बाढी, पहिरोबाट सुरक्षित रहन दाङ प्रशासनको अनुरोध



बाढी, पहिरोबाट सुरक्षित रहन दाङ प्रशासनको अनुरोध

दाङ ३१ जेठ । जिल्ला प्रशासन कार्यालय दाङले बाढी, पहिरोबाट सुरक्षित रहन अनुरोध गरेको छ । आईतबार एक सूचना जारी गर्दै बर्षादको समय शुरु भइसकेकाले दाङमा बाढी,पहिरो, डुवान तथा भूक्ष्यको जोखिम रहेको भन्दै यसबाट सुरक्षित रहन अनुरोध गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी राणाले सूचना जारी गर्दै मनसुन सक्रिय अबधिभर बाढी, डुवान र पहिरोका कारण जोखिमयुक्त स्थानहरुमा बिशेष सावधानी अपनाउन, उच्च जोखिमका बस्तिहरुको पहिचान गरि सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहजीकरण गर्न, उत्याबश्यक सामग्रीहरुको आवश्यक भण्डारण गर्ने, महिला, वालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भई उच्च जोखिममा रहेका व्यक्तीहरुको सुरक्षामा विशेष ध्यान दिने, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा जल तथा मौसम विभागबाट नजिकका नदी नालामा पानीको वहावको सूचना लिई नदीको सतह बढेमा तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्न अनुरोध गरेको छ ।

त्यस्तै बाढी आएको समयमा नदी नालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्यहरु निषेध गर्ने, सरोकारवाला निकायहरुसंग आबश्यक समन्वय गरी विपद् जोखिम न्यूनिकरणको कार्यहरु गर्ने, मनसुनजन्य विपद् प्रतिकार्यको लागि बिभिन्न विषयगत क्षेत्रहरुलाई समेत परिचालन गरी मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यमा जुट्ने, कोभिड १९ को सुरक्षात्मक उपायहरु समेत अवलम्बन गरी खोज तथा उद्धार कार्य प्रभाबकारी रुपमा गर्न र गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे