङको स्वास्थ्य शाखा प्रमुख अंगद बहादुर शाहीले जानकारी दिए ।

कोभिशिल्डको दोस्रो मात्रा तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल, घोराही उपमहानरपालीका, बंगलाचुली गाउँपालीका, शान्तिनगर, बबई र दंगीशरणको, आधारभुत स्वास्थ्य इकार्इ रगैचा र लमही, गढवा, राजपुर, राप्तीका लमही अस्पतालमा लगाईने स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे