दाङमा पछिल्लाे २४ घण्टामा थप ५४ जना कोरोना संक्रमित डिस्चार्ज, १३ जनामा संक्रमण पुष्टि



दाङमा पछिल्लाे २४ घण्टामा थप ५४ जना कोरोना संक्रमित डिस्चार्ज, १३ जनामा संक्रमण पुष्टि

दाङ ३१ जेठ । दाङमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन संचालन केन्द्रका अनुसार आज ४० जनामा परिक्षण गर्दा ८ महिला र ५ पुरुष गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनालाई जितेका छन् । योसंगै जिल्लामा बैशाख यता कोरोनालाई जित्नेको संख्या ७ हजार ४२ पुगेको छ भने संक्रमितको संख्या ७ हजार ५ सय ९१ पुगेको छ । संक्रमित मध्य अहिले अधिकांश संक्रमित होमआइसोलेसनमा बसेका छन् । जसमध्य२ सय ७१ जना होमआईसोलेसनमा बसेका छन् ।

त्यस्तै ८४ जना संस्थागत आईसोलेसनमा रहेका छन भने १५ जना आईसियुमा उपचाररत रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको केन्द्रले जनाएको छ । जिल्लामा वैशाख यता अहिलेसम्म १ सय ९४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे