देउखुरीको बिजौरीमा गाडीको ठक्करबाट ३ पैदलयात्रु घाइते



देउखुरीको बिजौरीमा गाडीको ठक्करबाट ३ पैदलयात्रु घाइते

भालुवाङ ३१ जेठ । दाङको देउखुरीमा गाडीको ठक्करबाट ३ जना पैदलयात्रु घाइते भएका छन् । लमही भालुवाङ सडक खण्ड अन्र्तगत राप्ती गाउँपालिका ८ बिजौरीमा आइतवार मध्यान्न १२ः १० बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको बा १४ च १३०६ नम्बरको ल्याइन क्रुुुजर जिपले धानको ब्याड बोकेर हिडिरहेका १ बालक सहित ३ जनालाई ठक्कर दिएको हो ।

गाडीको ठक्करबाट घाइते हुनेहरु राप्ती गाउँपालिका वडा नम्बर ८ निवासी वर्ष २२ कि बालकुमारी चौधरी, निजकी छोरा वर्ष ५ का आरम्भ चौधरी र सोही ठाउँ निवासी वर्ष ३५ कि सिता चौधरी घाइते भएका छन् । घाइते तीनै जनालाई मध्यम चोट लागेको र उनीहरुलाई विष्ट स्वास्थ्य पोलिक्लिनीक सिसहनियाँमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

अहिले उनीहरुको लुम्बिनी नर्सिङ होम बुटवलमा उपचार भइरहेको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ । ठक्कर दिने गाडीमा भएको हातहतियार भने चालकको आफ्नो व्यक्तिगत सुरक्षाका लागि लाइसेन्स प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनु भएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे