बिजौरी अस्पतालमा अब नाम दर्ता निशुल्क



बिजौरी अस्पतालमा अब नाम दर्ता निशुल्क

तुलसीपुर ३१ जेठ ।  प्रादेशिक आयुर्वेेद चिकित्सालय विजौरीले नाम दर्तालाई निशुल्क बनाउने भएको छ । आस्पताल विकास समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण आर्थिक समस्यामा परेका नागरिकहरुलाई सहुलियत दिने उद्देश्यले नाम दर्ता निशुल्क बनाएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. गोकर्ण दहालले जानकारी दिए । अस्पतालले नाम दर्ताको २० रुपैयाँ लिने गरेको थियो ।

विकास समितिका अध्यक्ष कृष्ण बस्नेतको अध्यक्षतामा बसेकोका बैठकमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, अस्पताल विकास समितिका सदस्य सुधा बस्नेत, तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेत लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे