विश्व रक्तदाता दिवस, आज दाङमा पनि रक्तदान गरिदै



विश्व रक्तदाता दिवस, आज दाङमा पनि रक्तदान गरिदै

दाङ ३० जेठ ।  आज विश्व रक्तदाता दिवस,  दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जुन १४ का दिन यो दिवस मनाउने गरिन्छ ।

मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।

दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने दिवसका अवसरको रुपमा समेत लिने गरिएको छ । यसै सन्दर्भमा आज दाङमा मानवअधिकार एव शान्ति समाज दाङले भर्चुअलका माध्यमबाट कोरोना महामारीको समयमा व्लडको सहज आपुर्ति विषयक अन्तक्रिया कार्यक्रम गर्न थालेको छ ।

त्यसैगरी विहान ११ बजे व्लड फर नेपालले रक्त सञ्चार केन्द्र घोराही, तुलसीपुर र लमही शाखाका रक्तदान कार्यक्रमको आयोजना गरेको रक्त संचार केन्द्र दाङका प्राविधिक पौडेलले जानकारी दिएका छन् । त्यसैगरी दिउँसो २ बजे लक्ष्मीपुर युवा क्लवले घोराही उपमहानगरपालिका–२ लक्ष्मीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे