बिपक्षी गठबन्धनको बिरोधका बाबजुद लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



बिपक्षी गठबन्धनको बिरोधका बाबजुद लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

बुटवल ३० जेठ । बिपक्षी गठबन्धनको बिरोधका बाबजुद लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार प्रदेससभाले बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

सरकारको तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा उक्त नीति तथा कार्यक्रम पेश गरेका थिए । सरकारले पेश गरेको नीति तथा कार्यक्रमको पक्षमा बहुमत सदस्यको समर्थन रहेको हुँदा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख घर्तीले बताए ।

आइतबार नीति तथा कार्यक्रमको छलफलमा विपक्षी गठबन्धनका दलहरूका प्रमुख सचेतक बाहेकका अरू प्रदेशसभा सदस्यहरू अनुपस्थित थिए। जनता समाजवादी पार्टीले आफ्ना ६ जना प्रदेशसभा सदस्यहरुलाई नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे