काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियाे, खाद्यान्नसहित पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने



काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियाे, खाद्यान्नसहित पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने

काठमाण्डाै ३० जेठ । काठमाण्डौ उपत्यकामा लगाइएकाे निषेधाज्ञा एक हप्ता लम्ब्याइएकाे छ । केहीबेर अघि सकिएको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञामा पुस्तक पसल बिहान ११ बजेसम्म खाेल्न पाइने निर्णय भएको छ । नयाँ शैक्षिक सत्र यही असार १ गतेदेखि सुरु हुन लाग्दा पनि पुस्तक पसल बन्द हुँदा विद्यार्थीले पुस्तक नपाएको गुनासो बढेपछि बिहान ११ बजेसम्म पुस्तक पसल खोल्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

यस्तै खाद्यान्न, तरकारी तथा फलफूलको पसल खोल्ने अवधि दुई घण्टा थपेर बिहान ११ बजेसम्मका लागि पुर्‍याइएकाे छ । यसअघि खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइन्थ्याे ।

यस्तै हार्डवेयर पसल दिउँसो ४ बजेदेखि खुल्ने छ भने अनलाइन डेलिभरी गर्न दिने निर्णय भएको छ । यसैगरी कृषि कार्यका लागि अनुमति दिने र बचत तथा ऋण सहकारी संस्था पनि खुलाउन पाइने भएको छ ।

काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । उपत्यका पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिदेखि सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे