तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते



तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँ ३१ जेठ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । व्यास नगरपालिका-१२ देउराली पालिङकी मधु परियारकी साढे दुई वर्षीया छाेरी अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन्।

आइतवार साँझ घरभित्र खाना खान लागेका बेला छोरीलाई चितुवाले तानेकाे उनले बताए । ‘चितुवाले छोरीलाई तानेपछि मैले पनि छोरीलाई तानेँ । तीन कान्लासम्म लतारेपछि चितुवाले छाड्यो, अनि मैले छोरीलाई लिएर घर फर्किएँ’ उनले भने ।

बालिकाको  चिउँडोमा चोट लागेको छ । घाइते अनुष्काको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे