साहारा विहिनहरुको साहारा बन्दै आशाका किरणहरु, एकै दिन २२ घरपरिवारलाई खाद्यन्न सहयोग



साहारा विहिनहरुको साहारा बन्दै आशाका किरणहरु, एकै दिन २२ घरपरिवारलाई खाद्यन्न सहयोग

देउखुरी ३१ जेठ । दाङ देउखुरीका युवाहरुले साहारा विहिनहरुलाई साहारा दिन खुसी अभियान चलाएका छन् । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरणहरु नामक संस्थाले एम डब्लु आर आर, युथफर नेशन र फेमिना नेपालको सहयोगमा गास, बास र आवासको समस्याबाट पिडित परिवारको सहारा बन्दै खुसी अभियान चलाएका हुन् ।संस्थाले एक छाक खान नसक्ने, बस्नको लागि आवासको समस्या भएका तथा लगाउनका लागि कपडा नभएका घर परिवारलाई थोरै भएपनि खाद्यन्न तथा लत्ता कपडा दिएर खुसी बनाउने काम गरेको छ । यसै क्रममा संस्थाले गढवा गाउँपालिका वडा नम्बर ६ को मनिकापुरका ११, बालापुरका ४, मदपुर २ र हाँसिपुरका ५ घर परिवार गरी कुल २२ घरपरिवारलाई भेटेर उनीहरुको पारिवारीक समस्या बुझ्दै राहत स्वरुप खाद्यन्न सहयोग गरेकोे छ ।विषेश गरी लकडाउनका बेला सवैका घरमा मिठो मसिनो पाक्दा गरिवका घरमा एक मुठी चामल समेत नभएर महिनौ दिन देखि खाना नपाएका गरिव परिवारको घर आँगनमै संस्थाले राहत स्वरुप खाद्यन्न ल्याइदिए पछि उनीहरु खुसी मात्र भएनन् । आफ्नै घरमा देवता आएको भन्दै आर्शिवाद समेत दिएका छन् ।
संस्थाले ती गाउँका २२ घरपरिवारलाई कुल ५५ हजार बराबरको खाद्यन्न स्वरुप राहत वितरण गरेकोे छ । जसमा प्रति घर १ बोरा चामल, ३ किलो दाल, २ पोका नुन, ३ बोतल तेल राहत स्वरुप सहयोग गरेकोे आशाका किरणहरु नामक संस्थाका सदस्य दिपेश आचार्य बताए ।संस्थाले स्थापना काल देखि स्वास्थ्य, शिक्षा, समाजिक क्षेत्र हुँदै पछिल्लो पटक कोरोना पिडित तथा बेसहारा परिवारलाई खुसी बनाउन विभिन्न व्यक्ति तथा संघ संस्था सँग समन्वय गर्दै खुसी अभियान चलाउँदै आएको छ । संस्थाका सदस्य दिपेश आचार्यको नेतृत्वमा संस्थाका सदस्य किरण जिसी, फेमिना नेपालका सदस्यहरु अनिता आचार्य, भावना चौधरी, उषा आचार्य र साहित्यकार आशिषकल्प वृक्ष लगायतको टोलीले घरघरमै गई राहत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे