कपिलवस्तुमा श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या, श्रीमतीसहित १० जना पक्राउ



कपिलवस्तुमा श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या, श्रीमतीसहित १० जना पक्राउ

कपिलबस्तु ३१ जेठ । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु नगरपालिका– ६ गोबरी सडकखण्डमा गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो ।

कपिलवस्तुका प्रहरी प्रवक्ता धर्म भण्डारीले श्रीमतीको अनैतिक सम्बन्धबारे दीपक पाण्डेलाई थाहा भएपछि हत्याको योजना बुनिएको बताए । ‘महिमा र ओमप्रकाशले हत्यामा कपिलवस्तु नगरपालिका– २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

दीपकको हत्या गर्ने व्यक्तिहरूलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्याका लागि सुपारी लिने, हतियार खरिद–बिक्री तथा ओसारपोसार गर्ने र अभियुक्तलाई संरक्षण गर्ने ७ जनाको पहिचान भएको छ । उनीहरू कपिलवस्तु नगरपालिका–१ कैलाश टोलका ३५ वर्षीय पूर्णवीर पाल्पाली, कपिलवस्तु नगरपालिका–२ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउंपालिका–४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्रकुमार पाण्डेय, यशोधरा गाउँपालिका–४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका–५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका–१ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका–२ बरगदवा बस्ने प्रवीण गुप्ता रहेका छन् ।

नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली खटिएको थियो । घटनाको १ महिना नवित्दै घटनाका मुख्य योजनाकारसहित संलग्न सबै ९ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे