दाङमा आज ९७ जना कोरोना संक्रमण मुक्त, थप एक जनाको मृत्यु



दाङमा आज ९७ जना कोरोना संक्रमण मुक्त,  थप एक जनाको मृत्यु

दाङ २९ जेठ । दाङमा आज झण्डै १ सय कोरोनाका विरामी निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङले आज अपराह्न साढे ५ बजे सार्वजनिक गरेको तंथ्यांक अनुसार वितेको २४ घण्टामा दाङका ९७ जना कोरोनाका विरामी निको भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या जिल्लामा १० हजार ७ सय ९ पुगेको छ ।

दाङमा कोरोना परिक्षण हुदै आएको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शनिबार भएकाले पिसिआर परिक्षण नहुँदा नयाँ संक्रमित भने थपिएका छनैन् । अहिले सम्म ११ हजार ४ सय ४० जनामा कोरोना देखिएको दाङमा अहिले संक्रिय संक्रमितको संख्या ५ सय १ रहेको स्वास्थ्य कार्यालय दाङका पोकल पर्शन कमल चन्दले जानकारी दिए ।

यस्तै आज कोरोना विशेष अस्पताल बेलझुण्डिमा थप एक जना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्वर ७ का ६५ बर्षिय एक पुरुषको आज दिउँसो दुई बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । कोरोना संक्रमणका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २ सय ३७ पुगेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे