आज देशभरिका नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन अनुरोध



आज देशभरिका नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं ३१ जेठ ।  आज देशका केही नदीहरुमा बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनानुसार आज कोसी र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ ।

नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने जनाइएको छ । आज नारायणी र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम वर्षा भई बहाव केही बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव पनि हुन सक्ने पूर्वानुमान छ । आज कन्काई र यसका सहायक नदीमा बहाव घट्दो हुने, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सामान्य बढ्ने तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ ।

आज बारा, पर्सा, रौतहट, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, मकवानपुर, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रुकुम, कञ्चनपुर, कैलाली, डडेलधरा, डोटी, अछाम र आसपास जिल्ला भई बहने केही स–साना नदी जलाधारमा क्षणिक मध्यम वर्षा भई बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । उक्त स्थानका स–साना नदी जलाधारमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे